निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

 

विधा तथा क्षेत्र : साहित्य÷प्राध्यापन

जन्म : १९८६ असार ३०; 

जन्म स्थान : फसिकेब, नयाँ सडक, काठमाडौँ; 

बुबा : मणिदत्त; 

आमा : ललिताकुमारी; 

बाल्यकाल : डेढ वर्षको उमेरमा नै मातृ वियोग सहनु परेको; 

शिक्षा : सम्पूर्णामध्यमा, बनारस (२००९), आचार्य (संंस्कृत, २०१९), स्नातकोत्तर (नेपाली)— त्रिवि (२०३४); 

विवाह : चित्रकुमारी (भावना) पाण्डे (विमि २००० फागुन); 

सन्तान : २ छोरा, २ छोरी ।

व्यक्तित्व : माध्यमिककालीन विशिष्ट प्रतिभा लक्ष्मीदत्त पन्त ‘इन्दु’ का नाति भरतराज पन्त महाकवि हुन् । आशुकविŒवको उच्च क्षमता भएका पन्त वार्णिक छन्दमा पारङ्गत थिए । संस्कृत साहित्यको उच्च अध्ययनले उनलाई समश्लोकी–समछन्दी अनुवादमा पनि विशिष्ट बनायो । आफ्ना मात्र होइन, अन्य कविका लामालामा कविता कण्ठाग्र गर्ने महाकवि पन्तका कविता÷काव्यमा सरलता, सुबोधता र वैचारिक मौलिकता प्रतिपादित छ ।  अध्यापन र प्राध्यापन संलग्न हुँदै नेपाली साहित्यको श्रीवृद्धि गर्नलागि परेका यिनी जयतु संस्कृतम् र छात्र आन्दोलन जस्ता साहित्यिक आन्दोलनमा पनि क्रियाशील थिए ।

सेवा : अध्यापन (२०१५–२०३०)÷प्राध्यापन (२०२२–२०५३), संस्कृत छात्रवास, वेदवेदाङ्ग विद्यालय, प्रधानाध्यापक, नेपाल राष्ट्रिय विद्यापीठ, नारी विद्यापीठ, शान्ति विद्यागृह सहप्राध्यापक, सरस्वती बहुमुखी क्याम्पस, जयतुसंस्कृतम् छात्र आन्दोलन (२००४), छात्र आन्दोलन (२०१३), सुनकोशी साहित्य प्रतिष्ठान, भवदेव पन्त स्मृति प्रतिष्ठान, तिवारी साहित्य प्रतिष्ठान कोक गोष्ठी; 

पहिलो रचना : शुभकामना (कविता, २००८, गो.प.)÷जयश्री त्रिभुवन (कविता, २००८), नारीप्रति (प्रतिभा मासिक, २००९); 

कृति सृजना ः उर्लेको आँसु (काव्य, २०१८), जूनकीरी (क.सं., २०२३), दिनेश शोककाव्य, २०२८), भरतराज पन्त (आत्मजीवनी, २०३८), भरतराज पन्त (आत्मजीवनी, २०३८), शैलपुत्री (ख.का., पच्चीय वर्षका ख.का., २०३९), चन्द्रहास (ख.का., २०३९), दोभान (म.का., २०४१), हातको तकिया (लेख सं., २०४१), नमस्कार (मुक्तककाव्य, २०४६), मेरो रमु (शोककाव्य, २०४९), राजीवलोचन (समीक्षा, २०४९), गुन्द्रुक (हास्यव्यङ्ग्य क.सं., २०५०), भित्रबाहिर (वैचारिक, २०५०), मनस्थिति (शो.का., २०५४), अलङ्कार परिचय (२०५६), पन्त बा (२०६०), अनुवाद— पञ्चदशिका (पन्त संस्कृत स्तोत्र, २०५७), सौन्दर्यलहरी (छाया व्यवस्था, २०६१), कर्पूरस्तोत्रम् (नेपाली गद्यानुवाद, २०६२), सम्पादन÷अनुवाद ः तपस्विनी (कुमारसम्मभवबाट, अनु.२०२५), एकादशिका (अनु.२०४२), भरतराजपन्त स्मृतिग्रन्थ २०६६ पृ.४५५+ थप केही भए नेपाली महाकवि र म.का. हेर्ने (पृ.३८७);

 सम्मान÷पुरस्कार : कविवर भरतराज पन्त स्मृतिग्रन्थ, पृ.४५६ बाट, कवि–भूषण सुवर्णपदक (२०१२), कविसम्मेलन रजतपदक (२०१४), कविगोष्ठी रजतपदक (२०१५), मानवअधिकार दिवस रजतपदक (२०१९), उपत्यकाव्यापी साहित्य प्रतियोगितामा प्रथम (२०२५), कविसम्मेलन सुवर्णपदक (२०२६) कवितामहोत्सव पु. (२०३१), वासुदेव भट्टराई पु., गद्दी आरोहण पदक, भानुसेवा पु., मुक्ति पु., गुणराज पु. (२०४३), शिक्षादिवस पदक (२०४६), हरिहर शास्त्री सावित्री पु. (२०४९), रुद्रराज पाण्डे पु. (२०४९), सीताराम प्रतिष्ठान मुक्ति पु. (२०५१), भानुसेवा पु. (२०५२), त्रिवि दीसेप (२०५२), महाकवि देवकोटा पु. (२०५२), राष्ट्रिय प्रतिभा पु. (२०५३), गद्दीआरोहण रजतपदक (२०५३), सुनकोसी प्रतिष्ठान विद्वद्वृत्ति (२०५३), बाबा ओमवीर सिंह पु. (२०५६), राजीवलोचन पु. (२०५४), भूपालमान सिंह कार्की पु. (२०५७), प्रबल गोदबा पु. (२०५७), वासुदेव भट्टराई पु .२०५८), मनदपुर स्वर्णवर्ष सम्मान (२०६२), आदिकवि भानुभक्त पु. (२०६२), नरेन्द्रवाङ्मय निधि सम्मान (२०६३); संलग्नता ः तिवारी साहित्य समितिका अध्यक्ष; परलोक ः हुदयघात, २०६५ वैशाख १८; परलोकपछि सम्मान ः कविवर भरतराज पन्त स्मृतिग्रन्थ (२०६६) ।

श्रोत :  छाडेर जानेहरू (२०६६), पृ.७२, जयदेव भट्टराई÷कविवर भरतराज पन्त (२०६६), आ.पृ.पछाडि÷कान्तिपुर २०५७।१२।२०÷एक सय एक व्यक्तित्व (२०६५) पृ.२३६÷साकपको, पृ.३६३÷तपस्विनी (अन्तिम कभर)÷सौन्दर्यलहरी (अन्तिमकभर), राष्ट्रभाषा, वर्ष १९ (२०६६) पृ.४६, राष्ट्रभाषा १४÷१५ (२०६१÷६२), पृ.३५, गुन्द्रुक (अन्तिम कभर)÷पच्चीस प्रतिभा (भाग ५, २०६६, पृ.५८–६१, गोपाल पराजुली÷जगदम्बाश्री तथा मदन पुरस्कार द्वारा सम्मानित व्यक्तित्व, चेतबहादुर कुँवर, पृ.२९४ ।


Comments

Popular posts from this blog

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)