निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

साहित्यकार मनिक्रमराज शर्मा (ढकाल) Manikram Raj Sharma

विधा÷क्षेत्र: साहित्य कला
जन्म : २०२७ जेठ १५; 
ज.स्थान : भद्रपुर, झापा; 
बुबा:  प्रा.मोहनराजशर्मा; 
आमा : उमा शर्मा; 
शिक्षा : आई.ए ।
व्यक्तित्व : किशोर अवस्थामै नेपाली साहित्यको चिन्तनमा डुबेका शर्माको अल्पायुमै देहावसान भयो । जेमन्त, यमा जस्ता नाटकमा सशक्त अभिनय क्षमता प्रदर्शन गरेका शर्मा नेपाली साहित्यको आख्यानविधा चयनमा थियो । कविता, एकाङ्की, कथा, बालकथा र अन्य विविध लेखमा रूचि राख्ने यिनका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।
पेशा तथा सेवा : संस्थान सेवा (साझा प्रकाशन) कलाकर्म; कृति÷सृजना : रिसाहा थर्कमान (बालकथा, सं, २०५३), अँध्यारासँग जुध्नेहरू (एकाङ्की सं., २०५७);हामी सबै एक हौँ ।
 निधन : हृदयघात रोगका कारण २०५४ साउन ३१ ।



Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag