निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा Janga bahadur Rana (part 2)

(पहिलो अङ्कबाट क्रमश ..............................) 

जङ्गबहादुरले कति जनासँग विवाह गरे अथावा श्रीमती कति थिए भन्ने विषयमा कुनै इतिहासकारहरूले पनि यकिन बताउन सकेका छैनन् । कतिपय व्यक्तिहरूको भनाइअनुसार यिनले १२०० भन्दा बढी नारीहरूसँग अनैतिक सम्बन्ध गाँसेको पनि बताएका छन् । विवाहित, अविवाहित, सुसारे, रानी गरी ४२ जना भन्दा बढी पत्नी थिए भनिए तापनि जङ्गबहादुरका पुरोहित शिवराज पंं. को भनाइअनुसार चन्द्रशमशेरद्वारा टिपोट गरिएका पत्नीहरूको नाम निम्नानुसार रहेको छ—


 

१.प्रसादलक्ष्मी, प्रसादसिंह बस्नेतकी छोरी

२.श्री जेठी महारानी नन्दकुमारी, जेठा माइला जनरलकी मुमा

३. श्री माहिली महारानी राधादेवी, कार्की छोरी तौथली

४. श्री सत्यमाया ठूली जेठी महारानी

५. श्री माहिली महारानी रशाकुमारी, भण्डारेकी छोरी

६. श्रीसाहिनी महारानी जगतकुमारी, विराज विष्टकी छोरी

७. श्री विष्णुकुमारी, कान्छा जनरलकी मुमा, काजी रक्षासेर शाहकी छोरी

८.श्री कान्छी महारानी शुभकुमारी, वीरबहादुर शाहकी छोरी

९. श्री जेठी कान्छी महारानी यज्ञश्वरी, सूर्यप्रताप शाहकी दिदी

१०. श्री गंगादेवी, कटू बाला

११.श्री साहिली महारानी भक्तकुमारी

१२. श्री अन्तरी महारानी हेमकुमारी, कर्नेल तिलविक्रमकी मैँया

१३. श्री ठूलीकान्छी महारानी यज्ञकुमारी, युद्ध रञ्जनकी छोरी

१४. श्री भीरकोटे महारानी

१५.श्री गोरखपुरे महारानी सन्तकुमारी

१६. पुतली रानीसाहेब, मिश्री रानीसाहेब

१७. श्यामा रानीसाहेब, कालिका रानीसाहेव

१८.भानु रानीसाहेब, राम्रा रानीसाहेब

१९. महारूपा, भागी रानीसाहेब

२०. जीना रानीसाहेब, दाखचोके रानीसाहेब

२१. भेटेनी रानीसाहेब (वामाधाई), प्रसादलक्ष्मी

२२. काली रानी जनरल रणजङकी मुमा, जेठी रानीसाहेब

२३.माहिला मुखिनी, लोत्रन

२४. वदनी, हेमकुमारी (कोकलेकी छोरी)

२५. मुनीया नानी, गजवदन द्वारे

२६. सन्तकुमारी

२७. सिद्धिगजेन्द्रराज्यलक्ष्मी, प्रसादसिंह बस्नेतकी छोरी

२८.जबा नानी

२९.जोगमाया नानी

३०.मणी नानी

३२. धाइ नानी

३३. एककुमारी

 

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५७ र ५८ । 

  जङ्गबहादुर भोगविलासी तथा स्त्रीलम्पट थिए भन्ने कुरा यिनका श्रीमतीको संख्याले नै प्रष्ट पार्दछ । नेपालको इतिहासमै यति धेरै महिला बटुल्ने व्यक्तिको अर्को कुनै नाम लेखिएको छैन । ज्ञानमणि नेपालले सङ्कलन गरेका जङ्गबहादुरका समयमा लेखिएका केही कागजपत्रमा–सुदुरपश्चिम पहाडका केटी काठमाडौँमा झिकाएको कुरा उल्ल्ेख छ । जङ्गबहादुरलाई कुनै केटी मन प¥यो भने त्यसमाथि यिनले पूरा अधिकार जमाउँथे रे । यति सम्म कि बेलायत यात्राका क्रममा पनि बेलायतमा यिनी थुप्रै केटीका प्रिय बनेका थिए र लौरा बेल नाम गरेकी केटीसँग त यिनको गहिरो प्रेम थियो । जसको कारण यिनी नेपाल नफर्कने सुरमा पनि थिए रे तर भाइहरूको ढिपी र सहयोगका कारण यिनी नेपाल फर्किएका थिए जुन समयमा लौरा र अन्य केटीका लागि खर्च गरेको पैसा ३ लाख ५० हजार पाउन्ड राष्ट्रका ढुकुटीबाट तिरिएको थियो भन्ने भनाइ पनि छ । त्यस्तै बेलायत यात्रा सकेर नेपाल फर्कने क्रममा १९०७ मा जङ्गबहादुरले बनारसमा कुटुक महाराजकी छोरीसँग विवाह गरी नेपाल ल्याएका थिए ।

फ्रान्स यात्राका क्रममा पनि त्यहाँकी व्याले नर्तकी सिरेतोको नृत्यबाट प्रभावित भई आफ्ना बहुमूल्य गहना खोली जङ्गबहादुरले तिनलाई लगाइदिएका थिए । सिरेतोलाई त यिनले नेपाल ल्याउने सोच पनि बनाएका थिए तर सिरेतोले नमान्दा यिनी खिन्न भएका थिए रे । जङ्गले कसैलाई मागेर, कसैलाई भगाएर, कसैलाई फकाएर, कसैलाई धम्क्याएर आफ्नी पत्नी बनाउने गर्दथे । कसैलाई जारी गरेर पनि सिन्दूर हालेका थिए । सधवा, विधवा, सुसारे केही नभनी यिनले भोगविलास गर्दथे भन्ने कुरा यिनको जीवनी लेखिएको ग्रन्थमा लेखिएका छन् ।


(क्रमश : तेस्रो अङकमा .............................)

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)