डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag
- Get link
- X
- Other Apps
विधा÷क्षेत्र : साहित्य÷प्राध्यापन
जन्म : २०३० वैशाख १८;
ज.स्थान : गोलधाप, झापा;
बुबा : कुबेरनाथ;
आमा : मनमाया;
बसोबास (हालको ठेगाना) : लोकन्थली, भक्तपुर;
फोन : २०५०१२१÷५६३९९५३;
मोबाइल : ९८४१४४४१३५÷९८५१०९८९५३;
शिक्षा : एम.ए (नेपाली), आचार्य (संस्कृत), पिएचडी (प्रगतिवादी नेपाली ख.का. मा द्वन्द्वविधानमा ने.सं.वि.वि.);
विवाह : टीका पौड्याल;
सन्तान : २ छोरी ।
व्यक्तित्व : प्रगतिवादी साहित्यकार नेपाल मुख्यत: कविता र समालोचना विधामा कलम चलाउँछन् । कवितामा मूलत: शास्त्रीय छन्द प्रयोग गर्ने नेपाल छन्दको लक्षणशास्त्रमा गहिरो दखल राख्छन् । उनी मीठो शैलीमा छन्द कविता वाचन गर्छन् । छन्द बचाउ अभियान सञ्चालनस्वरुप यिनले "छन्दपराग" कविता अभियान नै सञ्चालन गरेकाा छन् । वर्ग विभेदले निम्त्याएका असमानतालाई रचनाको विषय वस्तु बनाएर उद्देश्यपरक वैचारिक भाव रचनामा प्रसतुत गर्ने यिनले साहित्यिक रचना र पाठ्य सामग्रीहरू आधाआधीको अनुपातमा सृजना गरेका छन् । भाषा र साहित्यको सेवामा देश विदेशमा घुमेर विभिन्न प्रशिक्षण पनि दिइरहेका नेपाल छन्द कविताको मानवीकरण अभियानमा पूर्ण सक्रिय छन् ।
सेवा : प्राध्यापक (वाल्मीकि क्यामपस, काठमाडौँ), प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठान (२०७५);
पहिलो रचना: खै कहाँ छ शान्ति ? (निबन्ध, २०५१);
कृति÷सृजना : कविता र खण्डकाव्य : श्रद्धाञ्जली (ख.का., २०५७), त्रिशतक (मुक्तकाव्य, २०६३), तीतामीठा कुरा (नीतिसङ्ग्रह, सहलेखन, २०६३), माटो र मुटु (क.संं, २०६७), सलादजस्तो देश (क.संं, २०७१), भानु भन्दै हिँडी रहूँ (यात्राकाव्य, २०७२), शिक्षणग्रन्थ परिचय÷समालोचनाहरू: छन्द–पराग (२०६२), साहित्य सन्ध्या र पुरस्कृत प्रतिभाहरू परिचय, २०६४), गजल कसरी लेख्ने (सहलखने, २०६६), काव्य समालोचना (२०६८), समयरेखा (समालोचना सङ्ग्रह, २०६८), व्यावहारिक लेखन (केकसरी लेख्ने, २०६८), उत्पादिन कृतिहरू: वैचारिक आलोकमा महाकवि देवकोटा (समालोचना, २०६७), युगकवि सिद्धिचरण एकसय एक कवि एकसय एक कविता (क.सं., २०७०), कथादेखि कथासम्म: रमेश विकल (कथा सं., २०७१), मदन भण्डारीका कविता र गतिाहरू (कविता र गी.संं), मदन भण्डारीका कविता र गीतहरू (सिडी), मङ्गलकुमार उपाध्याय नेपाल: स्मृतिग्रन्थ (स्मृतिग्रन्थ, २०७३) लगायत आधा दर्जन पत्रपत्रिका तथा विशेषाङ्कहरू, निबन्धसङ्ग्रहहरू: निबन्ध मुना (सहलेखन, २०७०), कोपिला (सहलेखन, २०७१), सौरभ (सहलेखन, २०७३), , छन्द कविताका: छन्दको सुगन्ध (सामूहिक, २०६०)। छन्द तरङ्ग (एकल, २०७३), बालसाहित्य ः बाल रचनामाला (भाग १–५, सहलेखन, २०६१), कुखुराको बिहे (बालकाव्य, २०६५), मैना चरी दङ्ग परी (बालकाव्य, २०७२), नानादेऊ पुतली (बाल–क.सं., २०७३), कक्षा नर्सरीदेखि स्नातकसम्मका ३० ओटा पाठ्यपुस्तकहरू,
सम्पादन÷अनुवाद: शब्दाङ्कुर (मासिक, २०५७), दीपशिखा (वार्षिक, २०५७), शब्द संयोजन (मासिक, २०६१), सम्पादन: प्रलेस (द्वैमासिक), साहित्य सन्ध्या (मासिक);
सम्मान÷पुरस्कार: द्वितीय पु. (राप्ती साहित्य परिषद्,२०५२), प्रथम पु. (साहित्य–कुञ्ज, कीर्तिपुर (२०५३ र २०५४), राष्ट्रिय गजल प्रति.मा द्वितीय (२०५७), युवावर्ष मोती पु. (२०६७) र बुटवल साहित्य, कला, संस्कृति प्रतिष्ठान (२०५९), प्रगतिशील लेखक सङ्घ बाँके शाखा (२०६५), अविरल साहित्य (२०६४), अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया (२०६७), प्रवासी नयन साहित्य समाज मलेसिया (२०६७), अनाम मण्डली मलेसिया (२०६७), अनौपचारिक साहित्य प्रतिष्ठान रामेछाप (२०६७), आदि सङ्घसंस्थाबाट विभिन्न समयमा सम्मानित;
संलग्नता: प्रगतिशील लेखक सङ्घ, साहित्य सन्ध्या, जनसाहित्य मञ्च, दायित्व वाङ्मय प्रतिष्ठान आजीवन सदस्य, नागर्जुन साहित्य प्रतिष्ठान, नेपाल बाल साहित्यको आजीवन सदस्य, अनाम मण्डलीका सल्लाहकार;
स्रोत: जुही–५०, पृ.१७७÷ शब्दसंयोजन ७१, पृ.५÷ साझा दिग्दर्शन पृ.४०९÷ त्रिशतक, आ.पृ.पछाडि÷ऐरावती स्रष्टा परिचय, २०६८, पृ.२२ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment