निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Kshetra Pratap Adhikari क्षेत्रप्रताप अधिकारी

विधा तथा क्षेत्र : कविता÷गीत÷समालोचना

जन्ममिति : १९९९ चैत १२ गते; 

जन्मस्थान : मिर्लुङ, तनहूँ; 

बुबा : गजकेशर; 

आमा : जनककुमारी ; 

शिक्षा : एमए (अर्थशास्त्र); 

विवाह :  शान्ता (विमि २०२३); 

सन्तान : २ छोरा ।

व्यक्तित्व : गीतकार क्षेत्रप्रताप बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व थिए । प्रकृतिवादी, राष्ट्रवादी कवि यिनका गीत तथा साहित्य लेखनमा मुख्यतः व्यङ्ग्यत्मकता र विद्रोहीताको भाव रहेको पाइन्छ । मौलिक गीत, कथा, उपन्यास, अनुसन्धानात्मक कृतिहरू, समालोचना साथै केही अनूदित कृतिहरूका साथमा नेपाली साहित्यमा देखापरेका यिनी कालजयी गीतकारका रूपमा स्थापित छन् । यिनका गीतहरूमा नारायणगोपाल, गोपाल योञ्जन, कुन्ती मोक्तान र रामकृष्ण ढकालजस्ता ख्यातिप्राप्त गायकहरूले स्वर भरेका छन् । गीतमात्र नभएर यिनका कविताहरू पनि उत्तिकै सान्दर्भिक छन् । यिनका कविताहरूलाई विद्यालय र क्याम्पसस्तरका पाठ्यक्रममा पनि समावेश गरिएको पाइन्छ । जीवनभर शिक्षा विकासँगै साहित्य विस्तारमा लागेका अधिकारी हुलाकको पियन, साझा बसको कन्डक्टर हुँदै साझा प्रकाशनको अध्यक्ष र पछि शिक्षा सहायक मन्त्रीसम्म भएका थिए । साझा प्रकाशनमारहँदा यिनले धेरैलाई लेखक बनाए भने थुप्रै लेखक छरिएर रहेका कृतिहरूलाई सङ्कलन र प्रकाशन गर्ने काम पनि गरेका थिए । पञ्चायती राजनीतिमा प्रवेश गरी रापंससमेत भएका यिनलाई मल्लिक आयोगले यिनको लोकप्रियतामाथि धब्बा लगाउने काम गरेको थिो । चाहे यिनीमाथि जुनसुकै कसुर लगाए पनि यिनी नेपाली साहित्यमा कहिल्यै अनस्ताउने तारा बनेका छन् । साझा प्रकाशनमा रहँदा गरिमा साहित्यिक पत्रिकाको स्थापना गरेर साहित्यकारहरूका रचनालाई प्रकाशन गर्ने व्यवस्था मिलाएका यिनी कलेज अफ म्यानेजमेन्टको संस्थापक र सञ्चालक पनि थिए । जापानी भाषामा राम्रो दखल भएका यिनले थुप्रै कृतिहरूको जापानी भाषाबाट नेपाली भाषामा अनुवादसमेत गरेका थिए । 

पेशा तथा सेवा  सरकारी सेवा— २०२१ मा साझा यातायात हुँदै २०२२ मा साझा प्रकाशन प्रवेश र महाप्रबन्धक, प्रमुख कार्याधिकृत, साझा केन्द्रीय कार्यालयमा सदस्य— सचिव, २०४३ मा तनहूँबाट रापस निर्वाचित, शिक्षा सहायक मन्त्री (२०४३ असार २ देखि २०४६ चैत २४ सम्म), गरिमा साहित्यिक पत्रिकाको संस्थापनका, कलेज अफ म्यानेजमेन्टको स्थापना र सञ्चालन; 

पहिलो रचना : २०१६ मा ‘जानुभयो कवि नेपालीलाई टुहुरो पारेर’ गीत प्रकाशित; 

कृति÷सृजना : रहर लागेर (२०३४), गामबेसीको गीत (२०३४), पहाड देखि पहाडसम्म (२०४५), म त लालीगुराँस भएछु (४२), नफुलेका फूलहरू ( कवितासङ्ग्रह, २०५३), फेरि एउटा परिवर्तन (२०५५), अकविता (२०५८), युद्धका छायाहरू (कविता, २०६२), हाइकु र हाइजीन (हाइकु, २०६४), जापनी साहित्यको रूपरेखा; 

सम्पादन तथा अनुवाद : जापानी नवरत्न (कविता सङ्ग्रह सन् १९९२), सानोबाबु (उपन्यास), आकाशगङ्गा यात्रा (कविता सङ्ग्रह), भीरमुखा (कथा सङ्ग्रह.), अपूर्व ग्रहका कथा (बाल कथा सङ्ग्रह), बर्खान्त, हिमदेश (उपन्यास, अनु., सन् १९७२), हिम जुन फुल (कविता सङ्ग्रह.), जापानी साहित्यको इतिहास (२०५५), तर देश हारिरहेछ (गीत, २०५७), केञ्जीका कविता; 

सम्मान÷पुरस्कार : प्रज्ञा पु., छिन्नलता गीत पु. (२०५३), साझा पु. (२०५३); 

संलग्नता ः कार्यकारी अध्यक्ष— नेपाल कलेज अप म्यानेजमेन्ट; 

निधन : हृदयघात रोगका कारण, २०७० चैत ३०, गङ्गालाल हस्पिटल; 


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)