निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Gopal Prasad Rimal गोपालप्रसाद रिमाल

विधा तथा क्षेत्र : भाषा साहित्य शिक्षासेवा

जन्ममिति : १९७५ जेठ १९ गते (कृष्ण सप्तमी); 

ज.स्थान : लगनटोल, काठमाडौँ; 

बुबा : उमाकान्त; 

आमा : आदित्यकुमारी; 

शिक्षा : एसएलसी (दरबार हाइस्कूल, बोर्ड फस्र्ट, १९९२), आईए (त्रिचन्द्र कलेज, १९९४); 

विवाह : २ श्रीमती — मोहनकुमारी भण्डारी (विवाह मिति १९९०, मृत्यु २०००), निर्मलकुमारी (विवाह, २००१) दिदीबहिनी; 

सन्तान : ४ छोरा ।

व्यक्तित्व :अङ्ग्रेजी नाटककार इब्सेनको नाट्यशैलीबाट प्रभावित प्रसिद्ध कवि एवम् नाटककार रिमाललाई नेपाली साहित्यमा गद्यकविता भित्र्याउने  श्रेय जान्छ । नेपाली नाटकमा सामाजिक यथार्थवादी प्रवृत्ति भित्र्याउने  अग्रज नाटककार रिमाल रोमान्टिक प्रगतिवादी कविका रूपमा चिनिन्छन् । ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता गीत सृजना गर्ने यिनका कविता र गीतमा जनक्रान्ति र वर्गाीय समानताको स्वर उर्लिएको पाइन्छ । 

पहिले सरकारी सेवामा संलग्न भए पनि १९९७ को शहीद काण्डबाट ज्यादै विचलित रिमाल २००३ मा समाज सुधारका कविता लेखेपछि जेल परेका थिए भने २००७ को क्रान्तिमा पुनः जेल परेका थिए । भाषानुवाद परिषद्मा केही वर्ष जागिर गरेका यिनले नेपली भाषा र साहित्योत्थानका निम्ति यथेष्ट योगदान गरेका थिए । नेपाली नाटक साहित्यको उत्थानका निम्ति यिनले गौरीशङ्कर नाट्यसमुदायको स्थापना गरी त्यसको प्रबन्धकको जिम्मेवारी आफैँले वहन गरेका थिए । त्यस्तै नेपालको शैक्षिक उन्नयनका निम्ति पनि लागेका यिनी जुद्धोदय पब्लिक हाइस्कूलका संस्थापकमध्ये एक थिए । पत्नीवियोगबाट संवेदनामा डुबी २००१ तिर रिमालले ‘यो प्रेम’ नाटक तथा नर्वेली नाटककार हेनरी इब्सनको ‘पुतलीको घर (म्यििुक जयगकभ) बाट प्रेरित भई २००३ मा मसान नाटक लेखेका थिए भनिन्छ । यिनी २००२ मा ‘शारदा’ को सम्पादक बनेका थिए । यिनीद्वारा लिखित ‘आमाको सपना’ कवितासङ्ग्रहले २०१९ को मदन पुरस्कार जितेको थियो । २०२१ तिर सम्म कविता लेखनमा सक्रिय रिमालको अन्तिम कविता ‘एउटा टिपोट’ हो । नेपाली राजनीतिमा राणाबाट विक्षुब्ध बनेका यिनले आफ्नै नेतृत्वमा नेपाल प्रज्ञा पञ्चायत पार्टी गठन गरे । नेपाली प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टी एकीकरण भई नेपाली काङ्ग्रेस पार्टीको जन्म भयो तर यिनको पार्टी नत एकीकरण हुन सक्यो नत यी नै काङ्ग्रेसमा प्रवेश गरे । उनी एक्ला बनेर सङ्घर्ष गर्दै जाँदा जेलमा परेपछि उनको मानसिक अवस्थामा समेत विचलन देखा परेको थियो । 

स्वतन्त्रताप्रेमी र भावुक स्वभावका रिमालले अभिवादन गर्दा ‘जय नेपाल’ शब्द प्रयोगमा ल्याएका थिए । यस शब्दलाई पछि समाजविरोधी र राष्ट्रघातीले प्रयोग गर्न थालेपछि यिनी नाङ्गो खुकुरी लिएर सडकमा समेत हिँडेका थिए । राजनीतिक र साहित्यलाई दोभान बनाएका रिमाल अधिनायकवादका विरुद्ध लडी नै रहे । पद, प्रतिष्ठा र पारिवारिक सुखलाई तिलाञ्जली दिँदै उनी राष्ट्रसेवामा लाग्दै शाषक, सामन्द विरुद्ध कलम चलाउन छोडेनन् । सरकारले यिनी भित्रको क्षमता बुझ्न नसक्दा पागलको संज्ञा दिएको थियो । साथीले यिनलाई झुक्याएर राँचीमा उपचार गर्न पु¥याए । यिनको उपचार भारत सरकारको सहयोगमा भएको थियो । उपचारपछि सडकमा गएर विनन्डा नमच्चाओस् भनी डा.ले उनको घुडाको हड्डी फुकालिदिएका थिए । सरकारले यिनलाई जेलभित्र बस्दा खानामा मिसाएर विष सेवनसमेत गरायो त कहिले घुडाको हड्डी नै फुकाली शारीरिक र मानसिक यातना दियो । यति हुँदाहुँदै पनि यिनले नेपाली साहित्य र राजनैतिक विचारमा कुनै कमी आउन दिएनन् । 

पेशा तथा सेवा : अध्यापन ॥ सरकारी सेवा (१९९५ मा जुद्धोद्धय हाइस्कूल काठमाडौँ क्षेत्रपाटी, १९९७ मा माल अड्डा, अमिनीको लप्टन (बर्दिया, १९९७), भाषानुवाद परिषद् (२०००–२००२), फागुन २००३ मा पक्राउ, एक वर्ष कारावास तर ३ महिनापछि रिहा, २००५ मा ‘नेपाल प्रजपञ्चाय, गठन र नेतृत्व, २००७ मा जेल, संस्थापक— जुद्धोद्धय पब्लिक हाइस्कूल (१९९५), प्रबन्धक— गौरीशङ्कर नाट्य समुदाय; 

पहिलो रचना  ‘प्रति’ कविता, (शारदा, १९९२); 

कृति तथा सृजना : मसान (नाटक, २००३), यो प्रेम (नाटक, २०१५), आमाको सपना (क.सं., २०१९), माया (एकाङ्की, २०१०), नेपाली संस्कृति (एकाङ्की) सम्पादन ः शारदा (मासिक, २००२), दर्पण (मासिक), ३७ वटा कविता र ४ वटा नाटक; 

सम्मान तथा पुरस्कार : मदन पु. (आमाको सपना, कवितासङ्ग्रहका लागि, २०१९), त्रिभुवन प्रज्ञा पुरस्कार– २०३०, रु ४०००÷– मासिक सहयोग आजीवन श्री ५ का सरकार; 

संलग्नता : जालो लेखक सङ्घ; 

निधन : उच्च रक्तचाप र कमलपित्त, २०३० कात्तिक ८, पचलीघाट; निधनपश्चात सम्मान : ‘गोपालप्रसाद रिमाल सम्मान’ नामक संस्थाको स्थापना, हुलाक टिकट प्रकाशन (२०५६ मङ्सिर, ४) ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag