निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

कवि शिरोमणि लेखनाथ पौड्याल Lekhnath Paudel Kabi Siromani Lekhnath Paudel

 विधा क्षेत्र : साहित्य (छन्दकवि) दरबारी सेवा

जन्म : १९४१ पुस २६ (कतै १५ गते भनिएको ?) ; 

ज.स्थान : अर्घों अर्चले, कास्की; 

बुबा : पं.दुर्गादत्त; 

आमा : वसुन्धरादेवी; 

शिक्षा : संस्कृत मध्यमा (बनारस); 

विवाह : २ विवाह (जेठी श्रीमतीको निधनपछि १९७३ मा सत्यवतीसँग); 

सन्तान : २ छोरी, १ छोरा ।

व्यक्तित्व : आधुनिक नेपाली कविताका प्रवर्तकले लेखनाथ पौड्याल नेपाली सहित्यका विशिष्ट प्रतिमा, आध्यात्मिक मानवतावादी कविका रूपमा चिनिएका पौडेल नेपाली साहित्यमा शुरुमा केही शृङ्गारिक कविता रचना गरे पनि पछि परिष्कारवादी धारा आरम्भ गर्ने स्रष्टा पनि हुन् । हलन्त वहिष्कार अभियानमा लागेका मध्येका एक यिनी बनारसको पढाइ सकेर काठमाडौँ भित्रिएपछि भीमशमेरका नातिनातिनालाई पढाउने गुरु बनेका थिए । यिनै कृति पढ्दा आएको ओज र तेजकै कारण भीमशमशेरले हजुरियासमेत बनाएका थिए । १९६१ मा धर्मपत्नी स्वर्गवास भएपछि विरह र वेदनाले छटपटिएर जोगी बन्न स्वर्गद्वारी पुगेका पौडेलले स्वर्गद्वारी महाप्रभुबाट आधात्मिक ज्ञान प्राप्त गरेपछि पुनः साहित्य सिर्जना मै तल्लीन गृहस्थी जीवन मै फर्किएका थिए । यिनले कविताका अलावा होरामचन्द्र कति जन्म बिताई पैले, हट्यो । सारा हिंलो मैलो लगायत गीतका रचनाकारसमेत हुन्  । यिनले व्यक्तिगत रूपमा मात्र नभएर संस्थागत रूपमा नेराप्रप्रमा आबद्ध भएरसमेत नेपाली भाषा र साहित्यको सेवा गरेका थिए ।

नेपाली काव्यविधाको माध्यमिक र आधुनिक कालका सेतु पौड्याल नेपाली काव्यलाई पुरातनवादी मध्ययुगीन प्रवृत्तिबाट आधुनिकतातिर डो¥याउने काव्यशिल्पी हुन् । सरल, सरस तथा लालित्यपूर्ण भाषा उनको काव्यगत विशेषता हो । पौड्यालले नेपाली साहित्यमा दिएको योगदानको कदरस्वरूप २००८ मा ‘कवि शिरोमणि’ उपाधिद्वारा नेपाल सरकारबाट विभूषित भएका थिए । डा.वासुदेव त्रिपाठीले आफ्नो विद्यावारिधि शोध पौड्यालकै काव्ययात्रालाई लिएर गरेका हुन् । संस्कृतका सुन्दर वार्णिक छन्दमा खारिएका आध्यात्मिक एवम जीवनवादी चिन्तनलाई आधुनिक शैलीमा प्रस्तुत गर्देै काव्यिक चमत्कार प्रदान गर्नु लेखनाथ पौड्यालको मुख्य विशेषता नै हो । कविता र काव्यमा धरेरै कलम चलाए तापनि यिनको रचना ‘पिँञ्जडाको सुगा’ चर्चाको चुलीमा पुगेको कृति हो । यो रचना विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा रहेको छ । बयासी वर्षको वृद्ध उमेरसम्म यिनले नेपाली साहित्यको साधनामा नै आफ्ना जीवन अर्पण गरेका थिए । कविता, काव्य र नाटकमा यिनले दिएको विश्रित योगदानलाई नेपाली साहित्यले बिर्सन सक्दैन । महाकवि देवकोटाबाट कवि सम्राटको उपाधि प्राप्त गरेका पौडेल नेपाली साहित्यका महान् स्रष्टा नै थिए ।

सेवा : शिक्षण÷प्रशिक्षण, नेराप्रप्र सदस्य (२०१४–२०२२); 

कृति सृजना : जीवन चङ्गा, गौथलीको चिरिबिरी, कालमहिमा, धनमहिमा, शोक प्रवाह (शोककाव्य), प्रकाश (स्तुतिकाव्य), वर्षाविचार (१९६५), लेखनाथ पौड्यालका प्रतिनिधि कविता (२०४१), लेखनाथका प्रमुख कविता (२०४६), गोरखाशिक्षा १–४ (१९७२, १९७३, १९४, १९८०), ऋतुविचार (ख.का., १९७३), बुद्धविनोद (१९७३), सत्यकलिसंवाद (ख.का., १९७६), सत्यस्मृति (२००९), शिशुबोधनी (भाग २), मेरो राम (२०११), त्याग र उदयको सन्देश (२००२), गीताञ्जली (१९८६), तरुण तपसी (नव्यकाव्य, २०१०), लक्ष्मीपूजा (नाटक, १९९४), सप्तप्रश्नात्मक बुद्धिविनोद, अमर ज्योतिको सत्य, स्मृति (ख.का., २००९), भर्तृहरि निर्वेद (नाटक–१९७४),  लालित्य (क.सं., भाग १, २०१०, भाग २–२०२५), गीतासार (श्रीमद्भागवत् गीताको भावसार), गौरी (म.का., अपूर्ण), गौरी गौरव (नाटक); गीति रचनाहरू : मनमा छ घाम छाया, मेरो जीवन कथालाई, दशैँको गीत नसम्झिदेऊ, हरेरामचन्द्र कति जन्मबिताई पैले, धन्य अहा !, त्यो कृष्ण (२०३१), जय माता लक्ष्मी, ॐ जयशिव, बाल बबुरो, हट्यो सारा हिलो मैलो, सम्पादन÷अनुवाद : अभिज्ञान शाकुन्तल (अनु. २०१५), पञ्चतन्त्र (अनु.); सम्मान÷पुरस्कार ः २०११ मा ठूलो सम्मान, रथयात्रा गरी शिरोमणिलाई बग्गीमा राखी तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासमेतले रथ तानेका थिए । श्री ५ त्रिभुवनको जन्मोत्सवको उपलक्ष्यमा श्री ५ द्वारा मासिक दुईसय रूपैयाँ भत्तासहित ‘कवि शिरोमणि’ उपाधि प्रदान (२००८), हुलाक टिकट प्रकाशन (२०१९), सदस्य— नेराप्रप्र (२०१४); 

संलग्नता : सदस्य— नेराप्रप्र; 

निधन : २०२२ फागुन २२ (कतै ७ गते पनि भनिएको ?), चितवन, देवघाट; 

निधनपछि सम्मान : लेखनाथ विशेषाङ्क (२०२३), भानु पत्रिकाद्वारा प्रकाशन, त्रिभुवन प्रज्ञा पुरस्कार (२०२६)– नेराप्रप्र, कविशिरोमणि साहित्यकार पुरस्कार स्थापना (लेखनाथ पौडेलको जन्मजयन्तीको अवसरमा प्रदान गरिन्छ), कवि शिरोमणि को रु. एक लाखको अक्षयकोषको उनीकी पुत्री कुन्तीदेवी भट्टराईले स्थापना गरेकी हुन् । स्नतकोत्तर तहको परीक्षामा (नेपाली) का सर्वोत्कृष्टलाई हरेक दुई वर्षमा रु १० हजारको लेखनाथ प्रतिभा पुरस्कार प्रदान गर्ने गरिन्छ , हुलाक टिकट प्रकाशन (२०१९), सुनसरीको दुहवीमा (२०४४) र धरानमा (२०६३) मा प्रतिमा स्थापनालगायत अन्य विभिन्न स्थानमा पनि प्रतिमा अनावरण ।

श्रोत : गोप (२०५४÷९÷२६)÷गोप २०६४÷९÷१४ त्रिमूर्ति निकेतन २०६१, पृ.११–२३, इन्दिरा प्रसाई इन्टरनेट लेखनाथ शतवार्षिकी  समकालीन साहित्य स्मारिका (२०४९), पू. ४२, पृ.४८


कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)