निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

दासप्रथा Das Pratha

नेपालको इतिहासलाई कोट्याउँदा यस मुलुकमा विभिन्न प्रथाहरुले जरो गाडेको पाउन सकिन्छ । धनीमानी व्यक्तिले गरिबहरुलाई आफ्नो घरको काममा लगाउनका निम्ति पशुलाईझैँ किनबेच गरी दासदासी राख्ने र प्रयोग गर्ने प्रचलन थियो । यो प्रथा नेपालमा मात्र नभएर विश्वमै रहेको पाउन सकिन्छ । दासदासीलाई घरायसी निजी सम्पत्तिका रुपमा लिने र सम्पत्ति गणनामा उनीहरुको समेत हिसाबकिताब हुने गर्दथ्यो । दासदासीहरु दान¸ दाइजो र अंशबन्डाको भागमा समेत पर्दथे । कोही बाध्यकारी रुपमा¸ कोही झुक्याएर¸ कोही धरौटीमा दासदासी बन्नुपर्ने बाध्यता थियो । नेपालमा यस प्रथाको इतिहास केलाउने हो भने भारतबाट मिथिला र लुम्बिनी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म यो प्रथा आइपुगेको अनुमान लाग्दछ । तर यसको तिथिमितिको भने कुनै सुइँको पाइएको छैन । तापनि वि सं को पहिलो र दोस्रो शताब्दीको बीचतिरबाट यो प्रथा नेपालमा भित्रेको मानिएको छ । लिच्छवि कालमा देवदास र देवदासीको उल्लेख गरिएबाट यो कुरालाई मानिएको हो । मल्लकालमा दासदासीको मूल्य रु १० देखि रु १५ सम्म रहेको थियो भनिन्छ भने श्री ३ जङ्गबहादुरका पालामा रु २० देखि १२० सम्म रहेको थियो ।

पृथ्वीनारायण शाहले कान्तिपुर विजयपश्चात् १८२५ भाद्र शुदि १ का दिन एक रुक्कापत्र जारी गरी दासदासी नराख्नु भन्ने उर्दी जाहेर गरेका थिए तर यस कार्यले दासदासी प्रथा उन्मुलन हुन सकेन । पछि राणाकालीन समयमा पनि धनीमानी र शासकहरुले आफ्नो सामर्थ्य प्रदर्शन गर्नकै लागि पनि दासदासी राखेका प्रमाणहरु पाइन्छन् । अन्तत: राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा १९८१ मङ्सिर १४ गतेका दिन एक सभामा सम्बोधन गरी दास प्रथाको अन्त्य गरियो । पृथ्वीनारायण शाहदेखि चन्द्र शमशेरका बीचमा पनि श्री ५ राजेन्द्र¸ भीमसेन थापा¸ जङ्गबहादुर राणा¸ देव शमशेर¸  श्री ५ पृथ्वीवीरविक्रम शाह¸ आदिले पनि यसको अन्त्यका निम्ति कदम त चाले तर अन्तत: यस कार्यमा चन्द्र शमशेर ले १९८२ बैशाख १ गतेका दिन मुलुकी ऐनको ज्यू मास्ने वा बेच्ने महलको संशोधन गरी ५९८७३ जना दासदासीको सम्पूर्ण मूल्य (२६ लाख सत्तरी हजार रुपैँयाँ) पशुपतिनाथ मन्दिरको ढुकुटीबाट निकासा गरेर चुक्ता गरी दासप्रथाको अन्त्य गरेका थिए । उक्त कानुन लागु भएपछि पहिलो पटक दास किनबेच गर्नेलाई बिगो जफत गरी सात वर्ष कैदको व्यवस्था गरिएको थियो । त्यसपछि पटक पटक किनबेच गर्नेलाई सजाय बढाउँदै बीस वर्षसम्म कैद गर्ने नियम बनेको थियो । तापनि २०२२ सम्म यो प्रथा चलेको पाइन्छ भने २०४६ मा यस प्रथाको अन्त्य भएको औपचारिक घोषणा गरिएको थियो । दासप्रथाको इतिहास कोट्याउँदा दासप्रथासँगै सतीप्रथा पनि रहेको पाउन सकिन्छ । कुनै समयमा मालिकको मृत्यु हुँदा दासदासीहरु सती जाने परम्परा पनि थियो । दासदासीहरुको जीवन अत्यन्तै कष्टप्रद र पशुसरहको रहेको कुरा इतिहासले बताउँछ । उनीहरु मालिकको मनोरञ्जन र आवश्यकता पूर्तिको माध्यम मात्र थिए भनिन्छ ।

स्रोत : नेपालमा प्रचलित बाँधा तथा बाध्यकारी श्रमसम्बन्धहरु¸ हाम्रो कानुनी इतिहासका केही झाँकी पृष्ठ २५१¸ मानव सभ्यतामा दासप्रथा¸ इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह (भाग १) पृष्ठ ५४¸ योगी नरहरिनाथ ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag