Manu Brajaki मनु ब्राजाकी (चेतमानसिंह भण्डारी, सागर नासत्य, हेमन्त हरि, विलियम त्रिपुगी)
- Get link
- X
- Other Apps
विधा÷क्षेत्र : साहित्य
जन्म : १९९९ साउन १९;
ज.स्थान : औरही, महोत्तरी;
बुबा : लिप्तमानसिंह; आमा : शान्तिदेवीसिंह भण्डारी;
शिक्षा : २४ वर्षको उमेरमा जनकपुरबाट आइएसम्म अध्ययन; पत्नी ।
व्यक्तित्व : सगर, नासत्य, हेमन्त र हरिको उपनामबाट समय समयमा लेख रचना छपाई नेपाली साहित्यका क्षेत्रमा परिचित चेतमानसिंह भण्डारी नेपाली साहित्यमा मनु ब्राजाकीका नामले प्रसिद्ध भएका साहित्यानुरागी हुन् । आख्यानकार, गजलकार, जिज्ञासु र तर्कशील व्यक्तित्व ब्राजकीले मानवधर्मलाई नै ठूलो धर्म मान्दथे । कथा र गजल विधामा समान रूपले कलम चलाउने ब्राजाकीका लेखन र यसलाई परिभाषित गर्नमा पनि ब्राजाकीको महत्वपूर्ण योगदान रहेको छ ।
पेशा तथा सेवा : चित्रकारिता, साहित्य;
पहिलो रचना भर्यfङ (कथा अञ्चल सन्देश, २०१९ जनकपुर); कृति÷सृजना ः अवमूल्यन (कथासं., २०३८), आकाशको फल (कथासङ्ग्रह, २०४२), तिम्री स्वास्नी र म (कथासङ्ग्रह, २०४६), गजलगङ्गा (गजलसङ्ग्रह., २०५१), भविष्य यात्रा (कथासङ्ग्रह., २०५२), पारदर्शी मान्छे (कथासङ्ग्रह, २०६०ं), आमालाई बेच्नु हुँदैन लाटा, काँडाका फूलहरू (गजलसङ्ग्रह.), के हो र जिन्दगी (गजलसङ्ग्रह), बुटपालिस आन्दोलनमा साहित्यकारहरू बुटपालिस गरेर बसेको चित्र लगायत थुप्रै चित्रकलाको सृजना, मनु ब्राजाकीका छोटा कथाहरू (२०७०), अन्नपूर्णको भोज (२०७०), आगोले के पोल्छ पोल्न पानीले मन पोल्छ (२०७१),
सम्पादन तथा अनुवाद : सङ्केत (सामयिक सङ्कलन), २०२८ मा छापिनासाथ प्रेसबाटै जफत भएको);
सम्मान तथा पुरस्कार : मैनाली कथा पु. (२०३९), साझा पु. (२०४६, तिम्री स्वास्नी र म कथा सं.का लागि), गङ्गालक्ष्मी पु. (२०४७), सर्वश्रेष्ठ पाण्डुलिपि पु. (२०५१), दायित्व प्रतिभा पु. (२०६१), पद्मश्री पु. (२०७०), महाकवि देवकोटा पाण्डुलिपि पु.; संलग्नता : सुरलोक;
निधन : मस्तिष्क घात र उच्च रक्तचापका कारण २००४ माघ १९, पाटन अस्पताल, ललितपुर ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment