निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Bhagawan Shree Krishna भगवान् श्रीकृष्ण

विभिन्न पुराणहरूले वर्णन गरेका कृष्ण चन्द्रवंशी राजा शूरसेनका नाति तथा वसुदेव र देवकीका आठौँ सन्तान हुन् । लगभग ५२०० वर्ष अगाडि द्वापर युगमा भारत वर्षमा जन्मिएका यिनी आफ्नै मामाको आँखी भएर पनि सुरक्षित रहन सकेका अलौकिक र प्रतिभासम्पन्न व्यक्ति हुन् । यिनको जन्म उग्रसेनका तथाकथित छोरा अर्थात् यिनकै मामा कंसराजको कठोर कारागारभित्र भएको थियो । दुष्ट मामा कंसको हातबाट बँच्न, जन्मिनासाथै आफ्ना पितालाई इशारा गरी पिताका परम्मित्र नन्दको घरमा पु¥याउन आग्रह गर्न सक्षम दैवीशक्ति प्रदत्त विष्णुकै एक अवतारका रूपमा यिनको स्थान रहेको कुरा पुराणहरूले उल्लेख गरेका छन् । 

कंसका आँखा छल्न नन्दका घरमा कृष्णलाई पु¥याई नन्द–यशोदा पुत्रीलाई लिएर पिता वसुदेव फर्किँदासमेत कसैले थाहा नपाउने र कारागारका झ्यालढोका आफैँ खुल्ने र बन्द हुने मायावी शक्ति आफैँले प्रदान गरेका कृष्णलाई योगमायाको शक्ति मिलेको थियो । नवजात शिशुहरू एकआपसमा साटिएपछि मात्र कंसले देवकीका गर्भबाट बच्चा पैदा भएको खबर पाएका थिए , खबर पाउनासाथ देवकीबाट अघि साटेर ल्याइएकी कन्या नै देवकीपुत्री हुन् भन्ने ठानी मार्न लगेका थिए तर देवकीका आठौँ गर्भबाट जन्मिएका शिशु ती कन्या नभएर नन्दका घरमा पु¥याइएका कृष्ण थिए । जो कन्यालाई मार्न भनी कंसले लगी ढुङ्गामा पछार्न लाग्दा हातबाट चिप्लिएर आकाशमार्गमा प्रवेश गरेकी कन्याले विन्ध्यवासिनीको रूप ग्रहण गरी कंसको मृत्यु कृष्णका हातबाट हुने उद्घोष गरेकी थिइन् । 

भाद्र कृष्ण अष्टमीका मध्यरातमा कारागारभित्र जन्मिएर व्रजमा हुर्किएका कृष्ण सानै उमेरदेखि अ∫ूत प्रतिभाहरू देखाउन समर्थ थिए । आफ्नो मुख खोलेर आमालाई मुखभित्रै विश्व ब्रह्माण्ड देखाई चकित तुल्याउन सफल यिनी उपद्रवपूर्ण कार्यमा पनि उत्तिकै अग्रसर थिए । विष्णुकै अवतार साथै मायवी शक्तिका कारण कसैको छलकपट र षड्यन्त्रबाट पनि बँचेका यिनलाई मामा कंसले आफ्नो काल कृष्ण नै हो भन्ने ठानेर पटक–पटक आक्रमण गरेका थिए । वत्सासुर, वकासुर, अघासुर जस्ता भयङ्कर राक्षस सेनाको आक्रमण सामना गर्दै यिनले ब्राह्मालाई नै मोहित गरेका थिए । धेनुकासुर, अरिष्टासुर, कालियनाग आदिलाई तह लगाउने र वध गर्ने जस्ता कार्यबाट वज्रवासीको सुरक्षा गर्दै आएका यिनलाई कंसले सत्र पटकसम्म २३–२३ अक्षौहिणी सेनाद्वारा आक्रमण गर्दा पनि सम्पूर्ण सैैन्यशक्तिको संहार गरी पृथ्वीलाई भारमुक्त गरेका थिए । सान्दीपनि गुरुको आश्रममा बसेर धनुर्विद्या र चारै वेदको अध्ययन गरेका यिनले वज्रवासीहरूको प्रशस्त वात्सल्य र ममता पाई महारासलीलामा गोपाङ्गनाहरूलाई ब्रह्मानन्दको अनुभूति दिलाएका थिए । युद्धकलामा निपुण यिनले कंसको बन्दीगृहमा रहेका आमाबुबा र मावली हजुरबुबा उग्रसेनलाई बन्दीगृहबाट छुटाई राजपाट सञ्चालनको जिम्मा लगाएर यिनी द्वारका नगर निर्माणमा जुटेका थिए । सम्पूर्ण मथुरावासीलाई युद्वग्रस्त मथुराबाट द्वारकामा लगी बसोवासको व्यवस्थासमेत यिनले मिलाएका थिए । त्रेतायुगमा नेपालको गण्डकी तटमा सोह्रहजार कन्याहरूले भगवान््् विष्णुको तपस्या गरेका थिए । उनीहरूको तपबाट सन्तुष्ट विष्णुस्वरूप श्रीरामले वरदान दिन खोज्दा उनीहरूले रामचन्द्रलाई पति रूपमा प्राप्त गर्न चाहेका थिए । रामचन्द्रले आफू एक पत्नीव्रता रहेको जानकारी गराउँदै उनीहरूको इच्छा अर्को जन्ममा मात्र पूरा हुने वरदान दिए । द्वापर युगमा भगवान््् विष्णुले कृष्णको स्वरूपमा जन्म लिए भने उनै सोह्र हजार कन्याहरूले गोपकन्याहरूका रूपमा जन्म लिएका थिए जसलाई गोपिनीहरू भनियो । उनै गोपिनीहरूलाई भौमासुर नामक राक्षसले थुनेको थियो । उनीहरूलाई श्रीकृष्णले बन्धनमुक्त गरी विवाह गरेका थिए । 

वैदर्भी रूक्मिणीलगायत सोह्रहजार एकसय आठ राजकन्याका साथ विवाह गरी सम्पूर्ण पत्नीलाई लीलामय प्रेम प्रदान गर्न सक्षम यिनले प्रत्येक पत्नीबाट १०–१० छोरा र १–१ छोरीसहित जम्मा १,७७,१८८ जना सन्तान जन्माएका थिए । 

यस्तै महाभारतको युद्धमा समेत यिनको भूमिका  देखिन्छ । महाभारतको युद्ध रोक्न भरमग्दुर प्रयत्न गरेका श्रीकृष्ण आफैँ पनि हस्तिनापुरका युवराज दुर्योधनका सामु पुगेर सन्धी प्रस्ताव राखेका थिए । पाण्डव–कौरवबीचको युद्ध नरोकिने देखेपछि आफू धर्म र सत्यका पक्षमा रही पाण्डवलाई सहयोग गरेका थिए । महाधनुर्धारी अर्जुनलाई गीताको ज्ञान गराएर वेद, पुराण र सम्पूर्ण धर्मशास्त्रको मर्म लोकार्पण गर्न कृष्ण सफल भए । महाभारतको १८ दिने महासङ्ग्राममा महारथी अर्जुनको रथ हाँक्ने सारथी भगवान््् श्रीकृष्ण नै थिए । कृष्णकै साथ पाएर अर्जुन युद्धक्षेत्रमा आइपरेका अनेकौँ सङ्कटबाट जोगिँदै सर्वश्रेष्ठ धनुर्धर बन्न सफल भएका थिए । अनन्त लीलापुरुषका रूपमा समस्त भक्तजनले भगवान््् मानेका पौराणिक व्यक्तित्व हुन् कृष्ण । दानवहरू तथा दुष्ट राजाहरूलाई वध गरी समस्त मानवजगत्लाई सुखको प्रत्यानुभूति गराएका कृष्णले १२५ वर्षसम्म पृथ्वीको भोग गरे । अन्त्यमा दुर्वासा ऋषिको श्रापको कारण प्रभासक्षेत्रमा आपसमा काटाकाट गरी समग्र वंश नाश भएकाले श्रीकृष्णले मानवदह त्यागी चतुर्वाहुको रूपधारण गरी नारायणको अंशमा मिल्न पुगे । यिनको जन्मदिन भाद्रकृष्ण अष्टमीमा विभिन्न पर्व उत्सव गरी श्रीकृष्ण जन्मोत्सव मनाउने चलन आज पर्यन्त चलेकै छ भने उक्त दिनलाई पूर्ण पर्व मानेर नेपालमा सार्वजनिक बिदा दिने चलन रहेकोमा २०७५ देखि उक्त बिदाको प्रचलन सरकारले हटाएको छ  । 


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag