निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 11)

 श्री ३ जङ्गका छोराहरू

पद्मजङ्ग राणा

श्री ३ जङ्गबहादुर र रानी विष्णुकुमारी (चौतरिया रणशेर शाहकी छोरी) तर्फका छोरा पद्मजङ्गको जन्म १९१४ कार्तिक २८ गते बुधबारका दिन भएको थियो । जङ्गबहादुरले १९२४ मा बनाएको रोलक्रममा यिनी जनरलको दर्जा सहित प्रमको सातौँ स्थानमा थिए । १९३३ मा पिताको निधन हुँदा यिनैले दागबत्ती दिएका थिए । बुबाको निधनपछि यिनी क्रमशः उकजा दकज बनेका थिए । १९३८ को पर्वमा संलग्न भएको आरोपमा रोलक्रमबाट झिकी यिनलाई नेपालमै नजरबन्द गरएको थियो । यसपछि नजरबन्दबाट छुटकारा पाई रणोद्दीपसिंहका दाहिने हात बनेका धीरशमशेरको रोलक्रममा पनि यी परेका थिए । त्यसबेला यिनी पूकज भए । यसपछि जङ्गीलाठ भएका यिनी दाजु जितजङ्गले कमान्डर इनचीफबाट राजिनामा दिएपछि का.मु. कमाण्डर इन चिफ बनेका थिए । १९४०–४१ मा नेपाल–भोटबीच युद्ध हुने स्थिति सिर्जना भइसकेको थियो । त्यससमयमा यिनै पद्मजङ्गको नेतृत्वमा गणेशदल, भैरवदल र शमसेरदल गरी नेपाली सेनाका तीनवटा डफफा नेपाल–भोट सिमानामा पठाइएको थियो । १९४२ पर्वमा भारतीय दूतावास प्रवेश गरी आफ्नो ज्यान बचाएका थिए । यिनकी दिदी अर्थात् श्री ५ पृथ्वीवीरविक्रमकी आमा ललितराज्यलक्ष्मीको अनुरोधमा यिनलाई भरत पठाइँदा यिनी सम्पूर्ण चल–अचल सम्पत्ति लिएर भारत प्रवेश गरी इलाहावादमा बसोबास गरेका थिए । यिनले इलाहावादमा बस्दा पिता जङ्गबहादुरको जीवनी अङ्ग्रेजीमा लेखेका थिए जुन पुस्तक यिनको निधनपछि प्रकाशनमा आयो । यिनको निधन मधुमेह रोगका कारण १९६३ मा भारतमै भएको थियो ।

स्रोत ः पूर्णिमा ८७, पृ.१२, नयराज पन्त÷कुँवर राणाजीहरूको बृहत् वंशावली, पृ.५२–५३ ।

बबरजङ्ग राणा

बबरजङ्ग श्री ३ जङ्गबहादुरकी महारानी पुतलीतर्फका छोरा हुन् । वीरशमशेरसँग यिनको राम्रो सम्बन्ध थियो । वीर शमशेरलाई बबरजङ्गकी आमा पुतली ग.महारानीले नै हुर्काएकी हुनाले यी दुई सँगसँगै हुर्केका थिए ।

बबरजङ्ग तीक्ष्ण बुद्धि र स्मरणशक्ति भएका व्यक्ति थिए । यिनी जङ्गका प्यारा छोरा थिए । १९२४ मा जङ्गले तयार गरेको रोलक्रममा यिनी लेफ्टिनेन्ट जनरल पदसहित प्र.म.को नवौँ स्थानमा परेका थिए । जङ्गबहादुरले यिनलाई नेपालको शिक्षासम्बन्धी जिम्मेवारी दिएका थिए । विदेशी स्रोतहरूमा यिनलाई ‘शिक्षाको डाइरेक्टर’ भनी लेखिएको पाइन्छ । १९३० मा नेपाल–भोटबीच युद्ध हुने सङ्केत देखा परेको थियो । त्यस समयमा उक्त युद्धका लागि तयारी गर्ने जिम्मा यिनैलाई दिइएको थियो । त्यसअघि नै यिनले ब्रिटिस क्याम्पसमा विशेष सैनिक तालिम लिएका हुनाले भोटविरुद्ध लड्नका लागि सेनालाई तालिम दिने काम पनि गरे । १९३३ मङ्सिरमा यिनको निधन भयो । उक्त निधनले जङ्गबहादुर शोकमग्न भएर र जङ्गकै स्वास्थ्यमा समेत प्रतिकूल असर प¥यो । त्यसको तीन महिनापछि जङ्गबहादुर पनि परलोक भए ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.३९, ६२, ११९, प्रकाश ए.राज÷कुँवर राणाजीहरूको बृहत् वंशावली, पृ.४८ ।

भीमजङ्ग राणा

भीमजङ्ग श्री ३ जङ्गबहादुरकी रानी प्रसादलक्ष्मीतर्फका छोरा हुन् । यिनी बाबुबाट पीडित छोराको प्रतिनिधि पात्रका रूपमा चिनिन्छन् । आमाको निधनपछि यिनले जङ्गबाट धेरै सास्ती खेपेका थिए । जङ्गको पिटाइबाट यिनको निधन भएको थियो भनी पुरुषोत्तम शमशेर र प्रमोद शमशेरले लेखेका छन् ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५, ३९, प्रकाश ए.राज ।

रणवीरजङ्ग 

‘गोरे जर्नेल’ नामबाट परिचित रणवीरजङ्ग श्री ३ जङ्गबहादुरकी रानी सिद्धिगजेन्द्रराज्यलक्ष्मीका छोरा हुन् । यिनको जन्म १९१३ साउनमा भएको थियो । यिनकी आमालाई जङ्गबहादुरले जारी गरेर ल्याएका थिए । यिनको बुद्धि, कुशलता र बहादुरीबाट प्रभावित जङ्गले यिनलाई प्रधानमन्त्रीको रोलमा दशौँ स्थानमा राखेका थिए । कलकत्तामा नेपाली प्रतिनिधिका रूपमा काम गरेका यिनी बाबु जङ्गबहादुरको आज्ञा बिनानै बेलायत भ्रमण गरेर आएका थिए । यिनी लेफ्टिनेन्ट जनरल पदमा आसीन थिए । रणोद्दीपसिंहको हातमा शासन आएपछि यिनी उकज १९४१ मा धीरशमशेरको निधन भएपछि पूकज बने र त्यसको केही समयपछि नै दाजु जितजङ्गले कमान्डर इन चीफ पदबाट राजिनामा दिएपछि यिनी जङ्गिलाठ भएका थिए । उता कमान्डर इन चीफको जिम्मेवारी लिएका का.मु. दाजु पदमजङ्ग पनि अस्वस्थ भएपछि कमान्डर इन चीफको कार्यभार समेत यिनले सह्मालेका थिए । १९४२ अघिदेखि नै यिनी वीर शमशेर विरोधी थिए । यिनी दाजु जगतजङ्गका सहयोगी थिए । वि.सं.१९४२ को पर्वमा वीर शमशेरको निशानामा परे तापनि यिनी ब्रिटिस रेजिडेन्सीमा शरण लिन पुगेकाले बाँच्न सफल भएका थिए । पछि भारतमा निर्वासित भए पनि अन्य दाजु भाइसँग मिली यिनले वीरशमशेर विरुद्ध अनेकौँ षड्यन्त्र गरेका थिए । यिनलाई भारत सरकारले पक्राउ पनि ग¥यो तर केही समयपछि छुटकारा पाए । इलाम, धनकुटा, पाल्पा आदि ठाउँमा छापामार हमला गरे तापनि वीर शमशेर विरुद्धको प्रयासमा यिनी सफल हुन भने सकेनन् । कलैया, सिराहामा पनि आक्रमण गरे । त्यहाँ पनि असफल भए । सम्पति पनि सकियो । अन्ततः भारत मै निधन भयो । यिनको निधन कहिले भयो भन्ने कुरा प्रमाणित हुन सकेको छैन तर यिनको निधनपछि यिनका केही सन्तानहरू नेपाल फर्केका थिए भने केही भारतमै बसेका थिए ।


श्री ३ जङ्गका छोरीहरू

 

१.चिरबिरे मैयाँ— सिद्धिगजेन्द्रलक्ष्मीकी छोरी

२. वदनकुमारी (मगर्नी मैयाँ)

३. ताराकुमारी (१९०८–?, नन्दकुमारीका छोरी)

४. डम्बरकुमारी (साउन ?)

५.सेतीमैया (१९११ साउन ? बक्रवर शाहीकी पत्नी पछि  अछामी राजाले जारी गरेर लगेका)

६.ललितराज्यलक्ष्मी

७. दीपकुमारी (बाघकी कान्छी मैयाँ, हिरण्यगर्भकुमारीका  छोरीहरू, १९१३ मङ्सिर ?)

८.तोरणराज्यलक्ष्मी

९. छत्रकुमारी (१९११–१९३३,माहिलीरानी तर्फबाट)

१०.जगतकुमारी (१९११ भदौ ८ ?)

११.खड्गकुमारी (१९११ माघ.. ?)

१२.पद्मकुमारी (१९१३ असार..?, मीनाकुमारीकी छोरी)

१३. चोककुमारी (१९१६ असार.. ?, हिमकुमारीतर्फकी)

१४.सूर्यकुमारी (१९१६ साउन.. ?, नौली महारानी तर्फकी)

१५.चक्रकुमारी (१९१६ कात्तिक २३ ?, राम्री महारानी तर्फकी)

१६............. (१९१६ फागुन २२ ?, माहिली रानी तर्फकी)

१७.दुर्गाकुमारी (१९१६ चैत ११.. ?, ठाहिँली महारानीतर्फकी)

१८. मेघकुमारी (१९१७ कात्तिक २४.. ?, जेठी महारानीतर्फकी)

१९. कोप्ची मैयाँ (१९१८ मङ्सिर ४..?, भित्रेनी भागी रानीतर्फकी)

२०. पद्मकुमारी (१९१८ फागुन ७..?)

२१...(१९२० चैत १३ ?)

२२.मगर्नी मैँया (१८९८ पुस १४ ?)

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.३९, ६१, ११९, प्रकाश ए.राज÷कुँवर राणाजीहरूको बृहत् वंशावली, पृ.५१–५२ ।



Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)