निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Patan Krishna Mandir पाटन कृष्णमन्दिर

 ललितपुर जिल्लाको पाटन सहरमा अवस्थित कृष्णमदिर नेपाली शिल्पकलाको प्रमुख आकर्षणको केन्द्र हो । मन्दिरमा प्रयोग भएको कलाकृतिले पर्यटकहरुको आँखा खिच्न सफल भएको यस मन्दिरमा २१ वटा गजुरमात्र रहेका छन् । ई सं १६३७ मा सिद्धिनरसिंह मल्लद्वारा निर्माण गरिएको उक्त मन्दिर प्रस्तरद्वारा निर्मित अत्यन्तै सुन्दर र कलात्मक रहेको छ । काठ र इँटको प्रयोग नै नगरी ढुङ्गामात्र प्रयोग गरेर निर्माण गरिएको यो मन्दिर प्रस्तर कलाको नमुना नै हो । यस मन्दिरको अर्को विशेषता भनेको भगवान् कृष्णको मूर्तिलाई भुईँको तलामा स्थापित नगरी माथिल्लो तलामा स्थापित गरिएको छ । त्यसभन्दा माथिल्लो अर्थात् दास्रो तलामा शिवलिङ्ग र तेस्रो तलामा पद्मपाणि लोकेश्वरको मूर्ति राखिएको छ । नेपाली शिखर र तले शैलीको मिश्रित स्वरुपमा बनेको यो मन्दिरका सम्पूर्ण गजुरहरु चाहिँ धातुबाट निर्मित छन् । यस मन्दिरमा भगवान् श्रीकृष्णको नित्य पूजा हुने गर्दछ भने प्रत्येक वर्षको भाद्र कृष्ण अष्टमीका दिनमा विशेष भजन कीर्तन र पूजा आरधना हुने हुनाले त्यसदिन यहाँ निकै भीडभाड हुने गर्दछ । यस मन्दिरको अगाडिपट्टि रहेको एउटा प्रस्तर खम्बामा गरुडको मूर्ति रहेको छ जसले श्रीकृष्णलाई नमस्कार गरेको देख्न सकिन्छ । यो मन्दिरसहित पाटन दरबार स्क्वायर क्षेत्र नै विश्वसम्पदा सूचीमा सूचीकृत छ । हालको कृष्ण मन्दिर रहेको स्थान मल्लकालमा दरबारकै एउटा चोकको रुपमा रहेको  थियो । जहााँ मध्य रातमा श्रीकृष्ण राधासहित उपस्थित भएर बाँसुरी बजाउँथे तर दिनमा भने देखिँदैनथे भन्ने भनाइ रहेको छ । उनै श्रीकृष्णको दर्षन सिद्धिनसिंहले पाएपछि मन्दिर निर्माण गरिदिएका थिए भन्ने किंवदन्ती रहेको छ ।


स्रोत :नेपालका प्रमुख धार्मिक स्थलहरु  मन्दिरै मन्दिरको देश नेपाल ।



कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।

Comments

Post a Comment

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)