निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

भवानी भिक्षु (भवानीप्रसाद गुप्ता) Bhawani Vikshu


विधा क्षेत्र : साहित्य÷पत्रकारिता

जन्म : १९६६ (१९७१ ?) जेठ २१; 

ज.स्थान : तौलिहवा, कपिलवस्तु जिल्ला; 

बुबा : इन्द्रप्रसाद गुप्ता; 

आमा : यशोदादेवी; 

शिक्षा : साहित्यकुल भूषण (हिन्दी), नेपाली, हिन्दी, उर्दू र अङ्ग्रेजी भाषाको अध्ययन; 

विवाह: पहिलो विवाह निरर्थक भएपछि २००५ मा दोश्रो विवाह चन्डा देवीसित सम्पन्न भयो तर २००९ मै उनको पनि निधन भयो; 

व्यक्तित्व : नेपाली साहित्य, प्रशासनिक सेवा र पत्रकारिताका सङ्गम भिक्षु वरिष्ठ आख्यानकार हुन् । १९९३ मा शारदा पत्रिकामा ‘आलोचक र आलोचना’ शीर्षकको लेख प्रकाशन गरेपछि नेपाली साहित्यमा उदाएका भिक्षु कविता, उपन्यास, कथा, एकाङ्की विधाका कुशल स्रष्टा साथै कुशल सम्पादकका रूपमा परिचित छन् । यिनको लेखन कलाकै प्रभावबाट शारदापत्रिकामा सम्पादकका रूपमा जागिरे जीवनमा प्रवेश गरेका यिनी पछि प्रचारविभागका निर्देशक, धरतीपत्रिकाको सम्पादक हुँदै अन्य पत्रिकाहरूको सम्पादन गर्ने कार्यमा संलग्न हुन् पुगे । 

प्रारम्भिक समयमा हिन्दी भाषाबाट साहित्य लेखनमा प्रवेश गरेका तथा मातृभाषा अवधी भए पनि नेपाली साहित्यमा अजर–अमर साधकका रूपमा परिचित बनेका यी स्रष्टा करीबसाढे चारदशक समय नेपाली साहित्यको साधनामा क्रियाशील थिए । यिनीद्वारा लिखित ‘आगत’ उपन्यासले २०३२ मा एकै पटक साझा पुरस्कार र मदन पुरस्कार जित्न सफल भएको थियो । यिनी आफू लेखनमा मात्र सक्रिय नरही नेराप्रप्रको सदस्य र आजीवन सदस्यसमेत भई साहित्यिक सेवा गरेका थिए । नेपाली पत्रकारिता र साहित्यिक  पत्रकारितामा पनि भिक्षुको महत्वपूर्ण देन रहेको छ । शारदा, धरती, बिहान आदि पत्रिकाको सम्पादकका रूपमा समेत काम गरेका यिनले लेखन, पत्रकारिता वा नेराप्रप्र चाहे जुनसुकै क्षेत्रमा काम गरेपनि हरेक क्षण नेपाली भाषा र नेपाली साहित्यकै उत्थानका निम्ति काम गरेका थिए । हिन्दी साहित्यको प्रभावबाट नेपाली साहित्यमा छायावादी रहस्यवादी कविताधाराको प्रवर्तन गरेका भिक्षु हिन्दी भाषामा लेखपढ गर्ने, बोलचालका लागि अवधी भाषा प्रयोग गर्ने गर्थे । यिनले कविता र कथा विधामा सफलता पाइसकेपछि उपन्यास विधामा प्रवेश गरेर सफल पनि भए । साहित्यिक जगतमा सफल भिक्षुको व्यक्तिगत जीवन भने सङ्घर्षपूर्ण रह्यो । व्यक्तिगत जीवन र साहित्यिक विषयलाई लिएर उपहास र कटु आलोचना सहनुपरेका भिक्षुले यिनै तिक्तता र आघातहरू सिर्जनामा उतारेका छन् । 

सेवा : सरकारी सेवा (निर्देशक— प्रचार विभाग (२००८–२०१३), सम्पादक— शारदा पत्रिका (१९९९–२००३), सम्पादक— धरती पत्रिका (२०१३), नेराप्रप्र— सदस्य (२०१४ र आ.सदस्य २०२७ देखि), २०१४–२०३७ सम्म तत्कालीन रोयल नेपाल एकेडेमीका सदस्य, अवकाशपछि आजीवन सदस्य; 

पहिलो रचना : आलोचक र आलोचना (शारदा, १९९३); 

कृति÷सृजना ः गुनकेशरी (कथा सं., २०१७), मैयाँ साहेब (कथा सं., २०१७), छायाँ (क.सं., २०१७), प्रकाश (क.सं., २०१५), परिष्कार क.सं., २०१७), सुभद्रा बज्यै (२०१९), आवर्त (कथा सं., २०२४), पर्दापछाडि (२०३०), आगत (उप., २०३२), पाइन नं. २ (उप., २०३४), अवान्तर (कथा सं., २०३४), सुन्तली (उप., २०४०), सम्पादन÷अनुवाद : धरती (पत्रिका, २०१३), ११ अङ्कसम्म, शारदा पत्रिका (२००८), बिहान पत्रिका (२०२३), सम्पर्क–समिति–परियोजना एक परिचय (२०२३); 

सम्मान÷पुरस्कार : मदन पु. (२०३२, आगतका लागि), साझा पु. (२०३२, आगतका लागि), त्रिभुवन प्रज्ञा पु. (२०३६); 

संलग्नता : नेपाल लेखक सङ्घका सदस्य; 

निधन : फोक्सोको क्यान्सरबाट, २०३८ वैशाख ४, काठमाडौँ; 

निधनपछि सम्मान : हुलाक टिकट प्रकाशन (२०५३) ।

श्रोत : उन्नयन, पूर्णाङ्क १० (भिक्षु विशेषाङ्क) भवानी भिक्षु : कृतित्व र व्यक्तित्व (२०६७)÷शोधपत्र




कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)