निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

डा.अञ्जनीकुमार शर्मा ढकाल Anjani Kumar Sharma Dhakal

 विधा÷क्षेत्र : चिकित्सा

जन्म : १९८९ जेठ २५; 

ज.स्थान ः हनूमानगर, सिरहा; 

बा ः भवविनोद उपाध्याय; 

आमा ः चित्रकुमारी; 

बाल्यकाल ः चार वर्षकै उमेरमा मातृस्नेहबाट वञ्चित भएर काकीको संरक्षणमा हुर्केएका; 

शिक्षा ः एसएलसी— (सन् १९४८, दरभङ्गा, भारत), एमबिबिएस— कलकत्ता विवि (सन् १९५५), एमएस— विहार वि.वि. (सन् १९५), एफआरसिएस (सन् १९६१, बेलायत), एफआइसिएस (१९७५), एफएसीएस (सन् १९९४, अमेरिका); 

विवाह: अन्नपूर्णा आचार्य (विमि २०१३ तिर); 

सन्तान ः २ छोरा, १ छोरी ।

व्यक्तित्व ः शर्मा क्यान्सर रोग विशेषज्ञ हुन् । आफ्ना पिता र काकाको सहयोगमा चिकित्सक बनेका यिनी यस क्षेत्रका चम्किला तारा हुन् । नेपालमा रेडियो थेरापी प्रविधिको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका शर्माले नेपालीले रोगको उपचार गर्न विदेश जानु नपरोस् भन्ने विचार राख्दथे । सन् १९६१ मा वीर अस्पतालबाट सेवा शुरु त्यहाँ सर्जरी डिपार्टमेन्ट स्थापना गरेको गरेका शर्माले त्रिवि शिक्षण अस्पतालमा लामो समयसम्म सेवा गरेका थिए । नेपाल मेडिकल एसोसियसन, अर्बुदरोग निवारण समाज आदि सङ्घसंस्थामा आबद्ध भई दिगो स्वास्थ्य सेवाको किकासका लागि खटेका यिनी अन्तर्राष्ट्रिय लायन्सक्लबका संस्थापक सभापति एवम् डिस्ट्रिक्ट गभर्नर भएका थिए भने ब्राजिलस्थित इन्छरनेशनल कलेज अफ सर्जनाका गर्भनर पनि भएका थिए । नेपालका सम्भवतः पहिलो सर्जन (शल्यचिकित्सक) र पहिलो क्यान्सर रोग विशेषज्ञ शर्मा समाजसेवी व्यक्तिका रूपमा समेत ख्याति कमाउन सफल भए । यिनले स्वास्थ्यका अतिरिक्त शिक्षाका क्षेत्रमा पनि योगदान दिएका छन् । सिराहा जिल्लामा शिक्षाको पहुँच विकासका निम्ति यिनले दुईवटा विद्यालयहरू स्थापना गरिएदिएका थिए । भक्तपुर क्यान्सर अस्पताल, नेपालमेडिकल कलेज जोरपाटीको स्थापना गर्ने श्रेय पनि यिनैलाई जान्छ । यिनले मेडिकल क्षेत्रका विद्यार्थीलाई प्रोत्साहन दिनका लागि सन् २००९ मा ‘अञ्जनीकुमार शर्मा स्वर्ण पदक’को स्थापना पनि गरेका थिए । पौडी र भम्रण मन पराउने उनी प्राध्यापक तथा लेखक व्यक्तिŒवसमेत हुन् । उनले स्वास्थ्यसँग सम्बन्धित दुई वटा पुस्तकहरू लेखेका थिए ।

सेवा ः चिकत्साः कोसीअञ्चल अस्पताल (विराटनगर), नेपाल मेडिकल कलेज, अन्नपूर्ण नर्सिङ्ग होम, वीर अस्पताल (सिनियर कन्सल्ट्यान्ट सर्जन, २०१८ पुस ८), प्राध्यापन— त्रिवि शिक्षण अस्पताल (१९८८ देखि), भक्तपुर क्यान्सर अस्पताल, सिरहामा एक मावि र एक निमावि स्थापना, धेरै अन्तराष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व; कृति÷सृजना ः एचष्लअष्उभिक इा क्गचनभचथ ँयच ल्गचकभक ९ज्ञढडद्द०, ऋबलअभच ऋजझयतजभचबउजथ ९ज्ञढडछ०; सम्मान÷पुरस्कार ः गोदबा तेस्रो, दोस्रा (२०५८), दीर्घ सेवा पदक, विज्ञान तथा प्रवधि, त्रिशक्तिपट्ट तेस्रो पुस्कार (२०४५), महेन्द्र विद्याभूषण प्रथम, अमेरिकाबाट एफआईसीउस अनसरिफेलो विभूषण, नेपाल मेडिकल एसोसिएनबाट सम्मानित (२०४६), दीर्घसेवा सम्मान ( सन् १९४५) आदि; संलग्नता ः संस्थापक÷अध्यक्ष– इन्टरनेसनल लायन्स क्लब, पूर्व अध्यक्ष— सिरहा समाज गूठी, केन्द्रीय अध्यक्ष— नेपाल क्यान्सर रिलीफ, नेपाल मेडिकल एसोसिएसन (ल्ःब्, ब्।म्। ज्ञढठद्ध(ठट), अन्तर्राष्ट्रिय लाइन्स क्लबका संस्थापक सभापति एवं डिस्ट्रिक्ट गर्भनर (१९७६–९०), उपाध्यक्ष÷अध्यक्ष— अर्बुदरोग निवारण समाज (१९८८–२०१४), इन्टरनेसनल कलेज अफ सर्जन (ब्राजिल)का गभर्नर (सन् १९९०); परलोक ः क्यान्सरबाट (ट्रान्जिसनल सेल कर्सिनोमा), २०७१ असोज २१;

स्रोत ः रत्नहरू राष्ट्रका (२०५७) पृ.१०५, रत्नहरू राष्ट्रका (२०६८), पृ.१०५÷कान्तिपुर कोसेली (२०६६÷४÷११)÷शताब्दीका चर्चित नेपालीहरू (२०६१), पृ. १०, प्र. सगरमाथा प्रतिष्ठान नेपाल÷ नेपाल हु इज हु (२०१२) ÷इन्टरनेट ÷नेजाल गजेट (२०१८ माघ ९) । 


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)