निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

पारिजात (विष्णुकुमारी वाइवा, सत्यभामा, काँडा, प्रियंवदा, छेकुडोल्मा) Parijat

 विधा क्षेत्र  साहित्य

जन्म  :१९९० फागुन ३०; 

ज.स्थान : लिङ्गिया, चियाकमान, दार्जिलिङ; 

बुबा : डा.केएस (कालुसिंह) वाइवा; 

आमा : अमृता मोक्तान; 

शिक्षा : एसएलसी— पद्मकन्या विधाश्रम, डिल्लीबजार (२०१२), आइए— पद्मकन्या विद्याश्रम (२०१४), बीए— पद्मकन्या विद्याश्रम (२०१६), एमए— त्रिविवि, कीर्तिपुर (अध्ययन); 

व्यक्तित्व : किशोरवय टेक्तानटेक्तै च्जभगmबतयष्म ब्चतजचष्तचक को शिकार भएको पारिजातको शरीर निष्क्रिय भए पनि उनले आजीवन सक्रिय जीवन बिताइन् । दुःख र कष्टका साथ पारिवारिक झमेलाबाट अघि बढ्दै गरेकी पारिजात कक्षा चारमा अध्ययन गर्दागर्दै साहित्यमा आकर्षित भएकी थिइन् । त्यसताका उनको गाउँबाट निस्कने पत्रिकामा पहिलो कविता छपाउन दिँदा छन्द बिहिन भएकाले नछापिएपछि पारिजात उदास बन्दै छन्द विद्या सिक्न क्रियाशिल रहिन् । बहुमुखी प्रतिभाकी धनी पारिजात अन्तर्मुखी स्वभावकी थिइन् । यिनको परिवार दाजुको निधनपछि भारतबाट नेपाल छिरेकी थिइन् । नेपालमा आएपछि गोपालप्रसाद रिमालसँग भेट भई उनैको प्रेरणाले पारिजातलाई हौसला मिल्यो । फलस्वरूप उनलाई नेपाली साहित्यमा अघि बढने आधार भूमि तयार भयो ।

राजनीति, साहित्य र मानव अधिकार संरक्षणमा सधैँ सक्रिय पारिजातले यी तीनै क्षेत्रमा आफूलाई शिखर व्यक्तित्व स्थापित गरिन् । २०१४ मा ‘रोदीघर’ बाट साहित्यको  क्षेत्रमा प्रवेश गरेकी पारिजात ‘राल्फा’ आन्दोलनकी केन्द्रबिन्दु हुन् । २०३० देखि प्रगतिवादी साहित्य सिर्जनामा आकृष्ट पारिजातको नारी मुक्ति आन्दोलनमा सशक्त भूमिका रह्यो । उनको उच्च प्राज्ञिक व्यक्तित्वले उनलाई त्रिवि सभासम्म पु¥यायो । 

वि.सं.२०२३ को राल्फा आन्दोलनबाट साहित्यिक र राजनीतिक आन्दोलनमा होमिएकी यिनी कम्युनिस्ट राजनीतिमा आबद्ध थिइन् । २०३१ मा नेकपा चौमको सदस्यता लिएर महिला मुक्तिका निम्ति सङ्घर्षशील भइन् । यिनी अखिल नेपाल महिलासङ्घको अध्यक्ष नै बनिन् र भूमिगत राजनीतिमा लागिन् । २०३६ को आन्दोलनमा यिनी सक्रिय थिइन् । त्यतिबेलै यिनले प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाका लागि विशेष पहल गरेकी थिइन् । राजनीतिक यात्राकै क्रममा यिनले गीत सङ्गीतका क्षेत्रमा पनि झुकाव राखेकी थिइन् । नेपाल र भारतका विभिन्न स्थानमा भ्रमण गरी साङ्गीतिक यात्रा तय गरेकी यिनी इन्द्रेणी सांस्कृतिक समाजको मानार्थ अध्यक्ष भएकी थिइन् । २०४६ को आन्दोलनमा पनि यिनी सक्रियताका साथ लागेकी थिइन् । त्यस आन्दोलनमा कवि–कलाकारले गरेको विरोध प्रदर्शनमा यिनी अग्रपङ्क्तिमा खडा भएकी थिइन् । प्रजातन्त्रको पुनर्बहालीपछि नेराप्रप्रलाई प्रजातान्त्रीकरण गरिनुपर्छ भन्ने माग राखी सङ्घर्षमा उत्रेकी यिनी उक्त आन्दोलनमा ‘प्राज्ञिक सङ्घर्ष समिति’ को संयोजक भइन् । उनी नेपाल मानव अधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष, त्रिवि सभाको सदस्य लायत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आबद्ध थिइन् । केही समय यिनले शिक्षण पेशामा आबद्ध भई शैक्षिक सेवा गरेकी थिइन् ।

उनको चर्चित उपन्यास ‘शिरीषको फूल’ ले मदनपुरस्कार मात्र पाएन, उच्च शिक्षाका पाठ्यक्रममा समेत समावेश भयो भने यसको अङ्ग्रेजी अनुवाद ुद्यगिभ ःष्mयकबु ःभचथबिलम ग्लष्खभचकष्तथ ९ग्क्ब्० को पाठ्यक्रममा समावेशसमेत भएको छ । उपन्यास, कथा र कवितामा समान रूपले कलम चलाउने पारिजात नेपाली साहित्यका एक उज्जवल नक्षत्र हुन् । यिनका सम्पूर्ण कृतिहरूलाई शृङ्खलावद्ध रूपमा निर्माण प्रकाशन, सिक्किमले प्रकाशन गरिसकेको छ । कथा, उपन्यास, निबन्ध, संस्मरण र नाटक गरेर २२ वटा कृतिका स्रष्टा पारिजातको उपन्यास ‘शिरीषको फूल’ चर्चाको दृष्टिले शिखरमा रहे तापनि पारिजातले भने ‘अनिँदो पहाड’ र ‘पर्खाल भित्र र बाहिर’ उपन्यासको प्रशंसागर्दै यिनलाई राम्रो र जीवनपयोगी भनेकी छिन् । पारिजातको लेखनी स्वच्छन्दतावाद, अस्तित्ववाद, विसङ्गतिवाद र राल्फा हुँदै प्रगतिवादमा पुगेर उद्देश्यपूर्ण लेखनको शिखरमा पुगेको थियो । बम पन्थी आन्दोलनमा सक्रियतापूर्वक आफ्ना भूमिका निर्वाह गरेकी यिनको विभिन्न साहित्यिक आन्दोलनमा समेत सक्रियता थियो । अभिनय कलामा समेत निपूण रहेकी यिनले समकालीन लेखकका नाटकमा अभिनयसमेत गरेकी थिइन् । 

सेवा : केही समय मदनमेमोरियल हाइस्कूल शिक्षिका, नेकपा (चौम) को सदस्यता २०३१, २०३६ र २०४६ का जनआन्दोलनमा सक्रिय सहभागी, अखिल नेपाल महिला सङ्घको अध्यक्ष, रोदीघर (२०१४), राल्फा (२०२३), प्रगतिशील लेखक कलाकार सङ्घ, इन्द्रेणी सांस्कृतिक समाजको मानार्थ अध्यक्ष (२०३६), वेदना सांस्कृतिक परिवार, नेपाल मानव अधिकार सङ्गठन (२०४५), संस्थापक उपाध्यक्ष, अखिल नेपाल महिलामञ्च (२०४६), प्राज्ञिक सङ्घर्ष समिति, संयोजक (२०४७), बन्दी सहायता नियोग (२०४८), संस्थापक अध्यक्ष त्रिवि सभा सदस्य (२०४८),इन्टरनेसनल फेमिनिस्ट एसोसिएसन आउट–राइट सोसाइटी, सोसाइटी फर वुमन जोग्राफर, एम्नेस्टी इन्टरनेसनल आदिमा सम्बद्ध; 

पहिलो रचना : त्यो को हो ? (कविता, धरती पत्रिका (२०१३); 

कृति÷सृजना : क.सं.हरू ः आकाङ्क्षा (२०१४), पारिजातका कविताहरू (२०४४), बैँसालु वर्तमान (२०५०), उपन्यासहरू ः शिरीषको फूल (२०२२), महत्ताहीन (२०२५), बैँसको मान्छे (२०२९), तोरीबारी बाटा र सपनाहरू (२०३३), पर्खालभित्र र पर्खालबाहिर (२०३४), अन्तर्मुखी (२०३४), उसले रोजेको बाटो (२०३५), अनिदो पहाडसँगै (२०३९), एउटा चित्रात्मक शुरुआत (२०४५), परिभाषित आँखाहरू (२०४६), बोनी (२०४८), कथा.सं हरू ः आदिम देश (२०२५), सडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३), धूपी, सल्ला र लालीगुँरासको फेदमा (आत्मकथा, २०४८), वधशाला आउँदा जाँदा (२०४९), आधी आकाश (नि.सं., २०४८), घुएँत्रो (नाटक), अध्ययन र सङ्घर्ष (आत्मकथा सं., २०५१), एक जोडी अन्तराल (२०५६), पारिजातका फुटकर लेखहरू (२०५४), अन्तरवार्ता (२०५४); 

सम्मान÷पुरस्कार : मदन पु. (२०२२), सर्वश्रेष्ठ पाण्डुलिपि पु. (२०४९), गङ्की वसुन्धरा पु. (२०४९), नेरा.प्र.प्र. को विद्धद्वृत्ति (२०३२), साहित्य कुञ्ज त्रिविबाट अभिनन्दन (२०४८), जनमत सम्मान (२०४६), तामाङ घेदुङ सम्मान (२०४९) आदि थुप्रै सम्मानहरू प्राप्त, युगज्ञान लेखक पु. (२०२७), त्रि.वि. सभासद सदस्यको उपाधि; संलग्नता ः उपाध्यक्ष— नेपाल मानवअधिकार सङ्गठन; 

निधन : क्षयरोग, २०५० वैशाख ५ वीर अस्पताल, काठमाडौँ (पार्किन्सन÷हाड जोर्नी रोग); 

निधनपछि सम्मान : पारिजात स्मृति प्रतिष्ठानको स्थापना, हुलाक टिकट प्रकाशन (२०५२), शालिक अनावरण– पारिजात स्मृति केन्द्रद्वारा (२०५१), उनकै नामबाट विभिन्न पुरस्कार स्थापना भएको ।

श्रोत : पारिजात स्मृति ग्रन्थ (२०५१) सक्षमताका चिनारी : महिला २०६७, पृ.१३५ 


कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)