निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 10)

 जङ्गबहादुर विरुद्ध षड्यन्त्र तथा उनलाई मार्ने प्रयासहरूः

सार्वजनिक घोषणा गरेर सर्वसाधारण जनताको तर्फबाट श्री ३ महाराजजङ्गबहादुरको विरोध गर्ने व्यक्ति गोरखा बुङ्कोट निवासी लखन थापा थिए । लखन थापा ‘पुरानाृ गोरख’ पल्टनमा भर्ना भएका सिपाही थिए । १९३३ मा कम्पनी सरकार विरुद्धको विद्रोह दमन गर्न नेपाली टोली जाँदा लखन थापा पनि गएका थिए । त्यही समयमा लखनउमा सुपति गुरुङ र जयसिंह रानासँग भेट गरेका लखनले काठमाडौँ आई जङ्गबहादुरको शासन हटाउन विद्रोह गर्ने योजना बनाएका थिए । आफूलाई मनकामना माताले जङ्गबहादुरलाई मार्नु भनी बरदान दिएको कुरा सार्वजनिक गर्दै लखन थापाले १५०० अनुयायी बनाई जङ्गबहादुर विरुद्ध विद्रोह गर्न थालेका थिए ।

त्यसबेला जङ्गबहादुर बेलायतका युवराजसँग कञ्चनपुरमा शिकार खेल्न व्यस्त थिए । कञ्चनपुरबाट काठमाडौँ आउँदा बाटामा जङ्गबहादुरलाई आक्रमण गर्ने योजना बन्यो तर जङ्गबहादुरले उक्त योजना थाहा पाई अर्कै बाटो काठमाडौँ आइ पुगेका थिए । जङ्गबहादुरले पनि गोरखामा हुँदै गरेका उक्त विद्रोह दमन गर्न देवीदत्त पल्टनलाई गोरखा दरबारमा विद्रोहीहरूको मुद्दा हेरी उनीहरूको अपराध अनुसारको सजाय दिने निधो भएको थियो । सोही क्रममा लखनथापा सहित ६ जना अभियुक्तलाई मुख्य अपराधी ठहर गरी गोरखा बुङ्कोटमै पु¥याएर खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उक्त घटनालाई नै लखनथापा पर्व भनिन्छ । गोरखामा लखन थापाको नेतृत्वले गरेको विद्रोह राणा शासन विरुद्ध जनताले गरेको पहिलो विद्रोह थियो ।

आँट, साहस, शक्ति र बलका माध्यमबाट प्रधानमन्त्री बनेका जङ्गबहादुर कुटनीतिक चातुर्य र चाप्लुसीका भरमा श्री ३ महाराज बन्न सफल व्यक्तित्व हुन् । बल, शौर्य र चातुर्यका त्रिवेणी जङ्गबहादुर माथवरसिंह र गगनसिंहको हत्या, कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व जस्ता नेपाली राजनीतिका मुख्यमुख्य घटनाका कारक व्यक्तित्व नै हुन् । दन्त्य कथाका पात्रजस्तो लाग्ने यिनीमाथि त कसैले कुदृष्टि लगाउन सक्ला भन्ने अनुमान पनि हुँदैन तर जङ्गबहादुरकालीन राजनीतिक इतिहास अध्ययन गर्दा यिनी विरुद्ध पनि थुप्रै षड्यन्त्रहरू भएको देखिन्छ ।

नेपाली राजनीतिमा जङ्गबहादुर विरुद्धको पहिलो षड्यन्त्र भनेकै १९०३ कात्तिकमा महारानी राज्यलक्ष्मीले भण्डारखालमा यिनलाई मार्ने योजना थियो । जुन षड्यन्त्र जङ्गबहादुरले पहिले नै थाहा पाई सम्पूर्ण परिवेशलाई आफ्नो कब्जामा लिएर परिस्थिति नै उल्ट्याउन सफल भएका थिए । त्यस्तै अर्को षड्यन्त्र भनेको भण्डारखाल पर्वपछि निर्वासित रानी र रानीसँगै बनारस गएका राजा राजेन्द्रले भारतमा रचेको जङ्गविरुद्धको षड्यन्त्र पनि रहेको छ । त्यस षड्यन्त्रलाई पनि जङ्गले आफ्ना दूतमार्फत थाहा पाई तराईको अलौमा राजेन्द्रका सेनामाथि आक्रमण गरी १९०४ साउनमा उल्टै राजेन्द्रलाई नै बन्दी बनाई त्यहाँको परिवेशलाई पनि उल्टो बनाएका थिए ।

जङ्गबहादुर विरुद्ध भएको तेस्रो ठूलो षड्यन्त्र माहिला साहेब उपेन्द्र र जङ्गका भाइ बद्रीनरसिंहबाट भएको षड्यन्त्र भएको थियो । १९०७ मा बेलायतबाट फर्किएका जङ्गबहादुरलाई बद्रीनरसिंह र जयबहादुरले वसन्तपुरमा गोली हानी हत्या गर्ने योजना थियो । तर उक्त योजना पनि बमबहादुर कुँवरले थाहा पाई जङ्गबहादुर सामु जाहेर गरेका थिए । बेलायत यात्राका क्रममा जङ्गबहादुरले निशेधित खाना, मद्यपान र नर्तकीहरूसँग लसपस गरेको आरोपसहित यिनलाई पदच्यूत गर्ने या मार्ने योजना बनेको थियो । उक्त षड्यन्त्र सफल भएमा माहिला साहेब उपेन्द्र राजा र बद्रीनरसिंह कमान्डर इन चीफ हुने योजना बनेको थियो ।

आफैँले विश्वास गरेका भाइहरूबाट भएको उक्त षड्यन्त्र विरुद्ध कदम चल्दै जङ्गले अभियुक्तहरूलाई पक्राउ गरी भारदारी सभा बोलाएका थिए । त्यही सभामा जङ्गले आफ्नो विरुद्धमा अपजस लगाउने करवीरु खत्रीका मुखमा सैनिकबाट पिसाब फेराउनुका साथै माहिला साहेबज्यू, बद्रीनरसिंह र जयबहादुरलाई कम्पनी सरकारको जिम्मा लगाई इलाहावादमा नजरबन्द गरिएका थिए । यहाँ पनि जङ्गबहादुरले आफू विरुद्धको षड्यन्त्रलाई परिस्थिति विपरीत पारी नजिता आफ्नो पक्षम लिएका थिए ।

जङ्गबहादुर विरुद्ध १९३३ मा जनस्तरबाट पहिलो षड्यन्त्र भएको थियो । जुन षड्यन्त्रमा गोरखा बुङ्कोट निवासी लखन थापाले जङ्गबहादुर विरुद्ध सैनिक सङ्गठन नै गरेका थिए तर त्यहाँ पनि जङ्गबहादुरले परिवेशलाई आफ्नो पक्षमा पार्दै लखन थापालाई मार्न सफल भएका थिए । लखन थापाबाट भएको विद्रोह हुनाले त्यस विद्रोहलाई लखन थापा पर्व पनि भनिन्छ ।

यसप्रकार जङ्गबहादुर विरुद्ध पनि समय–समयमा अनेकौँ षड्यन्त्रहरू भएका छन् तर ती सबैलाई जङ्गले आफ्नो पक्षमा पारी हरेक षडयन्त्रपछि थप एक श्रेणी शक्तिशाली बन्दै यिनी शासनको केन्द्रमा रहिरहेका थिए ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)