निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Aatmaram Sharma Pudasaini साहित्यकार आत्माराम शर्मा (पुडासैनी)

 

विधा÷क्षेत्र  साहित्य

जन्म  २०२० असार २२; 

जन्मस्थान : भद्रबास, काठमाडौँ; 

बुबा : विनायक पुडासैनी; 

आमा : मन्दोदरा; 

बसोबास (हालको ठेगाना) : मैजुबहाल, काठमाडौँ; 

मोबाइल : ९८५१०७४०५१; 

शिक्षा : स्नातकोत्तर तह (नेपाली); 

विवाह : विमला पुडासैनी; 

सन्तान : आजाद शर्मा, आस्था शर्मा ।

व्यक्तित्व : युवापुस्तामा ख्याति कमाएका तथा प्रगतिवादी लेखनप्रति झुकाव राख्ने शर्माले २०३८ देखि लेखनआरम्भ गरेका थिए । नेपाल सरकार मातहतको स‌ंस्थान सेवामा कार्यरत रहेर पनि नेपाली भाषाको सेवामा जुटेका यिनी कथा र  कविता विधामा कलम चलाउन सफल भए भने सम्पादन कलामा पनि यिनको कलम राम्ररी चलेको पाइन्छ ।

सेवा : संस्थान (दूर सञ्चार सेवा); 

पहिलो रचना : कविता (लहर पत्रिका, २०४०); 

कृति÷सृजना : माफ गर बहिनी चिन्न सकिँन (कविता सङ्ग्रह., २०५७), धुवाँ (कथा सङ्ग्रह, २०६०), डाक्टर अङ्कल (किशोर कथा सङ्ग्रह २०६८), 

सम्पादन : हातेमालो (द्वैमासिक, २०४२), उत्साह (साहित्यिक, २०५४), प्राची (द्वैमासिक, २०४२), सञ्चार (पत्रिका), शब्द संयोजन (२०६१); 

सम्मान÷पुरस्कार  ................; 

संलग्नता : साहित्य सदन नेपाल, भैरव पु. गुठी;

स्रोत ः सुरभि स्रष्टापरिचय पृ.३९०÷अक्षरभित्र स्रष्टाहरू, पृ.२२, स.मोहन दुवाल

Comments

Popular posts from this blog

Patan Krishna Mandir पाटन कृष्णमन्दिर

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

नेपाली वर्णहरु (लेख्य र कथ्य वर्णहरु) नेपालीका कथ्य वर्णहरु