निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Shree Krishna Janmastami श्रीकृष्ण जन्माष्टमी

 भगवान् श्रीकृष्णको जन्म भएको दिन अर्थात्  भाद्र कृष्ण अष्टमीको दिनलाई नै कृष्णाष्टमी भनिन्छ । महाभारत ग्रन्थमा श्रीकृष्णलाई सर्वोपरि ठानिएको छ । उनै कृष्ण मैत्री करुणाा र सत्यका पक्षपाती हुन् । उनै भगवानप्रति मैत्री भाव राख्नेे दिनलाई श्रीकृष्णाष्टमी वा श्रीकृष्णाजन्माष्टमी पर्वको नामले  चिनिन्छ । भगवान् श्रीकृष्ण विष्णुकै एक अवतार हुन् । त्यसैले यिनलाई हिन्दुहरुको आराध्यदेव नै मान्ने चलन छ ।

श्रीकृष्ण जन्माष्टमी पर्व हिन्दुहरुका विशेष पर्वहरुमध्ये एक महान पर्व हो । यस दिन उनै कृष्णको सम्झना स्वरुप विभिन्न कार्यक्रमहरु गरिन्छ । यस दिन ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा भव्य रुपमा पूजाआजा व्रत उपासना र जाग्राम गरी  कृष्णको जन्मोत्सव मनाउने चलन छ भने देशभरका हरेक कृष्ण मन्दिरहरुमा पनि सोहीअनुरुपका कार्यक्रमहरु हुने गर्दछन् । पाटनको कृष्ण मन्दिरमा त यस दिन राष्ट्राध्यक्ष स्वयम् उपस्थित भई पूजाआजा गर्ने प्रचलन रहेको छ । मित्रभाव करुणा दया सत्य र आस्थाको प्रतीकको रुपमा यो चाड मनाउने गरिएको छ ।

श्रीकृष्णको बारेमा हेर्नुहोस् यसै ब्लग पेजको "भगवान् श्रीकृष्ण" शीर्षकमा .............................. 



कृपया यस सामग्रीलाई अध्ययन गरिसकेपछि कमेन्ट फलो र सेयर पनि गरिदिनुहोला ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

Patan Krishna Mandir पाटन कृष्णमन्दिर