विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी; ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ; बा ः मुक्तानन्द; आमा ः थकुमती; शिक्षा ः संस्कृत; विवाह: २ विवाह; सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए । यिनी आफ्नो मयका प्रख्यात पण...
दमयन्ती Damayanti
- Get link
- X
- Other Apps
दमयन्ती
दमयन्ती विदर्भ नरेश भीमकी छोरी हुन् । यिनको विवाह निषध देशका राजा नलसँग भएको थियो । आफ्नो अद्वितीय सौन्दर्यद्वारा यिनले सबै सुन्दर स्त्रीहरूको गर्वहरण गरिदिएकी हुनाले यिनी दमयन्ती भनेर चिनिइन् । इन्द्र, वरुण, अग्नि, नल आदि उपस्थित स्वयम्वरको समयमा यिनले नललाई आफ्नो वरका रूपमा छनोट गरेकी थिइन् । कलिको छलमा परी राजा नलले आफ्नो सर्वस्व जुवामा हारेपछि वन प्रस्थान गर्दा दमयन्ती पनि सँगै गएकी थिइन् । तर वनको कष्टपूर्ण जीवनबाट त्रसित नलले यिनलाई जङ्गलमा एक्लै छोडिदिए । दमयन्ती फर्किएर आफ्नो माइतमै बसेकी थिइन् । उता नल भने अयोध्या नरेश ऋतुपर्णको सारथी बनेका थिए । यो कुरा थाहा पाएपछि दमयन्तीले आफ्ना बुबालाई सम्झाई–बुझाई गरेर पुनः नललाई स्वयम्बर गरी पति–पत्नीबीच पुनर्मिलन भएको थियो ।
स्रोत ः भारतीय संस्कृत कोश, पृ.४०८ ।
- Get link
- X
- Other Apps
Popular posts from this blog
Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)
विधा तथा क्षेत्र : साहित्य÷प्राध्यापन जन्म : १९८६ असार ३०; जन्म स्थान : फसिकेब, नयाँ सडक, काठमाडौँ; बुबा : मणिदत्त; आमा : ललिताकुमारी; बाल्यकाल : डेढ वर्षको उमेरमा नै मातृ वियोग सहनु परेको; शिक्षा : सम्पूर्णामध्यमा, बनारस (२००९), आचार्य (संंस्कृत, २०१९), स्नातकोत्तर (नेपाली)— त्रिवि (२०३४); विवाह : चित्रकुमारी (भावना) पाण्डे (विमि २००० फागुन); सन्तान : २ छोरा, २ छोरी । व्यक्तित्व : माध्यमिककालीन विशिष्ट प्रतिभा लक्ष्मीदत्त पन्त ‘इन्दु’ का नाति भरतराज पन्त महाकवि हुन् । आशुकविŒवको उच्च क्षमता भएका पन्त वार्णिक छन्दमा पारङ्गत थिए । संस्कृत साहित्यको उच्च अध्ययनले उनलाई समश्लोकी–समछन्दी अनुवादमा पनि विशिष्ट बनायो । आफ्ना मात्र होइन, अन्य कविका लामालामा कविता कण्ठाग्र गर्ने महाकवि पन्तका कविता÷काव्यमा सरलता, सुबोधता र वैचारिक मौलिकता प्रतिपादित छ । अध्यापन र प्राध्यापन संलग्न हुँदै नेपाली साहित्यको श्रीवृद्धि गर्नलागि परेका यिनी जयतु संस्कृतम् र छात्र आन्दोलन जस्ता साहित्यिक आन्दोलनमा पनि क्रियाशील थिए । सेवा : अध्यापन (२०१५–२०३०...
Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)
इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय) विधा÷क्षेत्र : कथा जन्म : २०१२ जेठ ४; जन्मस्थान : औरही, महोत्तरी; बुबा : गोविन्दप्रसाद; आमा : तिलकुमारीदेवी; बसोबास (हालको ठेगाना) : पुष्पनगर, बानेश्वर, काठमाडौँ; मोबाइल : ९८४१८४९०८५; शिक्षा : स्नातकोत्तर (शिक्षाशास्त्र÷गणित); व्यक्तित्व : अल्पसङ्ख्यक, सीमान्तकृत र पिछडा वर्गको आवाजलाई साहित्यमार्फत माथि उठाउने इस्माली सामाजिक यथार्थवादी तथा प्रगतिवादी साहित्याकर हुन् । स्थानीय परिवेश र आञ्चलिकताको प्रयोग गर्ने पौडेलले सामाजिक, आर्थिक विकृति, विसङ्गति र राजनीतिक चलखेललाई आफ्ना रचनाका विषयवस्तु बनाएका छन् । यिनी बालसाहित्यका क्षेत्रमा अग्रणी साहित्यकारका रुपमा परिचित छन् । यिनी स्थानीय परिवेशको शुक्ष्म चित्रण गरी कथा र उपन्यास सिर्जना गर्न माहिर छन् । सेवा : प्राध्यापन (रत्नराज्यलक्ष्मी क्याम्पस, सानोठिमी क्याम्पस त्रिविवि)÷अध्यापन, साहित्य; नेपाल राजकीय प्रज्ञा पतिषठानका उपकूलपति पहिलो रचना : ऋणको थिचो (कथा, भन्ज्याङ सामायिक सङ्कलन, २०३१); कृति÷सृजना...
डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag
विधा÷क्षेत्र : साहित्य÷प्राध्यापन जन्म : २०३० वैशाख १८; ज.स्थान : गोलधाप, झापा; बुबा : कुबेरनाथ; आमा : मनमाया; बसोबास (हालको ठेगाना) : लोकन्थली, भक्तपुर; फोन : २०५०१२१÷५६३९९५३; मोबाइल : ९८४१४४४१३५÷९८५१०९८९५३; शिक्षा : एम.ए (नेपाली), आचार्य (संस्कृत), पिएचडी (प्रगतिवादी नेपाली ख.का. मा द्वन्द्वविधानमा ने.सं.वि.वि.); विवाह : टीका पौड्याल; सन्तान : २ छोरी । व्यक्तित्व : प्रगतिवादी साहित्यकार नेपाल मुख्यत: कविता र समालोचना विधामा कलम चलाउँछन् । कवितामा मूलत: शास्त्रीय छन्द प्रयोग गर्ने नेपाल छन्दको लक्षणशास्त्रमा गहिरो दखल राख्छन् । उनी मीठो शैलीमा छन्द कविता वाचन गर्छन् । छन्द बचाउ अभियान सञ्चालनस्वरुप यिनले "छन्दपराग" कविता अभियान नै सञ्चालन गरेकाा छन् । वर्ग विभेदले निम्त्याएका असमानतालाई रचनाको विषय वस्तु बनाएर उद्देश्यपरक वैचारिक भाव रचनामा प्रसतुत गर्ने यिनले साहित्यिक रचना र पाठ्य सामग्रीहरू आधाआधीको अनुपातमा सृजना गरेका छन् । भाषा र साहित्यको सेवामा देश विदेशमा घुमेर ...
Comments
Post a Comment