Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)
- Get link
- X
- Other Apps
इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)
विधा÷क्षेत्र : कथा
जन्म : २०१२ जेठ ४;
जन्मस्थान : औरही, महोत्तरी;
बुबा : गोविन्दप्रसाद;
आमा : तिलकुमारीदेवी;
बसोबास (हालको ठेगाना) : पुष्पनगर, बानेश्वर, काठमाडौँ;
मोबाइल : ९८४१८४९०८५;
शिक्षा : स्नातकोत्तर (शिक्षाशास्त्र÷गणित);
व्यक्तित्व : अल्पसङ्ख्यक, सीमान्तकृत र पिछडा वर्गको आवाजलाई साहित्यमार्फत माथि उठाउने इस्माली सामाजिक यथार्थवादी तथा प्रगतिवादी साहित्याकर हुन् । स्थानीय परिवेश र आञ्चलिकताको प्रयोग गर्ने पौडेलले सामाजिक, आर्थिक विकृति, विसङ्गति र राजनीतिक चलखेललाई आफ्ना रचनाका विषयवस्तु बनाएका छन् । यिनी बालसाहित्यका क्षेत्रमा अग्रणी साहित्यकारका रुपमा परिचित छन् । यिनी स्थानीय परिवेशको शुक्ष्म चित्रण गरी कथा र उपन्यास सिर्जना गर्न माहिर छन् ।
सेवा : प्राध्यापन (रत्नराज्यलक्ष्मी क्याम्पस, सानोठिमी क्याम्पस त्रिविवि)÷अध्यापन, साहित्य; नेपाल राजकीय प्रज्ञा पतिषठानका उपकूलपति
पहिलो रचना : ऋणको थिचो (कथा, भन्ज्याङ सामायिक सङ्कलन, २०३१);
कृति÷सृजना : सेतो आतङ्क (उपन्यास, २०३९), माछो माछो भ्यागुतो (कथासङ्ग्रह., २०५२), जिरोमाइल (उपन्यास., २०५६), अर्को एउटा पृथ्वी बालकथा सङ्ग्रह., २०५७), घाम घामजस्तो छैन (कथा सङ्ग्रह., २०५८), नानीहरूको पुरुषार्थ (बालउपन्यास, २०६०), काट् जर्किन डी (२०६४), इस्मालीका प्रतिनिधि कथा (२०६७), चिम्पान्जीको चिन्ता (बालकथा सङ्ग्रह, २०६६), श्रीको खोजी (कथा संग्रह,२०७३) कामरेडको कोट (२०७७),कथा.सङ्ग्रह,साङ्गृला.प्रकाशन,काठमाडौं, युरेसियाका कथा,२०७३,(अनुवाद गरिएका कथाहरुको.सङ्ग्रह) गणित र. गरिमा.(२०७६), सम्पादन÷अनुवाद ः उत्साह (साहित्यिक मासिक, २०४०), प्रलेस (मुखपत्र, संयुक्त सम्पादन, २०५९); अक्लान्त कौरव ,उपन्यास,महाश्वेता देवी (बङ्गाली लेखिका ),२०७५,
सम्मान÷पुरस्कार : पारिजात सृजन पु. (२०५२), मैनाली कथा पु. (२०६६), नागार्जुन वार्षिक रचना पु. (२०६५);्हृदयचन्द्र स्मृति सम्मान,२०७४,
संलग्नता इन्देणी सांस्कृतिक समाज, प्रगतिशील लेखक सङ्घ;
स्रोत : शोधपत्र (इस्मालीको माछो माछो भ्यागुतो कथा सङ्ग्रहमा आञ्चलिकता, २०७०, जानुका राउत भृकुटी, पू.१, पृ.१७५, गोप २०६६÷१२÷१७, गोप २०६५÷४÷२२, व्यक्तिगत विवरण
- Get link
- X
- Other Apps
Comments
Post a Comment