निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

मदनमणि दीक्षित (चक्रपाणि) Madan Mani Dikshit

विधा÷क्षेत्र  : पत्रकारिता÷साहित्य

जन्म : १९७९ फागुन; 

ज.स्थान : गैह्रीधारा, काठमाडौँ; 

 बुबा : लक्ष्मणमणि आचार्य दीक्षित; 

आमा : विष्णुदेवी; 

शिक्षा : विद्यालय— दरबार स्कूल काठमाडौँलगायत वाराणसीको स्कूल, प्रमाणपत्र— क्विन्स कलेज वाराणसी, मध्यमा (संस्कृत साहित्य), स्नातक र स्नातकोत्तर (दर्शन)— वाराणसी हिन्दू विवि, भारत (२००२); 

विवाह : रीतादेवी (विमि १९९९ माघ वसन्त पञ्चमीका दिन); 

सन्तान : चार छोरा, एक छोरी ।

व्यक्तित्व :  मदनमणि दीक्षित नेपालका बौद्धिक व्यक्तित्व हुन् । यिनका पिता पुर्खाहरू पनि विद्वान् थिए । यिनका जिज्यू शिरोमणि आचार्य दीक्षित प्रसिद्ध सोमयाग यज्ञ गरेर काशीको विद्वत् सभाबाट ‘दीक्षित’ भएका थिए । उनी निकै विद्वान भएकाले भारत तथा नेपालमा उनको विद्वताको निकै प्रभा रहेको थियो । त्यसैगरी यिनका बाजे काशीनाथ आचार्य आफ्नो विद्वता तथा बौद्धिक तिक्ष्णताले गर्दा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका दाहिने हात हुन पुगेका थिए । त्यस्तै यिनका पिता भूगर्भशास्त्री थिए । उनले कलकत्ताबाट भूगर्भशास्त्रमा पहिलो श्रेणीमा बिएस्सी अनर्स गरेका थिए । पढाई सकेर स्वदेश फर्की नेपालमा खानीहरूको खोजी कार्य गर्छु भनी “प्रधानमन्त्रिसमक्ष बिन्तिपत्र हाल्दा’ खानी सर्वेक्षणमा अहिले नेपालमा चाहिँदो साधनस्रोतको अभाव नरहेको हुँदा हाल सो कार्य गरेमा विदेशीहरूको चाख बढ्ने हुँदा ती खानीहरू उनीहरूले कब्जा गर्न सक्छन् भनी चन्द्रशमशेरले लक्ष्मणमणिलाई भन्सारमा जागिर लगाइदिएका थिए ।

लक्ष्मणका छोरा मदनमणि दीक्षित शिक्षित, स्वाभिमानी, आफ्नो सिद्धान्तमा जीवनपर्यन्त अडिग रहने, स्वध्यायी थिए । यी नेपाली हिन्दी, अङ्ग्रेजी, संस्कृत, भोजपुरी, अवधि र नेवारी भाषाका ज्ञाता  थिए । उनी एक प्रखर बौद्धिक व्यक्तित्व हुनुका साथै स्वाभिमानी र संवेदनशील व्यक्ति थिए । उनी स्वतन्त्र चिन्तनका धनी, स्वतन्त्र व्यक्तित्व, अनुभवका खानी, धैयपूर्ण स्वभाव, नियमित लेखन र पठन, सिर्जनशील प्रतिभा, वैदिक साहित्यका ज्ञाता थिए । 

नेपाली आख्यान साहित्यका शिखर व्यक्तित्व दीक्षितका कथा र उपन्यास निकै चर्चित र लोकप्रिय छन् । कथा र उपन्यास लेखनमार्फत नेपाली साहित्यमा आफ्नो विशिष्ट स्थान बनाउन सफल दीक्षितको अर्को परिचय पत्रकारिता पनि हो । यिनले साप्ताहिक पत्रिका ‘समीक्षा’ को सम्पादन तथा प्रकाशन गरेका थिए । मदनमणिदीक्षित यिनको पत्रिका समीक्षा जुर्मुराएको मध्य समयमा साप्ताहिक समाचार लेख्नुका अतिरिक्त एसियन कम्युनिष्ट विचारधारासँग मेलाखाने समाचार, सम्पादकीय (कहिले काहीँ)लेख, विचार आदि छाप्दथे । भर्खरभर्खर पञ्चायती व्यवस्था शुरु हुँदाका समयमा यी निडर र साहसका साथ रसियनसँग सम्बन्धित अभिलेखमात्र होइन आफैँ रसियन  जस्तो एकोहोरो भएर त्यस देश र व्यवस्थाको मुक्त कण्ठले गुनगान र प्रशंसा गर्दै लेख समाचार छपाउँथे । यसरी अर्काको सिद्धान्त र व्यवस्थाको प्रशंसा गरी उतैपट्टि फरक्क फर्केर लेख, रचना आदि छापेको देख्दा बडो दुःख पनि लाग्दथ्यो । 

यिनको अभिरुचि दर्शन, राजनीति, संस्कृति र इतिहासजस्ता विषयहरूमा पनि रहेको छ । लेखनका प्रारम्भिक दिनहरूमा वामपन्थी विचारधाराबाट प्रभावित यिनी चाँडै उक्त विचारधाराबाट मोहभङ्ग भई उत्तरवैदिक चिन्तन, अध्ययन र अनुसन्धानतर्फ अग्रसर भएका हुन् । उत्तरवैदिक अध्ययनको गहिरो प्रभाव यिनका कृतिहरू माधवी, मेरी निलीमा, त्रिदेवीजस्ता पुस्तकहरूमा परेको प्रस्ट हुन्छ । साहित्यिक लेखनका साथसाथै समसामयिक लेखनतर्फ पनि यिनको कलम निरन्तर चलेको पाइन्छ । औपचारिक अध्ययनको समाप्तिपछि केही समय विद्यालयमा शिक्षण कार्य गरे तापनि मुख्यतः यिनी पत्रकारिता र साहित्यिक क्षेत्रमै क्रियाशील थिए । बौद्धिक अध्ययनद्वारा खटिएका दीक्षितका रचनाहरू पाठकहरूका लागि आफ्नो बौद्धिक खुराक हुन्छन् । नेपाली पत्रकारिताका जगतका चर्चित व्यक्तित्व यिनी नेपाली आख्यान साहित्यका पनि शिखर पुरुष हुन् । यिनको विद्वताको उपजकै कारण यिनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति भएका थिए । आफूमात्रै साहित्यकार बन्ने नभई यिनले समग्र नेपालीलाई साहित्यिक क्षेत्रमा प्रवेश गराउने हेतुले सिर्जनशील साहित्यिक समाजको गठन गरी साहित्यकारहरूलाई हौसला र प्रेरणा प्रदान गरेका थिए । यिनले नेपाली भाषा र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप यिनी राज्य, विभिन्न सङ्घसंस्था र जनस्तरबाट  समेत सम्मानित भएका थिए । ९७ वर्षको उमेरसम्म पनि सक्रिय भएर निरन्तर लेखिरहने यिनले सं.रा.अमेरिकाका साथै युरोप  र एसियाका करीब आधा दर्जनजति देशहरूको भ्रमण गरेका थिए ।

 सेवा : शुरुका मूलपेशाहरू शिक्षण, पत्रिकारिता तथा फोटोग्राफी थिए । पछिल्लो समयमा उनको मुख्य पेशा लेखन भयो । पछि प्राध्यापन पनि गरे । नेराप्रपका उपकुलपति (२०५१–२०५५), कम्युनिस्ट पार्टीको सदस्यता लिएका (२००७) र पूर्णकालीन र आंशिक कार्यकर्ताको  रूपमा कार्य गरेका (२००९–२०१६),  आम निर्वाचनमा काठमाडौँबाट पराजित (२०३८ वैशाख २७ को निर्वाचनमा), शिक्षक— त्रिजुद्ध हाइस्कूल, वीरगन्ज (२००४–२००६), सम्पादक÷प्रकाशक— समीक्षा (साप्ताहिक), सिर्जनशील साहित्यिक समाजको गठन । 

पहिलो रचना : २०१७ को ‘समीक्षा’ पत्रिकामा ‘आखिरी मुस्कान’ शीर्षकको कथा; कृति÷सृजना ः कसले जित्यो कसले हा¥यो ? (कथा सं, २०२१), हाम्रा ती दिन (२०२७), म रुँदै बिर्सन्छु (निबन्ध, २०२७), मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ (कथासं, २०२९), लाखौँँ शिशु लिफ्ट मागिरहेछन् (२०३१), माधवी (संस्करण १–५, उप., २०३९ र छैटौं सं.२०७४), टुवार्डस मेगा हिरोसिमातिर (२०४०), दशलाख हिरोसिमातिर (अनु.२०४०), बर्लिन डायरीका पाना (२०४१), ग्यास च्याम्बरको मृत्यु (कथा सं, २०४२), चरैवेती (निबन्ध सं, २०४४), स्वर्णविहारको मन्दिर (अनु.२०४५), किन्काकुजि (स्वर्णविहार, संं.२०४५), त्यो युग (२०४७), द्रौपदी र सीता (२०४९, तेस्रो संं. २०७१), विदुषी गार्गी (२०४९), करुणाको दर्शन (२०५०), जेण्डा (कथा सं, २०५१), त्रिदेवी (उप., २०५१), मेरी नीलिमा (एकालाप, २०५२), अमृततत्व र कारुणिकता (२०५३), उद्धालक आरुणी विश्वका पहिला वैज्ञानिक उद्दालकको जीवनी(जी., २०५३), आनन्दमय आकाश (बाल्यकालको जी., २०५३), नेपालको सांस्कृतिक परिचय (२०५३), हाम्रा प्रचीन नारी (२०५७), भूमिसूक्त (उप., २०५८), हिन्दू संस्कृतिको परिशीलन (२०५९), सिँचाइ हातेपुिस्तका (अनु., ई.२०००), भूकम्पहरू : प्रश्नोत्तर (अनु., सन् २००२), स्वेतकाली (कथा सं, २०५९), भूकम्प प्रतिरोधी भवन निर्माण निर्देशिका (अनु., सं. २०६१), बर्लिन डायरीका पाना (सन् १९८४),  पराले कुन्यूको आगो (अनु., सं. २०६२), सयौँ हिरोसिमातिर (२०६३), ऋग्वेदका केही प्रमुख सूक्त (२०६५), जीवनःमहाभियान (२०६६), श्रीशाश्वत नारी (२०६६), आनन्दमय जीवन (२०६९), महर्षि याज्ञवल्क्य (२०६८), ऋग्वैदिक नारी चरित्र (२०६९), ऋग्वेदमा समवेत पर्यावरण (२०७०), जीवनः दर्शन (सं., २०७१), अनन्त चैतन्य (सं., २०७१), जयपराजय (संं २०७२), देशभक्त महापुरुष (सं., २०७४), मेरी माता (सं. २०७४), दीक्षितकै भनाइअनुसार ९५ वटा कविताका नेपाली भाषामा अनु. गरिएका पुस्तकहरू प्रकाशित छन्; 

सम्मान÷पुरस्कार : सुप्रबल गोदबा (२०३०), मदन पु. (२०३९), साझा पु. (२०३९, अस्वीकार), दण्डपाणि अज्र्याल स्मृति राष्ट्रिय पु. (२०६५, दण्डपाणि अज्र्याल स्मृति केन्द्रद्वारा), राष्ट्रिय कलाश्री सम्मान, पहलमानसिंह स्वाँर दीर्घ साहित्य साधक सम्मान, दौलतविक्रम विष्ट आख्यान सम्मान, षडानन्द राष्ट्रिय पु., लेखनाथ साहित्य पु. शान्ति पु.(सन् १९७५), सर्वश्रेष्ठ पाण्डुलिपि पु. (२०५१), गोदबा दोस्रा (२०५५), आदिकवि भानुभक्त पु.(२०५७), लक्ष्मीप्रसाद देवकोटा पु. शुभराज्याभिषेक पदक (२०३१), पद्मश्री साधना सम्मान (२०६८), राष्ट्रिय पत्रकारिता पु. र वरिष्ठ पत्रकार सम्मान, देवीप्रसाद  सापकोटा आमसञ्चार सम्मन, गोपालदास श्रेष्ठ पत्रकारिता पु. देवकोटा स्मृति सभा सम्मान (सन् १९९३), भूपालमान सिंह कार्की प्रज्ञा–पु., दण्डपाणि अज्र्याल स्मृति राष्ट्रिय पु.आदि । संलग्नता ः के.सदस्य– नेपाल पत्रकार सङ्घ, नेपाल विश्व शान्ति समिति र नेपाल अफ्रो एसियाली जनऐक्यबद्धता समिति; 

निधन : २०७६ साउन ३० । 

श्रोत नेपालका दार्शनिकहरू (२०६९), ११४  पुरस्कार जगदम्बाश्री र मदन पुरस्कारद्वारा सम्मानित व्यक्तित्वहरू (२०६२) १२५÷वैजयन्ती २९, ५०, नेपाल १६–२, पृ.१५÷ज्ञानगुनका कुरा, पू.२८, पृ.४८÷समकालीन साहित्य, पू.५२, पृ.६१÷सिर्जना र दृष्टिकोण, पृ.३५५÷देशभक्त राष्ट्रपिता श्री ५ महाराज महेन्द्र÷ दीक्षितकी कान्छी छोरी इल्या भट्टराई दीक्षितबाट प्राप्त विविरण ।


कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag