निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी

जन्म ः १९१५ मार्ग शुक्ल चौथी; 

ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ; 

बा ः मुक्तानन्द; 

आमा ः थकुमती; शिक्षा ः संस्कृत; 

विवाह:  २ विवाह; 

सन्तान ः १ छोरा, १ छोरी ।

व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण्डित पनि थिए । यिनको कथावाचन क्षमता श्रोताहरूलाई मुग्ध पार्न सक्ने गुणले भरिपूर्ण थियो । यिनी जीवनको अन्तिम समयमा स्वयम्भू महाचैत्य परिसरमा बस्दथे । त्यहीँ नै महामञ्जुश्रीको सत्तलमा योगभ्यासमा व्यस्त रहेका समयमा यिनको प्राण गएको थियो । नेवारी भाषा गद्यको शुरुवात गर्ने ‘गद्यगुरु’बाट परिचित निष्ठानन्दको निधनपछि ओमबहालमा उनको अर्धकदको सालिक पनि स्थापना गरिएको छ । 

सेवा ः सरकारी सेवा (राइटर पद), प्रेस सञ्चालन गरी काठे प्रेसबाट पुस्तक प्रकाशन; पहिलो रचना ः प्रज्ञापारमिताको (१९६६); कृति÷सृजना ः ललित विस्तर (१९७२), एक विशक्ति प्रज्ञा पारमिता (ने.सं. १०२९), बोधिचर्यावतार (ने.सं. १०४३), बोधिचर्याविस्तार (ने.सं. १०४३), बोधिज्ञान (ने.सं. १०४३), भद्रकल्पावदान (ने.सं. १०४८), आर्यभद्र चिरया; परलोक ः योगाभ्यासद्वारा प्राण त्याग, १९९२ मङ्सिर ४ मार्ग, शुक्ल चौथी, स्वयम्भू महाचैत्य स्थित महामञ्जुश्रीको सत्तलमा; परलोकपछि सम्मान ः ओमबहालमा अर्धकदको शालिक स्थापना ।

स्रोत ः लुमंको बहर्षि (भिक्षु सुदर्शन) अर्को फारामबाट÷ जनमत २३–१०, २०६३ कात्र्तिक ३०÷बौद्धजगतका स्मरणीय व्यक्तिहरू, भाग–७, पृ.४२, ले.रत्नसुन्दर शाक्य ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag