निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Basudev Tripathi समालोचक प्रा.डा. वासुदेव त्रिपाठी

विधा तथा क्षेत्र : साहित्य

जन्म : १९९९ चैत १३; 

ज.स्थान : भानुनगर, भन्सार, तनहूँ; 

बुबा : प्रेमदत्त; 

आमा : गोमादेवी; 

बसोबास (हालको ठेगाना) : जनसहयोगमार्ग, नयाँबानेश्वर, काठमाडौँ; 

फोन : ४४७०७५३; 

शिक्षा : स्नातकोत्तर (नेपाली, २०२१), विद्यावारिधि (नेपाली)–त्रिवि (२०३१), आचार्य (संस्कृत ः नव्य व्याकरण)–त्रिवि (२०२१); 

विवाह: गीता त्रिपाठी; 

सन्तान : २ छोरी, १ छोरा ।

व्यक्तित्व : त्रिपाठी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो विद्धान् हुन् । लामो समयसम्म प्राध्यापन पेशामा संलग्न उनी वरिष्ठ साहित्यकार हुन् । विभिन्न साहित्यिक विधामा कलम चलाएका त्रिपाठीको कलम समा. र भाषा विज्ञानको क्षेत्रमा मजबुत रहेको छ । 

सेवा : प्राध्यापन– (डिन, मासासं,त्रिवि, कीर्तिपुर काठमाडौँ, प्रमुख, नेपाली केन्द्रीय विभाग), नेराप्रप्र (उपकुलपति, २०६१), ; 

पहिलो रचना  यो दुनियाँ तिम्रै हो (कविता, हिमाल, २०१७); 

कृति÷सृजना : नेपाली कविताको सिंहावलोकन (२०२७), विचरण (नेपाली पद्य–ना. समा., २०२८÷२०२४), पाश्चात्य समा.को सैद्धान्तिक परम्परा (२०३३÷२०३०), साहित्यकार पहलमानसिंह स्वारको पुनर्मूल्याङ्कन (२०३३), लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन (२०३९÷२०३४), , तीन थुँगा (काव्यसं, २०४५), साहित्यकार झपटबहादुर राणाको जी.को एक झलक (२०४५), निम्न माध्यमिक नेपाली व्याकरण र रचना (सहलेखन, २०४५÷२०४८), नेपाली साहित्य श्रृङ्खला (भाग १ र २, २०५२), तीर्थमञ्जरी (सहसम्पा., २०५८), जुनतारा (समीक्षात्मक सम्पा., २०६३), पिँजराको सुगा (समीक्षात्मक सम्पा., २०६५),हिन्दु राष्ट्र नेपालको सनातन सान्दर्भिकता (२०६५), साहित्यकार प्रा. दैवज्ञराज न्यौपाने ः जी., कृतित्व र अभिनन्दन (सहलेखन, २०६६), साहित्य सिद्धान्त, शोध तथा सिर्जना विधि (२०६६), , सम्पा.– हिमाली साहित्य (सहसम्पा., २०२०), मैना महाकवि देवकोटाको काव्यसं. २०३९, संयुक्त सम्पा.), नेपाली बृहत् शब्दकोश (विशेष सम्पादक,२०४०), लेखनाथ पौड्याल उनका प्रतिनिधि कविता (क.सं., २०४२), नेपाली कविता (भाग २ र ४–२०४६–२०४८), गरिमा, जयतु संस्कृतम्, रचना, वाङ्मय (अ.वा.), सिंहनाद आदि, जीवन रोज्नुहोस् (अनु, २०५२÷५१), कागजको डुङ्गा (समीक्षात्मक सम्पा., २०५८), सन्तको छाला (समीक्षात्मक सम्पा., २०५८), सम्झनाकुञ्ज (२०६७÷२०६३),जी.कुञ्ज (२०६७), सृजनाकुञ्ज (२०६७), रचनताकुञ्ज (भाग १, २०६८), (भाग २, २०६९), मधुकुञ्ज (२०७०), देशको महिमा (२०४६), नवपल्लव (२०४६), सम्पादन.–आदि; 

सम्मान÷पुरस्कार : कविता (स्वर्णपदक, २०१८), महेन्द्र विद्याभूषण (२०२२, २०२४, २०३४), लारी स्वर्ण पदक (२०२४), नेराप्रप्र कविता महोत्सवमा तेस्रा र दोस्रा (२०२४, २०२५), रत्नश्री पुरस्कार (२०२५), गुणराज व्याख्यान पुरस्कार (२०३०), गोदबा चौथा (२०३२), मदन पुरस्कार (२०३४), गोदबा तेस्रो (२०३७), झपट पुरस्कार (२०४१), भारती खरेल व्याख्यान पुरस्कार (२०५१), उदयानन्द पुरस्कार (२०५४), भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार (२०५७), राष्ट्रकवि माधव घिमिरे पुरस्कार (२०६०) आदि, छिन्नलता सम्मान (२०५३), दीपरत्न साहित्य सम्मान (२०५४), शान्तिदूत सम्मान (२०६३), विभिन्न सङ्घ–संस्थाहरूबाट अभिनन्दन; 

संलग्नता  मदन पुरस्कार गुठी, कुलचन्द्र स्मृति प्रतिष्ठान, भीमसेन थापा स्मारक प्रतिष्ठान, महाकवि देवकोटा वृत्तचित्र निर्माण आदिका सदस्य तथा दीपशमशेर राणा स्मृति गुठी, छिन्नलता गीत पुरस्कार गुठी साझा प्रकाशन (२०३४–२०४६,, २०५०–५४), शाही उच्चशिक्षा आयोग (२०३८–२०३९) आदिका अध्यक्ष, उनी प्रेमदत्तगोमा त्रिपाठी स्मृति प्रतिष्ठानका संस्थापक तथा संरक्षक गण्डकी सामाजिक गुठी काठमाडौँका अध्यक्ष;

स्रोत : प्रज्ञा पू.१०९ पृ.१९, नेराप्रप्र जीब पृ.३४, गण्डकी सामाजिक गुठी स्मा पृ.७७, सिर्जना र दृष्टिकोण पृ.५०९,अनौठो यात्रा पृ.२४२, अभिव्यक्ति १६८ पृ.४७,

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)