Posts

Showing posts with the label साहित्यकारहरु

निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

डा.अञ्जनीकुमार शर्मा ढकाल Anjani Kumar Sharma Dhakal

 विधा÷क्षेत्र : चिकित्सा जन्म : १९८९ जेठ २५;  ज.स्थान ः हनूमानगर, सिरहा;  बा ः भवविनोद उपाध्याय;  आमा ः चित्रकुमारी;  बाल्यकाल ः चार वर्षकै उमेरमा मातृस्नेहबाट वञ्चित भएर काकीको संरक्षणमा हुर्केएका;  शिक्षा ः एसएलसी— (सन् १९४८, दरभङ्गा, भारत), एमबिबिएस— कलकत्ता विवि (सन् १९५५), एमएस— विहार वि.वि. (सन् १९५), एफआरसिएस (सन् १९६१, बेलायत), एफआइसिएस (१९७५), एफएसीएस (सन् १९९४, अमेरिका);  विवाह: अन्नपूर्णा आचार्य (विमि २०१३ तिर);  सन्तान ः २ छोरा, १ छोरी । व्यक्तित्व ः शर्मा क्यान्सर रोग विशेषज्ञ हुन् । आफ्ना पिता र काकाको सहयोगमा चिकित्सक बनेका यिनी यस क्षेत्रका चम्किला तारा हुन् । नेपालमा रेडियो थेरापी प्रविधिको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका शर्माले नेपालीले रोगको उपचार गर्न विदेश जानु नपरोस् भन्ने विचार राख्दथे । सन् १९६१ मा वीर अस्पतालबाट सेवा शुरु त्यहाँ सर्जरी डिपार्टमेन्ट स्थापना गरेको गरेका शर्माले त्रिवि शिक्षण अस्पतालमा लामो समयसम्म सेवा गरेका थिए । नेपाल मेडिकल एसोसियसन, अर्बुदरोग निवारण समाज आदि सङ्घसंस्थामा आबद्ध भई दिगो स्वास्थ्य ...

डा.सुधा त्रिपाठी (थानेश्वरी) Sudha Tripathi

विधा÷क्षेत्र : साहित्यकार÷समीक्षा जन्म  : २०१५ जेठ २८;  ज.स्थान :  सुनखानी, दोलखा÷मिरिक, दार्जिलिङ ;  बा : जगन्नाथ शर्मा;  आमा : भवानीदेवी;  फोन  : ४४९६८३९÷४४९७५०८;  शिक्षा : एसएलसी–महेन्द्र भवन (२०३२), आईए–पद्मकन्या क्याम्पस, बागबजार (२०३५), बिए (२०३७), एमए (नेपाली, त्रिविवि कीर्तिपुर, २०४०), विद्यावारिधि (नेपाली, त्रिवि, २०६७);  पति : रमेश प्रसाद भट्टराई (वि.मि. २०४६);  व्यक्तित्व  : बहुआयामिक व्यक्तित्वकी धनी त्रिपाठी निबन्धकार, समालोचक, कवि, ना.कार र सम्पादक हुन् । जीवनको लामो समय प्राध्यापनमा बिताएकी उनी स्वाभिमानी र अलिकडा स्वभावकी नारीवादी साहित्यकार हुन् । पितृसत्तात्मक समाजमा हुर्किएकी त्रिपाठी नारीले भोग्नु परेको पीडा र बाध्यतालाई यथार्थ रूपमा आफ्ना रचनामा प्रस्तुत गर्छिन् । समा.मा उनले मुख्यत ः प्रगतिवादलाई केन्द्रमा राखेकी हुन्छिन् । सेवा ः प्राध्यापन (नेपाली केन्द्रीय विभाग त्रिवि, कीर्तिपुर), नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र);  पहिलो रचना  : मेरा व्यथाहरूको गीत (कविता, प्रज्ञा, २०३४);  कृति÷सृ...

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag

विधा÷क्षेत्र   : साहित्य÷प्राध्यापन जन्म  : २०३० वैशाख १८;  ज.स्थान  : गोलधाप, झापा;  बुबा : कुबेरनाथ;  आमा : मनमाया;  बसोबास (हालको ठेगाना)  : लोकन्थली, भक्तपुर;  फोन  : २०५०१२१÷५६३९९५३;  मोबाइल  : ९८४१४४४१३५÷९८५१०९८९५३;  शिक्षा  : एम.ए (नेपाली), आचार्य (संस्कृत), पिएचडी (प्रगतिवादी नेपाली ख.का. मा द्वन्द्वविधानमा ने.सं.वि.वि.);  विवाह : टीका पौड्याल;  सन्तान   : २ छोरी । व्यक्तित्व  : प्रगतिवादी साहित्यकार नेपाल मुख्यत: कविता र समालोचना विधामा कलम चलाउँछन् । कवितामा मूलत: शास्त्रीय छन्द प्रयोग गर्ने नेपाल छन्दको लक्षणशास्त्रमा गहिरो दखल राख्छन् । उनी मीठो शैलीमा छन्द कविता वाचन गर्छन् । छन्द बचाउ अभियान सञ्चालनस्वरुप यिनले "छन्दपराग" कविता अभियान नै सञ्चालन गरेकाा छन् । वर्ग विभेदले निम्त्याएका असमानतालाई रचनाको विषय वस्तु बनाएर उद्देश्यपरक वैचारिक भाव रचनामा प्रसतुत गर्ने यिनले साहित्यिक रचना र पाठ्य सामग्रीहरू आधाआधीको अनुपातमा सृजना गरेका छन् । भाषा र साहित्यको सेवामा देश विदेशमा घुमेर ...

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय) विधा÷क्षेत्र : कथा जन्म : २०१२ जेठ ४;  जन्मस्थान : औरही, महोत्तरी;  बुबा  : गोविन्दप्रसाद;  आमा  : तिलकुमारीदेवी;  बसोबास (हालको ठेगाना) : पुष्पनगर, बानेश्वर, काठमाडौँ;  मोबाइल : ९८४१८४९०८५;  शिक्षा : स्नातकोत्तर (शिक्षाशास्त्र÷गणित);  व्यक्तित्व  : अल्पसङ्ख्यक, सीमान्तकृत र पिछडा वर्गको आवाजलाई साहित्यमार्फत माथि उठाउने इस्माली सामाजिक यथार्थवादी तथा प्रगतिवादी साहित्याकर हुन् । स्थानीय परिवेश र आञ्चलिकताको प्रयोग गर्ने पौडेलले सामाजिक, आर्थिक विकृति, विसङ्गति र राजनीतिक चलखेललाई आफ्ना रचनाका विषयवस्तु बनाएका छन् । यिनी बालसाहित्यका क्षेत्रमा अग्रणी साहित्यकारका रुपमा परिचित छन् । यिनी स्थानीय परिवेशको शुक्ष्म चित्रण गरी कथा  र उपन्यास  सिर्जना गर्न माहिर छन् । सेवा : प्राध्यापन (रत्नराज्यलक्ष्मी क्याम्पस, सानोठिमी  क्याम्पस त्रिविवि)÷अध्यापन, साहित्य; नेपाल राजकीय प्रज्ञा पतिषठानका उपकूलपति पहिलो रचना  : ऋणको थिचो (कथा, भन्ज्याङ सामायिक सङ्कलन, २०३१);  कृति÷सृजना...

कवि शिरोमणि लेखनाथ पौड्याल Lekhnath Paudel Kabi Siromani Lekhnath Paudel

 विधा क्षेत्र : साहित्य (छन्दकवि) दरबारी सेवा जन्म : १९४१ पुस २६ (कतै १५ गते भनिएको ?) ;  ज.स्थान : अर्घों अर्चले, कास्की;  बुबा : पं.दुर्गादत्त;  आमा : वसुन्धरादेवी;  शिक्षा : संस्कृत मध्यमा (बनारस);  विवाह : २ विवाह (जेठी श्रीमतीको निधनपछि १९७३ मा सत्यवतीसँग);  सन्तान : २ छोरी, १ छोरा । व्यक्तित्व  : आधुनिक नेपाली कविताका प्रवर्तकले लेखनाथ पौड्याल नेपाली सहित्यका विशिष्ट प्रतिमा, आध्यात्मिक मानवतावादी कविका रूपमा चिनिएका पौडेल नेपाली साहित्यमा शुरुमा केही शृङ्गारिक कविता रचना गरे पनि पछि परिष्कारवादी धारा आरम्भ गर्ने स्रष्टा पनि हुन् । हलन्त वहिष्कार अभियानमा लागेका मध्येका एक यिनी बनारसको पढाइ सकेर काठमाडौँ भित्रिएपछि भीमशमेरका नातिनातिनालाई पढाउने गुरु बनेका थिए । यिनै कृति पढ्दा आएको ओज र तेजकै कारण भीमशमशेरले हजुरियासमेत बनाएका थिए । १९६१ मा धर्मपत्नी स्वर्गवास भएपछि विरह र वेदनाले छटपटिएर जोगी बन्न स्वर्गद्वारी पुगेका पौडेलले स्वर्गद्वारी महाप्रभुबाट आधात्मिक ज्ञान प्राप्त गरेपछि पुनः साहित्य सिर्जना मै तल्लीन गृहस्थी जीवन मै फर्किएका थिए ...

भीमनिधि तिवारी Bhim Nidhi Tiwari

  विधा÷क्षेत्र : साहित्य÷सरकारी सेवा जन्म : १९६८ फागुन ३०;  ज.स्थान : डिल्लीबजार, काठमाडौँ; बुबा : लालनिधि;  आमा : नन्दकुमारी;  बाल्यकाल : सात वर्षको कलिलो उमेरमै मातृस्नेहबाट वञ्चित भीमनिधि असाध्य रोगी भएकाले औपचारिक अध्ययनबाट वञ्चित;  शिक्षा : आईए;  विवाह : २ पत्नीमध्ये कान्छी, भुवनेश्वरी;  सन्तान : ३ छोरीमध्ये बेन्जु र मन्जु साहित्यकार, २ छोरा । व्यक्तित्व  : वि.सं. १९९१ देखि लेखन क्षेत्रमा लागि जीवनभरी नेपाली साहित्यमा समर्पित तिवारी आफ्नो हरेक रचनामा जीवन्त देखिन्छन् । सरकारी सेवा र साहित्य दुवै फाँटमा यिनले उत्तिकै ख्याति कमाएका छन् । सरकारी सेवातर्फ उपसचिवसम्म भई सेवा निवृत्त भएका यिनी भाषानुवाद् परिषद्, घरेलु इलम प्रचारक अड्डाका टेक्सटाइल विशेषज्ञ आदि भई राष्ट्रसेवामा समर्पित थिए । व्यस्त जागिरे जीवनका क्रममा पनि बचेको समयलाई साहित्य साधनामा लगाएका यिनले १९९५ मै ‘नेपाली साहित्य प्रेस’ नामक छापाखान स्थापना गराई संस्थागत रूपमा पनि भाषा र साहित्यको सेवा गर्न शुरु गरेका थिए । पौराणिक, ऐतिहासिक र सामाजिक तीनै विषयवस्तुमा उत्तिकै सशक्त रूपले कलम...

पारिजात (विष्णुकुमारी वाइवा, सत्यभामा, काँडा, प्रियंवदा, छेकुडोल्मा) Parijat

 विधा क्षेत्र  साहित्य जन्म  :१९९० फागुन ३०;  ज.स्थान : लिङ्गिया, चियाकमान, दार्जिलिङ;  बुबा : डा.केएस (कालुसिंह) वाइवा;  आमा : अमृता मोक्तान;  शिक्षा : एसएलसी— पद्मकन्या विधाश्रम, डिल्लीबजार (२०१२), आइए— पद्मकन्या विद्याश्रम (२०१४), बीए— पद्मकन्या विद्याश्रम (२०१६), एमए— त्रिविवि, कीर्तिपुर (अध्ययन);  व्यक्तित्व  : किशोरवय टेक्तानटेक्तै च्जभगmबतयष्म ब्चतजचष्तचक को शिकार भएको पारिजातको शरीर निष्क्रिय भए पनि उनले आजीवन सक्रिय जीवन बिताइन् । दुःख र कष्टका साथ पारिवारिक झमेलाबाट अघि बढ्दै गरेकी पारिजात कक्षा चारमा अध्ययन गर्दागर्दै साहित्यमा आकर्षित भएकी थिइन् । त्यसताका उनको गाउँबाट निस्कने पत्रिकामा पहिलो कविता छपाउन दिँदा छन्द बिहिन भएकाले नछापिएपछि पारिजात उदास बन्दै छन्द विद्या सिक्न क्रियाशिल रहिन् । बहुमुखी प्रतिभाकी धनी पारिजात अन्तर्मुखी स्वभावकी थिइन् । यिनको परिवार दाजुको निधनपछि भारतबाट नेपाल छिरेकी थिइन् । नेपालमा आएपछि गोपालप्रसाद रिमालसँग भेट भई उनैको प्रेरणाले पारिजातलाई हौसला मिल्यो । फलस्वरूप उनलाई नेपाली साहित्यमा अघि बढने आधा...

भवानी भिक्षु (भवानीप्रसाद गुप्ता) Bhawani Vikshu

विधा क्षेत्र : साहित्य÷पत्रकारिता जन्म : १९६६ (१९७१ ?) जेठ २१;  ज.स्थान : तौलिहवा, कपिलवस्तु जिल्ला;  बुबा : इन्द्रप्रसाद गुप्ता;  आमा : यशोदादेवी;  शिक्षा : साहित्यकुल भूषण (हिन्दी), नेपाली, हिन्दी, उर्दू र अङ्ग्रेजी भाषाको अध्ययन;  विवाह: पहिलो विवाह निरर्थक भएपछि २००५ मा दोश्रो विवाह चन्डा देवीसित सम्पन्न भयो तर २००९ मै उनको पनि निधन भयो;  व्यक्तित्व : नेपाली साहित्य, प्रशासनिक सेवा र पत्रकारिताका सङ्गम भिक्षु वरिष्ठ आख्यानकार हुन् । १९९३ मा शारदा पत्रिकामा ‘आलोचक र आलोचना’ शीर्षकको लेख प्रकाशन गरेपछि नेपाली साहित्यमा उदाएका भिक्षु कविता, उपन्यास, कथा, एकाङ्की विधाका कुशल स्रष्टा साथै कुशल सम्पादकका रूपमा परिचित छन् । यिनको लेखन कलाकै प्रभावबाट शारदापत्रिकामा सम्पादकका रूपमा जागिरे जीवनमा प्रवेश गरेका यिनी पछि प्रचारविभागका निर्देशक, धरतीपत्रिकाको सम्पादक हुँदै अन्य पत्रिकाहरूको सम्पादन गर्ने कार्यमा संलग्न हुन् पुगे ।  प्रारम्भिक समयमा हिन्दी भाषाबाट साहित्य लेखनमा प्रवेश गरेका तथा मातृभाषा अवधी भए पनि नेपाली साहित्यमा अजर–अमर साधकका रूपमा परिचित...

Aatmaram Sharma Pudasaini साहित्यकार आत्माराम शर्मा (पुडासैनी)

  विधा÷क्षेत्र  साहित्य जन्म  २०२० असार २२;  जन्मस्थान : भद्रबास, काठमाडौँ;  बुबा : विनायक पुडासैनी;  आमा : मन्दोदरा;  बसोबास (हालको ठेगाना) : मैजुबहाल, काठमाडौँ;  मोबाइल : ९८५१०७४०५१;  शिक्षा : स्नातकोत्तर तह (नेपाली);  विवाह : विमला पुडासैनी;  सन्तान : आजाद शर्मा, आस्था शर्मा । व्यक्तित्व : युवापुस्तामा ख्याति कमाएका तथा प्रगतिवादी लेखनप्रति झुकाव राख्ने शर्माले २०३८ देखि लेखनआरम्भ गरेका थिए । नेपाल सरकार मातहतको स‌ंस्थान सेवामा कार्यरत रहेर पनि नेपाली भाषाको सेवामा जुटेका यिनी कथा र  कविता विधामा कलम चलाउन सफल भए भने सम्पादन कलामा पनि यिनको कलम राम्ररी चलेको पाइन्छ । सेवा : संस्थान (दूर सञ्चार सेवा);  पहिलो रचना  : कविता (लहर पत्रिका, २०४०);  कृति÷सृजना  : माफ गर बहिनी चिन्न सकिँन (कविता सङ्ग्रह., २०५७), धुवाँ (कथा सङ्ग्रह, २०६०), डाक्टर अङ्कल (किशोर कथा सङ्ग्रह २०६८),  सम्पादन  : हातेमालो (द्वैमासिक, २०४२), उत्साह (साहित्यिक, २०५४), प्राची (द्वैमासिक, २०४२), सञ्चार (पत्रिका), शब्द संयोजन (...

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

  विधा तथा क्षेत्र : साहित्य÷प्राध्यापन जन्म : १९८६ असार ३०;  जन्म स्थान : फसिकेब, नयाँ सडक, काठमाडौँ;  बुबा : मणिदत्त;  आमा : ललिताकुमारी;  बाल्यकाल : डेढ वर्षको उमेरमा नै मातृ वियोग सहनु परेको;  शिक्षा : सम्पूर्णामध्यमा, बनारस (२००९), आचार्य (संंस्कृत, २०१९), स्नातकोत्तर (नेपाली)— त्रिवि (२०३४);  विवाह : चित्रकुमारी (भावना) पाण्डे (विमि २००० फागुन);  सन्तान : २ छोरा, २ छोरी । व्यक्तित्व  : माध्यमिककालीन विशिष्ट प्रतिभा लक्ष्मीदत्त पन्त ‘इन्दु’ का नाति भरतराज पन्त महाकवि हुन् । आशुकविŒवको उच्च क्षमता भएका पन्त वार्णिक छन्दमा पारङ्गत थिए । संस्कृत साहित्यको उच्च अध्ययनले उनलाई समश्लोकी–समछन्दी अनुवादमा पनि विशिष्ट बनायो । आफ्ना मात्र होइन, अन्य कविका लामालामा कविता कण्ठाग्र गर्ने महाकवि पन्तका कविता÷काव्यमा सरलता, सुबोधता र वैचारिक मौलिकता प्रतिपादित छ ।  अध्यापन र प्राध्यापन संलग्न हुँदै नेपाली साहित्यको श्रीवृद्धि गर्नलागि परेका यिनी जयतु संस्कृतम् र छात्र आन्दोलन जस्ता साहित्यिक आन्दोलनमा पनि क्रियाशील थिए । सेवा : अध्यापन (२०१५–२०३०...

Basudev Tripathi समालोचक प्रा.डा. वासुदेव त्रिपाठी

विधा तथा क्षेत्र : साहित्य जन्म : १९९९ चैत १३;  ज.स्थान  : भानुनगर, भन्सार, तनहूँ;  बुबा  : प्रेमदत्त;  आमा : गोमादेवी;  बसोबास (हालको ठेगाना) : जनसहयोगमार्ग, नयाँबानेश्वर, काठमाडौँ;  फोन :  ४४७०७५३;  शिक्षा :  स्नातकोत्तर (नेपाली, २०२१), विद्यावारिधि (नेपाली)–त्रिवि (२०३१), आचार्य (संस्कृत ः नव्य व्याकरण)–त्रिवि (२०२१);  विवाह: गीता त्रिपाठी;  सन्तान  : २ छोरी, १ छोरा । व्यक्तित्व :  त्रिपाठी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो विद्धान् हुन् । लामो समयसम्म प्राध्यापन पेशामा संलग्न उनी वरिष्ठ साहित्यकार हुन् । विभिन्न साहित्यिक विधामा कलम चलाएका त्रिपाठीको कलम समा. र भाषा विज्ञानको क्षेत्रमा मजबुत रहेको छ ।  सेवा : प्राध्यापन– (डिन, मासासं,त्रिवि, कीर्तिपुर काठमाडौँ, प्रमुख, नेपाली केन्द्रीय विभाग), नेराप्रप्र (उपकुलपति, २०६१), ;  पहिलो रचना   यो दुनियाँ तिम्रै हो (कविता, हिमाल, २०१७);  कृति÷सृजना : नेपाली कविताको सिंहावलोकन (२०२७), विचरण (नेपाली पद्य–ना. समा., २०२८÷२०२४), पाश्चात्य समा.क...

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

जन्म मिति : २०२२          असार , काठमाडौं । माता :रामकुमारी पिता ; स्व.राजबहादुर हाल:क्यानडा कार्यक्षेत्र:लेखन/निर्देशन विधा: नाटक /गीत/कविता /चलचित्र (कथा/पटकथा/संवाद ) कृति तथा रचनाहरु पूर्णाङ्की : एउटा पापी रात ,  रहरै भाे ,  सत्य साइबाबा , रमाइलो पक्ष: (याे नाटक   एकै रातमा लेखिएको नाटक हाे।  ) एकाङ्की : मानव/यन्त्र मानव ,  सडक नाटक ,  हाे , म मेहत्तर बन्छु ,  लाै आयाे ताजा खबर आदि।(सबै मञ्चित/पुरस्कृत) प्रकाशनकाे तयारीमा : न्वारन , बिद्राेही मेरा पात्रहरू चलचित्र : दुश्मन ,  प्रेम ,  सिउँदाेकाे सिन्दुर , आ दि। टेलिचलचित्र :  हाेसबहादुर बेहाेशी , श्रीमान् /श्रीमती , रहरै भाे , लछुमनीया ,  लगायत करिब २५/३० वटा जति। डकुमेन्ट्री फिल्म : सय भन्दा बढी ।        स्रोत : लेखकबाट प्राप्त विवरण

साहित्यकार मनिक्रमराज शर्मा (ढकाल) Manikram Raj Sharma

विधा÷क्षेत्र : साहित्य कला जन्म : २०२७ जेठ १५;  ज.स्थान : भद्रपुर, झापा;  बुबा :  प्रा.मोहनराजशर्मा;  आमा : उमा शर्मा;  शिक्षा : आई.ए । व्यक्तित्व : किशोर अवस्थामै नेपाली साहित्यको चिन्तनमा डुबेका शर्माको अल्पायुमै देहावसान भयो । जेमन्त, यमा जस्ता नाटकमा सशक्त अभिनय क्षमता प्रदर्शन गरेका शर्मा नेपाली साहित्यको आख्यानविधा चयनमा थियो । कविता, एकाङ्की, कथा, बालकथा र अन्य विविध लेखमा रूचि राख्ने यिनका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । पेशा तथा सेवा : संस्थान सेवा (साझा प्रकाशन) कलाकर्म; कृति÷सृजना : रिसाहा थर्कमान (बालकथा, सं, २०५३), अँध्यारासँग जुध्नेहरू (एकाङ्की सं., २०५७);हामी सबै एक हौँ ।  निधन : हृदयघात रोगका कारण २०५४ साउन ३१ ।

Manu Brajaki मनु ब्राजाकी (चेतमानसिंह भण्डारी, सागर नासत्य, हेमन्त हरि, विलियम त्रिपुगी)

 विधा÷क्षेत्र : साहित्य जन्म : १९९९ साउन १९;  ज.स्थान : औरही, महोत्तरी;  बुबा : लिप्तमानसिंह; आमा : शान्तिदेवीसिंह भण्डारी;  शिक्षा : २४ वर्षको उमेरमा जनकपुरबाट आइएसम्म अध्ययन; पत्नी । व्यक्तित्व : सगर, नासत्य, हेमन्त र हरिको उपनामबाट समय समयमा लेख रचना छपाई नेपाली साहित्यका क्षेत्रमा परिचित चेतमानसिंह भण्डारी नेपाली साहित्यमा मनु ब्राजाकीका नामले प्रसिद्ध भएका साहित्यानुरागी हुन् । आख्यानकार, गजलकार, जिज्ञासु र तर्कशील व्यक्तित्व ब्राजकीले मानवधर्मलाई नै ठूलो धर्म मान्दथे । कथा र गजल विधामा समान रूपले कलम चलाउने ब्राजाकीका लेखन र यसलाई परिभाषित गर्नमा पनि ब्राजाकीको महत्वपूर्ण योगदान रहेको छ । पेशा तथा सेवा : चित्रकारिता, साहित्य; पहिलो रचना   भ र्‍यf ङ (कथा अञ्चल सन्देश, २०१९ जनकपुर); कृति÷सृजना ः अवमूल्यन (कथासं., २०३८), आकाशको फल (कथासङ्ग्रह, २०४२), तिम्री स्वास्नी र म (कथासङ्ग्रह, २०४६), गजलगङ्गा (गजलसङ्ग्रह., २०५१), भविष्य यात्रा (कथासङ्ग्रह., २०५२), पारदर्शी मान्छे (कथासङ्ग्रह, २०६०ं), आमालाई बेच्नु हुँदैन लाटा, काँडाका फूलहरू (गजलसङ्ग्रह.), के हो र जिन्द...

Guru Prasad Mainali गुरूप्रसाद मैनाली

  विधा÷क्षेत्र : साहित्य र वकालत जन्ममिति : १९५७ भदौ ४ गते भाद्र शु.चतुर्दशी   ज.स्थान  : धनकुटा;  बुबा : काशीनाथ मैनाली;  आमा : काशीरूपादेवी;  बाल्यकाल  : पुख्यौली घर काभ्रे कानपुर भए पनि बुबा सरकारी सेवाअन्र्तगत धनकुटा पुगेका बेला उनको जन्म धनकुटामै भएको र उनको बाल्यकालको प्रारम्भिक चरण त्यहीँ बितेको थियो । शिक्षा  : स्वाध्यायन (लघुकौमुदी, अमरकोश, रुद्री, दुर्गासप्तशती) स्रेस्ता पाठाशाला, निजामती मध्यमा (११ पास) मा प्रथम, हिन्दी र बङ्गाली भाषाको पनि अध्ययन;  विवाह : २ विवाह (जगतकुमारी, यशोदादेवी पाठक);  सन्तान   : ६ छोरी, ४ छोरा । व्यक्तित्व  : निजामती मध्यमा गरी सरकारी सेवामा प्रवेश गरेका मैनाली नौसिन्दा, विचार, डिठ्ठा, तहबिलदार आदि हुँदै न्याय क्षेत्रमा न्यायाधीशसम्म भएका थिए । मैनाली आधुनिक नेपाली कथा साहित्यका प्रणोता हुन् । कुनै एउटा पात्रको जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रीतिले लेख्नुलाई नै कथा रचना मान्ने मैनाली आदर्शवादलाई समाज सुधारको माध्यम बनाउँछन् । १९९२ मा शारदामा प्रकाशित मैनालीको चर्चित कथा ‘नासो’ ले आधुनि...

Gopal Prasad Rimal गोपालप्रसाद रिमाल

विधा तथा क्षेत्र : भाषा साहित्य शिक्षासेवा जन्ममिति  : १९७५ जेठ १९ गते (कृष्ण सप्तमी);  ज.स्थान  : लगनटोल, काठमाडौँ;  बुबा : उमाकान्त;  आमा : आदित्यकुमारी;  शिक्षा : एसएलसी (दरबार हाइस्कूल, बोर्ड फस्र्ट, १९९२), आईए (त्रिचन्द्र कलेज, १९९४);  विवाह : २ श्रीमती — मोहनकुमारी भण्डारी (विवाह मिति १९९०, मृत्यु २०००), निर्मलकुमारी (विवाह, २००१) दिदीबहिनी;  सन्तान  : ४ छोरा । व्यक्तित्व : अङ्ग्रेजी नाटककार इब्सेनको नाट्यशैलीबाट प्रभावित प्रसिद्ध कवि एवम् नाटककार रिमाललाई नेपाली साहित्यमा गद्यकविता भित्र्याउने  श्रेय जान्छ । नेपाली नाटकमा सामाजिक यथार्थवादी प्रवृत्ति भित्र्याउने  अग्रज नाटककार रिमाल रोमान्टिक प्रगतिवादी कविका रूपमा चिनिन्छन् । ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता गीत सृजना गर्ने यिनका कविता र गीतमा जनक्रान्ति र वर्गाीय समानताको स्वर उर्लिएको पाइन्छ ।  पहिले सरकारी सेवामा संलग्न भए पनि १९९७ को शहीद काण्डबाट ज्यादै विचलित रिमाल २००३ मा समाज सुधारका कविता लेखेपछि जेल परेका थिए भने २००७ को क्रान्तिमा पुन...

Kshetra Pratap Adhikari क्षेत्रप्रताप अधिकारी

विधा तथा क्षेत्र : कविता÷गीत÷समालोचना जन्ममिति  : १९९९ चैत १२ गते;  जन्मस्थान  : मिर्लुङ, तनहूँ;  बुबा : गजकेशर;  आमा : जनककुमारी ;  शिक्षा : एमए (अर्थशास्त्र);  विवाह :   शान्ता (विमि २०२३);  सन्तान : २ छोरा । व्यक्तित्व  : गीतकार क्षेत्रप्रताप बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व थिए । प्रकृतिवादी, राष्ट्रवादी कवि यिनका गीत तथा साहित्य लेखनमा मुख्यतः व्यङ्ग्यत्मकता र विद्रोहीताको भाव रहेको पाइन्छ । मौलिक गीत, कथा, उपन्यास, अनुसन्धानात्मक कृतिहरू, समालोचना साथै केही अनूदित कृतिहरूका साथमा नेपाली साहित्यमा देखापरेका यिनी कालजयी गीतकारका रूपमा स्थापित छन् । यिनका गीतहरूमा नारायणगोपाल, गोपाल योञ्जन, कुन्ती मोक्तान र रामकृष्ण ढकालजस्ता ख्यातिप्राप्त गायकहरूले स्वर भरेका छन् । गीतमात्र नभएर यिनका कविताहरू पनि उत्तिकै सान्दर्भिक छन् । यिनका कविताहरूलाई विद्यालय र क्याम्पसस्तरका पाठ्यक्रममा पनि समावेश गरिएको पाइन्छ । जीवनभर शिक्षा विकासँगै साहित्य विस्तारमा लागेका अधिकारी हुलाकको पियन, साझा बसको कन्डक्टर हुँदै साझा प्रकाशनको अध्यक्ष र पछि शि...

Govinda Malla Gothale गोविन्दबहादुर मल्ल ‘गोठाले’ (जयबहादुर मल्ल)

  विधा तथा क्षेत्र : व्यवसाय र साहित्य जन्ममिति : १९७९ असार २६;  ज.स्थान  : ओमबहाल, काठमाडौँ;  बुबा  : ऋद्धिबहादुर;  आमा : आनन्दमाया;  शिक्षा :  आइएससीसम्मको अध्ययन (त्रिचन्द्र कलेज);  विवाह  : २ विवाह जेठी— सरस्वती, कान्छी ?;  सन्तान : ४ छोरी, २ छोरा । व्यक्तित्व  : गोठाले आख्यान साहित्यका चर्चित र स्थापित स्रष्टा हुन् । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका यिनी कालान्तरमा आख्यान विधामै रत्तिए । कथा, उपन्यास र नाटक लेखनमार्फत यिनले नेपाली साहित्यमा प्रभावकारी उपस्थिति जनाएका छन् । तापनि यिनी नेपाली कथा साहित्यका क्षेत्रमा आधुनिकता भिœयाउने कथाकारका रूपमा बढी परिचित छन् । घरकै साहित्यिक माहौलबाट साहित्य लेखनतर्फ अग्रसर भएका यिनी ‘शारदा’ प्रकाशनको शुरुवाती दिनमै नेपाली साहित्यका एकभन्दा एक अब्बल साहित्यकारहरूको सान्निध्यमा रहेका थिए । बुबा ऋद्धिबहादुरको कामलाई नजीकबाट नियालेका यिनी र यिनका भाइ विजय मल्लले आफ्नो विशिष्ट लेखनीबाट आफूलाई नेपाली साहित्यको उम्दा साहित्यकारको रूपमा उभ्यान सफल भएका हुन् । सङ्ख्यात्मक दृष्टिले ...

मदनमणि दीक्षित (चक्रपाणि) Madan Mani Dikshit

विधा÷क्षेत्र  : पत्रकारिता÷साहित्य जन्म : १९७९ फागुन;  ज.स्थान : गैह्रीधारा, काठमाडौँ;   बुबा : लक्ष्मणमणि आचार्य दीक्षित;  आमा : विष्णुदेवी;  शिक्षा : विद्यालय— दरबार स्कूल काठमाडौँलगायत वाराणसीको स्कूल, प्रमाणपत्र— क्विन्स कलेज वाराणसी, मध्यमा (संस्कृत साहित्य), स्नातक र स्नातकोत्तर (दर्शन)— वाराणसी हिन्दू विवि, भारत (२००२);  विवाह : रीतादेवी (विमि १९९९ माघ वसन्त पञ्चमीका दिन);  सन्तान : चार छोरा, एक छोरी । व्यक्तित्व :  मदनमणि दीक्षित नेपालका बौद्धिक व्यक्तित्व हुन् । यिनका पिता पुर्खाहरू पनि विद्वान् थिए । यिनका जिज्यू शिरोमणि आचार्य दीक्षित प्रसिद्ध सोमयाग यज्ञ गरेर काशीको विद्वत् सभाबाट ‘दीक्षित’ भएका थिए । उनी निकै विद्वान भएकाले भारत तथा नेपालमा उनको विद्वताको निकै प्रभा रहेको थियो । त्यसैगरी यिनका बाजे काशीनाथ आचार्य आफ्नो विद्वता तथा बौद्धिक तिक्ष्णताले गर्दा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका दाहिने हात हुन पुगेका थिए । त्यस्तै यिनका पिता भूगर्भशास्त्री थिए । उनले कलकत्ताबाट भूगर्भशास्त्रमा पहिलो श्रेणीमा बिएस्सी अनर्स गरेका थिए...