निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

नेपाली वर्णहरु (लेख्य र कथ्य वर्णहरु) नेपालीका कथ्य वर्णहरु

नेपालीका लेख्य वर्णहरु

स्वरवर्ण

अ     आ    इ     ई     उ     ऊ     ऋ     ए      ऐ      ओ     औ     अं     अः


व्यञ्जन वर्ण  

क     ख     ग     घ     ङ     


च     छ     ज     झ     ञ


ट      ठ      ड     ढ      ण


त     थ     द      ध     न


प      फ     ब     भ     म


य     र      ल     व     श


ष      स     ह      क्ष     त्र     


ज्ञ


 


नेपाली भाषाका कथ्य (उच्चारण) वर्णहरु


स्वरवर्ण


अ     आ    इ     उ     ए      ओ    


कथ्य व्यञ्जन वर्ण


क     ख     ग     घ     ङ     


च     छ     ज     झ    


ट      ठ      ड     ढ     


त     थ     द      ध     न


प      फ     ब     भ     म


य     र      ल     व     स     ह


नेपालीमा उच्चारण व्यवस्था नभएका व्यञ्जन वर्णहरु


ञ,     ण,     श,     ष,     क्ष,     त्र,     ज्ञ

नेपाली व्यञ्जन वर्णहरुको वर्गीकरण


·       उच्चारणस्थान


·       उच्चारण प्रयत्न


·       घोषत्व


·       प्राणत्व


 


क. उच्चारणस्थानका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण


फोक्सोदेखि मुख वा नाकसम्मका कुनकुन अंगहरु वा स्थानहरु सक्रिय भई वर्णहरु उच्चारण हुन्छन् भन्ने आधारमा गरिएको वर्गीकरणलाई उच्चारण स्थानका आधारमा वर्गीकरण भनिन्छ । तिनलाई यसरी अध्ययन गर्न सकिन्छ ः


·       कण्ठ्य वर्णः कण्ठ्य भनेको घाँटी हो । र घाँटीबाट उच्चारण हुने वर्णहरुलाई कण्ठ्य वर्ण भनिन्छ । ती वर्णहरु निम्नानुसार छन् ः


                     क    ख    ग     घ   ङ


·       दन्तमूलीय वा वत्स्र्य वर्ण ः दन्तमूलीय वा वत्स्ृर्य स्थान भनेको माथिल्लो दाँतभन्दा मास्तिर पट्टिको सारो भाग हो । त्यस स्थानमा जिब्रोको टुप्पोले छुदा मात्र उच्चारण हुने वर्णहरु नै वत्स्र्य वा दन्तमूलीय वर्ण हुन् । ती वर्णहरु निम्नानुसार छन् ः


       च    छ     ज    झ   


       ट     ठ     ड     ढ    


        न     र     ल     स    


·       दन्त्य वर्ण ः दन्त्य भनेको दाँत हो । जिब्रोको टुप्पोले माथिल्लो दाँतमा स्पर्श गर्दा उच्चारण हुने वर्णहरु नै दन्त्य वर्ण हुन् । ती वर्णहरु निम्नानुसार छन् ः


                     त     थ     द     ध


·       ओष्ठ्य वर्ण ः ओष्ठ्य भनेको ओठ हो ।  तल्लो र माथिल्लो ओठ केही क्षण जोडिएर अनि फेरि खुल्दा उच्चारण हुने वर्णहरु नै ओष्ठ्य वर्णहरु हुन् । ती वर्णहरु


                     प     फ    ब     भ     म     व


·       तालव्य वर्ण ः तालव्य भनेको तालु भाग हो । यो स्थान मुखको भित्रपट्टि माथिल्लो भागमा हुन्छ । र वर्ण उच्चारण गर्दा जिब्रोको फेद उचालिएर त्यो तालु स्थानमा  छुन खोज्दै बढी असर भई उच्चारण हुने वर्ण नै तालव्य वर्ण हो । त्यो वर्ण ः


              य


·       स्वरयन्त्रमुखी वर्ण वा अतिकण्ठ्य ःहाम्रो किलकिलेलाई नै स्वरयन्त्रमुखी पनि भनिन्छ । त्यही स्थानबाट उच्चाण हुने वर्ण नै स्वरयन्त्रमुखी वर्ण हो । त्यो वर्ण ः


            ह

 

ख) उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण  
व्यञ्जन वर्णको उच्चारण गर्दा फोक्सोबाट मुख र नाक हुँदै सास बहिर निस्कन्छ। त्यस सासको गतिमा कुनै न कुनै उच्चारण अङ्गले अर्को अङ्गलाई कुनै न कुनै रुपमा वाधा पार्छन्। वाधा परेपछि पनि सास विभिन्न तरिकाले बाहिर निस्कन्छ। वर्णको उच्चारण गर्दा सासले बाहिर निस्कनका लागि गर्ने त्यो प्रयत्न वा प्रयास कसरी हुन्छ भनेर हेर्ने आधारलाई उच्चारण प्रयत्नको आधार भनिन्छ। यस आधारमा नेपाली व्यञ्जन वर्ण ७ प्रकारका छन्:

·         स्पर्शी: दुर्ह उच्चारण अङ्गहरुको स्पर्श भएपछि उच्चारण हुने वर्णलाई स्पर्शी वर्ण भनिन्छ। यस्ता वर्णको उच्चारण गर्दा सासले बाहिर निस्कन कुनै सङ्घर्ष गर्नु पर्दैन।


                                    , , ,

, , ,

, , ,

, , ,

·         सङ्घर्षी: वर्णको उच्चारण गर्दा दुर्ह उच्चारण अङ्गहरु एकअर्काको नजिक आउँछन् तर जोडिदैनन्। यस्तो आवस्थामा सासले बाहिर निस्कने भागमा साघुँरो भइदिन्छ। यस्तो अवस्थामा सासले बाहिर निस्कनका लागि सङ्घर्ष गर्नुपर्छ। यसरी सासले सङ्घर्ष गरी बाहिर निस्क्दा उच्चारण हुने वर्णलाई सङ्घर्षी वर्ण भनिन्छ।


                                ,    


  • स्पर्श सङ्घर्षी: उच्चारण अङ्गहरु एकअर्कासँग कहीँ न कहीँ छोइनुका साथै सासले सामान्य सङ्घर्ष गरेर निस्कदा उच्चारण हुने वर्णलाई स्पर्श सङ्घर्षी वर्ण भनिन्छ।

 

,     ,     ,   


 

  • नासिक्य: नाकबाट सास बहिर निस्कदा उच्चारण हुने वर्णलाई नासिक्य वर्ण भनिन्छ।


, ,

  • कम्पित वा प्रकम्पित: जिब्रो कापेको अवस्थामा उच्चारण हुने वर्णलाई कम्पित वर्ण भनिन्छ।

 



  • पाश्र्विक: जिब्रोको दुवै छेउबाट सास बाहिर निस्कँदा उच्चारण हुने वर्णलाई पाश्र्विक वर्ण  भनिन्छ।


  • अर्ध स्वर: हलन्त उच्चारण हुन नसक्ने र बोलीचालीमा व्यञ्जन वर्णकै रुपमा तथा स्वर वर्णको जस्तै समेत उच्चारण गर्न सकिने व्यञ्जन वर्णलाई अर्ध स्वर भनिन्छ।

,


ग‍ ) घोषत्वको आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण 
घोषत्वको अर्ध वर्णको उच्चारण गर्दा उत्पन्न हुने आवाज हो।घाँटीभित्र रुद्र घण्टी हुन्छ। रुद्रघण्टीको भित्री भागमा स्वरयन्त्र हुन्छ जसमा मासुले बनेका चिम्टाको आकारमा दुर्ह पत्र हुन्छन्। ती पत्रलाई स्वरचिम्टी भनिन्छ। स्वरचिम्टी खुलेको अवस्थामा मुखबाट सास सजिलै बहिर निस्कन्छ तर स्वरचिम्टी एकअर्काको नजिक भएको बेलामा बाहिर निस्क्ने बाटो साँघुरिनाले बाहिर निस्कनका लागि सासले सङ्घर्ष गर्नु पर्ने हुन्छ। यसरी सङ्घर्ष गरि निस्क्दा ती स्वरचिम्टीलाई सासले धकेल्छ र स्वरचिम्टी थर्किन्छ। वर्णको उच्चारण गर्दा स्वरचिम्टी थर्किने वा नथर्किने अवस्थामा उच्चारण हुने वर्णको आवाजलाई घोषत्व भनिन्छ। यस आधारमा नेपालेव व्यञ्जन वर्णलाई निम्न लिखित दुई भागमा विभाजन गरिएको छ।       

  • सघोष (घोष) वर्ण: वर्णको उच्चारण गर्दा स्वरचिम्टी नजिकिई सास बाहिर निस्कने बाटो साँघुरिएको बेला सासले स्वरचिम्टीलाई धक्का दिन्छ र त्यो थर्किन्छ। यसरी सासले धक्का दिई स्वरचम्टी र त्यो थर्किन्छ। यसरी सासले धक्का दिई स्वरचिम्टी थर्किएको अवस्थामा उच्चारण हुने वर्णलाई सघोष वर्ण भनिन्छ।

                  

                 

                  

              

  • अघोष वर्ण: वर्णको उच्चारण हुँदा स्वरचिम्टीहरु टाढा भई श्वासनली पुरै खुलेको अवस्थामा सास सजिलै बाहिर निस्कन पाउँछ र स्वरचिम्टी थर्किदैँन। यसरी स्वरचिम्टी नथर्किएको अवस्थामा उच्चारण हुने वर्णलाई अघोष वर्ण भनिन्छ। नेपाली भाषाका तलका वर्णहरु अघोष वर्ण हुन् :

 

                   

                


घ) प्राणत्वका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण
वर्णको उच्चारण गर्दा फोक्सोबाट मुख र नाक हुँदै बाहिर निस्कने सासलाई प्राण भनिन्छ र त्यही सासको

थोरै वा धेरै मात्रालाई प्राणत्व भनिन्छ। वर्णको उच्चारण  हुँदा मुख र नाक हुँदै बाहिर निस्कने सासको मात्राका आधारमा नेपाली व्यञ्जन वर्णलाई निम्न लिखित दुई भागमा बाँडी अध्ययन गेने गरिन्छ।

  • अल्पप्राण वर्ण: तुलनात्मक रुपमा मुख र नाकबाट सासको मात्रा कम निस्केको अवस्थामा उच्चारण हुने वर्णलाई अल्पप्राण वर्ण भनिन्छ। नेपाली भाषाका निम्नलिखित वर्णहरु अल्पप्राण वर्ण हुन्।

 

                       

    ग     ज     ड     द     ब

    ङ     न     म     य     र

    ल     व                

 

 

  • महाप्राण वर्ण: तुलनात्मक रुपमा मुख र नाकबाट सासको मात्रा बढी निस्केको अवस्थामा उच्चारण हुने वर्णलाई महाप्राण वर्ण भनिन्छ। नेपाली भाषाका निम्नलिखित वर्णहरु महाप्राण वर्ण हुन् :

                 

                 

    

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)