निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya
विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी
जन्म ः १९१५ मार्ग शुक्ल चौथी;
ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;
बा ः मुक्तानन्द;
आमा ः थकुमती; शिक्षा ः संस्कृत;
विवाह: २ विवाह;
सन्तान ः १ छोरा, १ छोरी ।
व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए । यिनी आफ्नो मयका प्रख्यात पण्डित पनि थिए । यिनको कथावाचन क्षमता श्रोताहरूलाई मुग्ध पार्न सक्ने गुणले भरिपूर्ण थियो । यिनी जीवनको अन्तिम समयमा स्वयम्भू महाचैत्य परिसरमा बस्दथे । त्यहीँ नै महामञ्जुश्रीको सत्तलमा योगभ्यासमा व्यस्त रहेका समयमा यिनको प्राण गएको थियो । नेवारी भाषा गद्यको शुरुवात गर्ने ‘गद्यगुरु’बाट परिचित निष्ठानन्दको निधनपछि ओमबहालमा उनको अर्धकदको सालिक पनि स्थापना गरिएको छ ।
सेवा ः सरकारी सेवा (राइटर पद), प्रेस सञ्चालन गरी काठे प्रेसबाट पुस्तक प्रकाशन; पहिलो रचना ः प्रज्ञापारमिताको (१९६६); कृति÷सृजना ः ललित विस्तर (१९७२), एक विशक्ति प्रज्ञा पारमिता (ने.सं. १०२९), बोधिचर्यावतार (ने.सं. १०४३), बोधिचर्याविस्तार (ने.सं. १०४३), बोधिज्ञान (ने.सं. १०४३), भद्रकल्पावदान (ने.सं. १०४८), आर्यभद्र चिरया; परलोक ः योगाभ्यासद्वारा प्राण त्याग, १९९२ मङ्सिर ४ मार्ग, शुक्ल चौथी, स्वयम्भू महाचैत्य स्थित महामञ्जुश्रीको सत्तलमा; परलोकपछि सम्मान ः ओमबहालमा अर्धकदको शालिक स्थापना ।
स्रोत ः लुमंको बहर्षि (भिक्षु सुदर्शन) अर्को फारामबाट÷ जनमत २३–१०, २०६३ कात्र्तिक ३०÷बौद्धजगतका स्मरणीय व्यक्तिहरू, भाग–७, पृ.४२, ले.रत्नसुन्दर शाक्य ।
Comments
Post a Comment