निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Gopal Prasad Rimal गोपालप्रसाद रिमाल

विधा तथा क्षेत्र : भाषा साहित्य शिक्षासेवा

जन्ममिति : १९७५ जेठ १९ गते (कृष्ण सप्तमी); 

ज.स्थान : लगनटोल, काठमाडौँ; 

बुबा : उमाकान्त; 

आमा : आदित्यकुमारी; 

शिक्षा : एसएलसी (दरबार हाइस्कूल, बोर्ड फस्र्ट, १९९२), आईए (त्रिचन्द्र कलेज, १९९४); 

विवाह : २ श्रीमती — मोहनकुमारी भण्डारी (विवाह मिति १९९०, मृत्यु २०००), निर्मलकुमारी (विवाह, २००१) दिदीबहिनी; 

सन्तान : ४ छोरा ।

व्यक्तित्व :अङ्ग्रेजी नाटककार इब्सेनको नाट्यशैलीबाट प्रभावित प्रसिद्ध कवि एवम् नाटककार रिमाललाई नेपाली साहित्यमा गद्यकविता भित्र्याउने  श्रेय जान्छ । नेपाली नाटकमा सामाजिक यथार्थवादी प्रवृत्ति भित्र्याउने  अग्रज नाटककार रिमाल रोमान्टिक प्रगतिवादी कविका रूपमा चिनिन्छन् । ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता गीत सृजना गर्ने यिनका कविता र गीतमा जनक्रान्ति र वर्गाीय समानताको स्वर उर्लिएको पाइन्छ । 

पहिले सरकारी सेवामा संलग्न भए पनि १९९७ को शहीद काण्डबाट ज्यादै विचलित रिमाल २००३ मा समाज सुधारका कविता लेखेपछि जेल परेका थिए भने २००७ को क्रान्तिमा पुनः जेल परेका थिए । भाषानुवाद परिषद्मा केही वर्ष जागिर गरेका यिनले नेपली भाषा र साहित्योत्थानका निम्ति यथेष्ट योगदान गरेका थिए । नेपाली नाटक साहित्यको उत्थानका निम्ति यिनले गौरीशङ्कर नाट्यसमुदायको स्थापना गरी त्यसको प्रबन्धकको जिम्मेवारी आफैँले वहन गरेका थिए । त्यस्तै नेपालको शैक्षिक उन्नयनका निम्ति पनि लागेका यिनी जुद्धोदय पब्लिक हाइस्कूलका संस्थापकमध्ये एक थिए । पत्नीवियोगबाट संवेदनामा डुबी २००१ तिर रिमालले ‘यो प्रेम’ नाटक तथा नर्वेली नाटककार हेनरी इब्सनको ‘पुतलीको घर (म्यििुक जयगकभ) बाट प्रेरित भई २००३ मा मसान नाटक लेखेका थिए भनिन्छ । यिनी २००२ मा ‘शारदा’ को सम्पादक बनेका थिए । यिनीद्वारा लिखित ‘आमाको सपना’ कवितासङ्ग्रहले २०१९ को मदन पुरस्कार जितेको थियो । २०२१ तिर सम्म कविता लेखनमा सक्रिय रिमालको अन्तिम कविता ‘एउटा टिपोट’ हो । नेपाली राजनीतिमा राणाबाट विक्षुब्ध बनेका यिनले आफ्नै नेतृत्वमा नेपाल प्रज्ञा पञ्चायत पार्टी गठन गरे । नेपाली प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टी एकीकरण भई नेपाली काङ्ग्रेस पार्टीको जन्म भयो तर यिनको पार्टी नत एकीकरण हुन सक्यो नत यी नै काङ्ग्रेसमा प्रवेश गरे । उनी एक्ला बनेर सङ्घर्ष गर्दै जाँदा जेलमा परेपछि उनको मानसिक अवस्थामा समेत विचलन देखा परेको थियो । 

स्वतन्त्रताप्रेमी र भावुक स्वभावका रिमालले अभिवादन गर्दा ‘जय नेपाल’ शब्द प्रयोगमा ल्याएका थिए । यस शब्दलाई पछि समाजविरोधी र राष्ट्रघातीले प्रयोग गर्न थालेपछि यिनी नाङ्गो खुकुरी लिएर सडकमा समेत हिँडेका थिए । राजनीतिक र साहित्यलाई दोभान बनाएका रिमाल अधिनायकवादका विरुद्ध लडी नै रहे । पद, प्रतिष्ठा र पारिवारिक सुखलाई तिलाञ्जली दिँदै उनी राष्ट्रसेवामा लाग्दै शाषक, सामन्द विरुद्ध कलम चलाउन छोडेनन् । सरकारले यिनी भित्रको क्षमता बुझ्न नसक्दा पागलको संज्ञा दिएको थियो । साथीले यिनलाई झुक्याएर राँचीमा उपचार गर्न पु¥याए । यिनको उपचार भारत सरकारको सहयोगमा भएको थियो । उपचारपछि सडकमा गएर विनन्डा नमच्चाओस् भनी डा.ले उनको घुडाको हड्डी फुकालिदिएका थिए । सरकारले यिनलाई जेलभित्र बस्दा खानामा मिसाएर विष सेवनसमेत गरायो त कहिले घुडाको हड्डी नै फुकाली शारीरिक र मानसिक यातना दियो । यति हुँदाहुँदै पनि यिनले नेपाली साहित्य र राजनैतिक विचारमा कुनै कमी आउन दिएनन् । 

पेशा तथा सेवा : अध्यापन ॥ सरकारी सेवा (१९९५ मा जुद्धोद्धय हाइस्कूल काठमाडौँ क्षेत्रपाटी, १९९७ मा माल अड्डा, अमिनीको लप्टन (बर्दिया, १९९७), भाषानुवाद परिषद् (२०००–२००२), फागुन २००३ मा पक्राउ, एक वर्ष कारावास तर ३ महिनापछि रिहा, २००५ मा ‘नेपाल प्रजपञ्चाय, गठन र नेतृत्व, २००७ मा जेल, संस्थापक— जुद्धोद्धय पब्लिक हाइस्कूल (१९९५), प्रबन्धक— गौरीशङ्कर नाट्य समुदाय; 

पहिलो रचना  ‘प्रति’ कविता, (शारदा, १९९२); 

कृति तथा सृजना : मसान (नाटक, २००३), यो प्रेम (नाटक, २०१५), आमाको सपना (क.सं., २०१९), माया (एकाङ्की, २०१०), नेपाली संस्कृति (एकाङ्की) सम्पादन ः शारदा (मासिक, २००२), दर्पण (मासिक), ३७ वटा कविता र ४ वटा नाटक; 

सम्मान तथा पुरस्कार : मदन पु. (आमाको सपना, कवितासङ्ग्रहका लागि, २०१९), त्रिभुवन प्रज्ञा पुरस्कार– २०३०, रु ४०००÷– मासिक सहयोग आजीवन श्री ५ का सरकार; 

संलग्नता : जालो लेखक सङ्घ; 

निधन : उच्च रक्तचाप र कमलपित्त, २०३० कात्तिक ८, पचलीघाट; निधनपश्चात सम्मान : ‘गोपालप्रसाद रिमाल सम्मान’ नामक संस्थाको स्थापना, हुलाक टिकट प्रकाशन (२०५६ मङ्सिर, ४) ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)