डा.सुधा त्रिपाठी (थानेश्वरी) Sudha Tripathi
- Get link
- X
- Other Apps
विधा÷क्षेत्र : साहित्यकार÷समीक्षा
जन्म : २०१५ जेठ २८;
ज.स्थान : सुनखानी, दोलखा÷मिरिक, दार्जिलिङ ;
बा : जगन्नाथ शर्मा;
आमा : भवानीदेवी;
फोन : ४४९६८३९÷४४९७५०८;
शिक्षा : एसएलसी–महेन्द्र भवन (२०३२), आईए–पद्मकन्या क्याम्पस, बागबजार (२०३५), बिए (२०३७), एमए (नेपाली, त्रिविवि कीर्तिपुर, २०४०), विद्यावारिधि (नेपाली, त्रिवि, २०६७);
पति : रमेश प्रसाद भट्टराई (वि.मि. २०४६);
व्यक्तित्व : बहुआयामिक व्यक्तित्वकी धनी त्रिपाठी निबन्धकार, समालोचक, कवि, ना.कार र सम्पादक हुन् । जीवनको लामो समय प्राध्यापनमा बिताएकी उनी स्वाभिमानी र अलिकडा स्वभावकी नारीवादी साहित्यकार हुन् । पितृसत्तात्मक समाजमा हुर्किएकी त्रिपाठी नारीले भोग्नु परेको पीडा र बाध्यतालाई यथार्थ रूपमा आफ्ना रचनामा प्रस्तुत गर्छिन् । समा.मा उनले मुख्यत ः प्रगतिवादलाई केन्द्रमा राखेकी हुन्छिन् । सेवा ः प्राध्यापन (नेपाली केन्द्रीय विभाग त्रिवि, कीर्तिपुर), नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र);
पहिलो रचना : मेरा व्यथाहरूको गीत (कविता, प्रज्ञा, २०३४);
कृति÷सृजना : बादल, धर्ती र आस्थाहरू (नि.सं., २०५०), अनिवार्य नेपाली रचना र व्याकरण (२०५३), जीवनसूत्र र स्वप्नाभास (नि.सं., २०५३), निःश्वासका गुजुल्टाहरू (एकाङ्की सं., २०५५), दृष्टि चौतारी (समा., २०५८), भूपिका कवितामा व्यङ्ग्यालङ्कारचेतना (अनुसन्धान, २०५८), सुट, टाई र सुँगुर (व्यङ्ग्य नि.सं., २०५९), अमर सिर्जना (नि.सं., २०६५), नारीवादका कठघरामा नेपाली साहित्य (२०६७), नेपाली उप.मा नारीवाद (२०६८), नारीवादी सौन्दर्य चिन्तन (२०६८), चेलीबेटीका बेग्लै कुरा (२०६८), सम्पा.÷अनु. ः दोलखा दर्पण (जिल्लाको इति., २०५१), पौरख (मासिक पत्रिका, २०५१), महिला समालोचक र नेपाली समा. (२०६२); सम्मान÷पुरस्कार ः राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा स्वर्ण पदक र न.पु. (२०३९), निबन्ध प्रतियोगितामा स्वर्ण एवम् न.पु. (विश्व हिन्दू सम्मेलन, २०४०), पारिजात सृजन पुरस्कार (२०६१),सर्वोत्कृष्ट पुस्तक पुरस्कार (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका, सन् २००३) प्रेस काउन्सिल साहित्यिक पत्रकारिता स्तम्भलेखन पु. (२०६१), युद्धप्रसाद मिश्र स्मृति पु. (२०६३), विद्यार्थी अवस्थामा थुप्रै साहित्यिक पुरस्कारहरू प्राप्त; संलग्नता ः अध्यक्ष–अभिनव साहित्य प्रतिष्ठान, अध्यक्ष–रूमु प्रकाशन, उपाध्यक्ष–प्रगतिशील लेखक सङ्घ, केन्द्रीय सदस्य–प्रगतिशील प्राध्यापक सङ्गठन, सल्लाहकार–युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठान, सल्लाहकार–सिस्नुपानी नेपाल, सल्लाहकार–प्रतिभा प्रवाह, आ.सदस्य–साहित्य सदन, नेपाल;
स्रोत : भृकुटी पू.१ पृ.१९९, समकालीन नेपाली साहित्य पू.३९ पृ.८७, नेमसा पृ.५१५, अभिज्ञान पृ.७४, विश्व नारी नेपाली स्रष्टा कोश, २७३, शोधपत्र–सुधा त्रिपाठीको जीवनी व्यक्तित्व र कृतित्व २०७०
- Get link
- X
- Other Apps
Comments
Post a Comment