निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

भीमनिधि तिवारी Bhim Nidhi Tiwari

 

विधा÷क्षेत्र : साहित्य÷सरकारी सेवा

जन्म : १९६८ फागुन ३०; 

ज.स्थान : डिल्लीबजार, काठमाडौँ; बुबा : लालनिधि; 

आमा : नन्दकुमारी; 

बाल्यकाल : सात वर्षको कलिलो उमेरमै मातृस्नेहबाट वञ्चित भीमनिधि असाध्य रोगी भएकाले औपचारिक अध्ययनबाट वञ्चित; 

शिक्षा : आईए; 

विवाह : २ पत्नीमध्ये कान्छी, भुवनेश्वरी; 

सन्तान : ३ छोरीमध्ये बेन्जु र मन्जु साहित्यकार, २ छोरा ।

व्यक्तित्व : वि.सं. १९९१ देखि लेखन क्षेत्रमा लागि जीवनभरी नेपाली साहित्यमा समर्पित तिवारी आफ्नो हरेक रचनामा जीवन्त देखिन्छन् । सरकारी सेवा र साहित्य दुवै फाँटमा यिनले उत्तिकै ख्याति कमाएका छन् । सरकारी सेवातर्फ उपसचिवसम्म भई सेवा निवृत्त भएका यिनी भाषानुवाद् परिषद्, घरेलु इलम प्रचारक अड्डाका टेक्सटाइल विशेषज्ञ आदि भई राष्ट्रसेवामा समर्पित थिए । व्यस्त जागिरे जीवनका क्रममा पनि बचेको समयलाई साहित्य साधनामा लगाएका यिनले १९९५ मै ‘नेपाली साहित्य प्रेस’ नामक छापाखान स्थापना गराई संस्थागत रूपमा पनि भाषा र साहित्यको सेवा गर्न शुरु गरेका थिए । पौराणिक, ऐतिहासिक र सामाजिक तीनै विषयवस्तुमा उत्तिकै सशक्त रूपले कलम चलाएका तिवारी नाटक र कथामा नेपाली जीवनका अनेक घटना र प्रसङ्गहरूलाई सजीव रूपमा प्रस्तुत गर्न सफल  प्रसिद्ध नाटककार हुन् । विदेशी साहित्य अध्ययन गरे लेखनमा त्यसको प्रभाव पर्छ भन्ने मान्यता राख्ने तिवारीका रचनाहरू यथार्थवाद पनि टड्कारो रूपमा देखिन्ट । गीत, गजल, कथा, नाटक आदि गरेर साहित्यका प्रत्येक विधामा कलम चलाएका तिवारीको उत्तिकै योगदान नेपाली गजलको लेखन र प्रकाशन पनि छ । गजल लेखन र प्रकाशनसँगै यिनी इच्छुकहरूलाई गजलको नियम र संरचनात्मक ढाँचाको बारेमा जानकारी दिन पनि अग्रसर रहन्थे । विविध भावमा गजल सिर्जना गर्ने तिवारी नेपाली साहित्यमा पहिलो गजल कृति निकाल्ने स्रष्टाका रूपमा पनि परिचित छन् । यसैगरी यिनको चर्चित नाटक ‘शिलान्यास’ कलेजका पाठ्यक्रमहरूमा पनि समावेश छ । 

सेवा : उपसचिव, सरकारी सेवा (सेवा अवकाश)÷ भाषानुवाद परिषदमा (२००४), घरेलु इलम प्रचारक अड्डाका टेक्सटाइल विशेषज्ञ÷ नेपाली साहित्य प्रेसको स्थापना विशेषज्ञ (१९९५); साहित्यिक सेवा ः भाषानुवाद परिषद्मा रहेर साहित्यसेवा (२००४– २०१४); 

पहिलो रचना : कविता हरायो (समस्यापूर्ति, गोरखापत्र, १९९१); 

कृति÷सृजना : भीमनिधि तिवारी स्मृतिग्रन्थ पछाडि पनि हेर्ने (जीए), तर्पण (शोककाव्य, १९९४), सहनशीला सुशीला (नाटक–१९९५), काशीवास (नाटक, १९९८), पुतली (नाटक–१९९९), किसान (नाटक, २००३), पन्ध्र प्रबन्ध (प्रबन्धसं., २००४), नैनिकाराम (नाटक, २००४), कवितानन्द (क.सं., २००६), पाँच ऐतिहासिक (एकाङ्की, २००८), इन्द्रधनुष (नाटक, २००८), आदर्श जीवन (नाटक, २००८), विवाह (नाटक, २०१०), वर–शिक्षा (२०१०), बयासी र बीस गजलल मेरी (ग.स, २०१०), एकाङ्की कली (एकाङ्की सं., २०११), एकाङ्की पल्लव (एकाङ्की सं., २०११), चाडबाड, वर–शिक्षा (२०१२), सिद्धार्थ गौतम (नाटक, २०१३), यशस्वी शव (शोककाव्य, २०१३), सत्य हरिश्चन्द्र (नाटक–२०१३), नोकर (नाटक–२०१४), विस्फोट (क.सं., २०१७), कविताकुञ्ज (क.सं., २०२०), शिलान्यास (नाटक, २०२३), चौतारा लक्ष्मीनारायण (नाटक, २०२४), सिंहदरबार (क.सं., २०२५), तितौरा र मस्यौरा (२०२६), बत्तीसपुतली (२०२७), इन्साफ (उप., २०२७), इन्द्रधनुष (२०२९), तिवारीका अप्रकाशित कविता (क.सं., २०४३), आत्महत्या (नाटक), महाराज भूपतीन्द्र (नाटक), माटोको माया (नाटक), नेपाली सामाजिक कहानी (कथा सं., जेठो माहिलो, साहिँलो, काहिँलो, ठाँहिलो, राहिँलो, अन्तरे, जन्तरे, खन्तरे मन्तरे गरी १२ वटा) तिवारी सूक्ति सं.; 

सम्मान÷पुरस्कार : यशश्वीशव मा नगद पु. (२०१३), गोदबा (२००९), शुभराज्यभिषेक पदक (२०१३), मदन पु. ‘विस्फोट’ का लागि २०१७), त्रिशक्तिपट्ट (२०२२), जानपद सेवा पदक, जानपद दीर्घसेवा पट्ट, निदरल्याण्ड्सकी महारानीबाट “अफिसर अफ द अर्डर अफ अरेञ्जज नासौ” को उपाधि (२०२४); संलग्नता ः संस्थापक— नेपाली साहित्य प्रेस (१९९५), नेपाल नाटक सङ्घ (२००६), तिवारी साहित्य समिति, सदस्य— नेपाल नेशनल कमिसन फर युनेस्को; 

निधन : रक्तक्यान्सर, २०३० जेठ १९, काठमाडौँ; 

निधनपछि सम्मान ः हुलाक टिकट प्रकाशन (२०५२), भीमनिधि तिवारी स्मृतिग्रन्थ (२०४२) प्रकाशित ।

श्रोत : भीमनिधि तिवारी स्मृतिग्रन्थ चर्चित नेपाली प्रतिभा (२०६५), पृ.९४ नेपाली इतिहासका कोसेढुङ्गा (२०६१), पृ.२१५, ले.प्रमोद मैनाली



कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)