निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 3)


(क्रमश : दोस्रो भागबाट ...........................)

श्री ३ जङ्गबहादुरको बहादुरी

 जन्मिँदा वीरनरसिंह नाम पाएका जङ्गबहादुर सानै उमेरदेखि ठूला–ठूला बहादुरी र साहसिक काम गर्दथे । यिनलाई पढाइप्रति खासै रुचि थिएन । यिनको जन्म पढाइका लागि नभएर साहसिक कार्यकै लागि भएको जस्तो गरी यिनी घोडा चढ्ने, पौडी खेल्ने, सर्प समात्ने, हाम फाल्ने, हात्ती चितुवा समात्ने, लडाइँभिडाइँ गर्ने र सिकार खेल्ने कार्यतर्फ पोख्त भएका थिए । 

 सानै उमेरदेखि नै निडर तथा साहसी जङ्गबहादुर जोखिमयुक्त काम गरेर अरूलाई मनोरञ्जन गराउने गर्दथे । आठ वर्षकै उमेरमा बाबुको घोडाको लगाम खोली घोडाको पिठ्युँमा बसी घोडा दौडाएएका थिए । त्यसको केही महिनापछि एउटा सर्पको घाँटीमा अँठ्याएर घरमा लगी आफन्तलाई देखाएका थिए । दश वर्षको उमेरमा यिनले पौडी खेल्न नजान्दै बागमतीको भेलमा हाम फाल्दा भेलले बगाएर लगेको तिथो तर साथीहरूले यिनलाई बचाए । त्यसपछि मात्र सावधानीसाथ पौडी खेलेर यिनी पौडीबाज नै बनेका थिए । यिनी कुस्ती खेलप्रति पनि उत्तिकै रुचि राख्थे । हरेक वर्ष काठमाडौँमा आयोजित कुस्ती प्रतियोगितामा भाग लिई यिनी विजयी बनेरै छाड्थे । बाबु बालदरसिंह जागिरका सिलसिलामा विभिन्न स्थानमा जाँदा यिनी पनि सँगै जान्थे । त्यहाँ यिनले खुकुरी, तरबार र लठ्ठी चलाउन, प्रहार गर्न र आफूलाई सुरक्षित गर्नसमेत सिकेका थिए । युद्धकलाका पारखी नै बने । १६ वर्ष नपुग्दै बन्दुक र तारो हान्ने अभ्यास पनि सिकिसकेका थिए । यिनको निसाना अचूक हुन्थ्यो । डडेल्धुरामा आयोजित तारो हान्ने प्रतियोगितामा त यिनी प्रथम भई पुरस्कार नै जितेका थिए । आफ्नो गरिबीसँग पनि यिनले बहादुरीसाथ मुकाविला गरेकै थिए । १८९७ मा राजा राजेन्द्र चितवनमा सिकारमा जाँदा जङ्गली हात्तीले जङ्गबहादुरमाथि आक्रमण गर्दा पनि उक्त हात्तीलाई यिनले सजिलै नियन्त्रणमा लिएपछि राजा राजेन्द्र खुसी भई प्रशंसाका साथ यिनले तोपखानामा कप्तान पदको लागि नियुक्त पाएका थिए । त्यस्तै एकपटक जङ्गलमा घुम्दाघुम्दै गैडाको एउटा बच्चो फेला पारे त्यसलाई लखेटेर लखतरान पारेर नियन्त्रणमा ल्याएर मानिससँगै रत्तिने बनाई ल्याएर राजालाई चढाएका थिए । त्यस समयमा राजाले यिनको मानिसलाई दुःख दिँदा यिनी त्यहाँ गई खुकुरीकै भरमा अर्नालाई मारेका थिए । यिनले काठमाडौँमा आयोजित भक्कुजात्रामा सहभागी भई राँगोसँग जुध्ने काममा समेत सहभागी भई रिसाएको राँगोलाई कम्बलको सहयोगले नियन्त्रणमा लिएर बाहिर ल्याउँदा जङ्गबहादुर सबैको हाई ! हाई ! भएका थिए ।

एकपटक काठमाडौँमा भीषण आगलागी हुँदा घरभित्र परेका मटिला र बालिका गरी दुई जनालाई यिनले साहसपूर्ण ढङ्गबाट बचाएका थिए । जुन समयमा जङ्गबहादुर बाँचेर बाहिर निस्केलान् भनी कसैले पनि अनुमान् गरेको थिएन । यसरी मृत्युको मुखमा पुगेका दुई व्यक्तिको ज्यान बचाउँदा यिनलाई उपस्थित व्यक्तिहरूले भगवान्को दूत भनी पुकारको थिए रे । उक्त घटनाको केही दिनपछि मनोहर नदीमा डुबेका दुई महिलालाई पनि यिनले उद्धार गरेका थिए । अर्को एक पटक काठमाडौँमा चितुवाले दुःख दिन थालेपछि एउटा घरभित्र पसेको चितुवालाई डोकोले छोपेर नियन्त्रमा लिएपछि राजा सामु पेश गर्दा पनि यिनी स्यावासीका पात्र बनेका थिए । त्यस्तै १८९८ मा दहचोकमा राजासँग शिकार गर्न जाँदा यिनले एउटा चितुवालाई खुकुरीले दुई टुक्रा पारिदिएका थिए । त्यसको केही दिनपछि राजदरबारबाट बाग्मतीमा नुहाउन लागेको एउटा हात्ती बहुलाएपछि सहरमा हाहाकार भएको थियो । कसैले हात्तीलाई नियन्त्रणमा ल्याउन सकेन तर सरकारलाई जङ्गबहादुरले आफूले उक्त हात्ती पक्रने बिन्ती बिसाए । राजाबाट स्वीकृति पाएपछि जङ्गबहादुरले उक्त हात्तीलाई जेनतेन नियन्त्रणमा लिएरै छाडेका थिए । उक्त घटना देखेर राजा राजेन्द्र आश्चर्यमा पर्दै “जङ्गबहादुरको त मुटु छैन । यो कालगतिले मर्दैन कि क्या हो !” भनेका थिए रे ।

एकपटक त्रिशूलीको जङ्गलमा शिकार खेल्न जाँदा मृगलखेट्ने काम भइरहेको थियो । मृगलाई लखेट्दा लखेट्दै जङ्गबहादुर र एउटा भालुको जम्का भेट हुँदा यिनले भालुलाई खुकुरीले हिर्काएर पुनः मृगको पछि दौडिएका थिए । उक्त समयमा भीरबाट लडेर ढुङ्गामा बज्रिँदा पनि यिनले कुनै पर्वाह नगरी मृगलाई मारेरै छाडेका थिए रे । नुवाकोटमा जग्गाको स्वामित्वका विषयमा भएको झगडालाई कुनै सरकारी कर्मचारीले मिलाउन नसक्दा अन्ततः जङ्गबहादुर गएर मिलाउनुपरेको थियो । यिनी तोप खानाबाट युवराज सुरेन्द्रको अङ्गरक्षकमा सरुवा भई आएपछि झन् बढी जोखिमयुक्त कामहरू गर्नुपरेको थियो । सुरेन्द्रको आज्ञा पाएपछि यिनी जे गर्न पनि तयार हुन्थे र युवराज सुरेन्द्र पनि यिनको बहादुरीपूर्ण काम हेरेर रमाउने गर्थे । यतिकैमा त्रिशूली नदीमा घुम्न गएका समयमा युवराजको आज्ञा पाउनासाथ यिनी असी फिट अग्लो पुलबाट त्रिशूलीमा घोडासहित हाम फालेका थिए । घोडा कता पुग्यो थाहा भएन तर यिनी भने नदीमा पौडँदै गएर एक माइल तल उत्रिएका थिए । उक्त समयमा युवराजबाट जङ्गल स्यावासी पाएका थिए ।

त्रिशूलीबाट फर्किएर काठमाडौँ पुगेपछि युवराजबाट जङ्गलाई धरहराबाट हाम फाल्ने हुकुम हुँदा यिनले कुटनीतिक बोलीबोलेर केही दिनपछि हामफाल्ने प्रतिज्ञा गरेका थिए । तर उक्त प्रतिज्ञा युवराजले बिर्सिंदा हामफाल्नुपरेको थिएन तर मरेका हाडखोड फ्याँक्ने गरेको बाह्रवर्षे इनारमा भने यिनले हामफाल्नु परेको थियो । त्यहाँ पनि एक दिनको समय लिएर रुवाका भारी खसाएर हाम फालेका जङ्गको खुट्टामा हाडले छेड्दा बुढेसकालमा दुःख पाएका थिए रे । उक्त घटनापछि जङ्गलाई बालनरसिंहको प्रयासबाट श्री ५ को अङ्गरक्षकमा सरुवा गरेपछि यिनले त्यस्तो काम गर्नुपरेको थिएन । तर मामा माथवरसिंहको हत्या होस् वा कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व नै किन नहोस् ती सम्पूर्ण नै यिनको साहसिक कामका परिणाम हुन् । यिनकै साहसिक कार्यले गर्दा नेपालमा १०४ वर्षे राणा शासनको बिउ रोपिएको थियो । जङ्गबहादुरका साहसिक कार्यको कुरा गर्दा त यिनी दन्त्यकथाका पात्र हुन् कि जस्तो अनुभव हुन्छ ।

 काजी बालनरसिंह कुँवरले शेरबहादुर शाहको षड्यन्त्रबाट रणबहादुर शाहलाई बचाएपछि बालनरसिंह राजाका प्यारा बनेका थिए । राजा राजेन्द्रका पालामा पनि उनी काजी पदमा नियुक्त भई विभिन्न ठाउँमा बडाहाकिम भएर गएका थिए । त्यही क्रममा बालनरसिंह डडेलधुरा गएका समयमा जङ्गबहादुर पनि सँगै गएका थिए । आफ्नो सेवामा जुटेका काजी भनी राजेन्द्रले बालनरलाई कृपा गर्दै छोरा जङ्गबहादुरलाई १६ वर्षकै उमेरमा १८९० मा सुबेदार पद दिएका थिए । त्यसको दुईवर्षपछि अर्थात् १८९२ मा यिनी रिसल्लातर्फको लप्टन भए तापनि १८९४मा भीमसेन थापाको पतनपछि यिनी थापा र पाँडे खलकको कोपमा परी जागिर गुमाउन बाध्य भए । लगभग तीनवर्ष लफङ्गो बनी कामको खोजीमा भौँतारिएका जङ्गबहादुरले १८९८ फागुनमा राजाको शिकार टोलीमा सहभागी हुने अवस पाएका थिए । त्यस समयमा यिनले हात्ती नियन्त्रण गरी राजालाई बुझाउँदायिनको साहसको सराहना गर्दै राजाले तोपखानाको कप्तानीको नियुक्ति दिएपछि यिनी पुनः जागिरे जीवनमा प्रवेश गरेका थिए । त्यसको केही समयपछि युवराज सुरेन्द्रको अङ्गरक्षक र १८९८ कात्तिकमा श्री ५ राजेन्द्रको अङ्गरक्षक हुँदै यिनी सरुवा भएर कुमारीचोक अड्डाका हाकिम भएका थिए । माथवरसिंहको हत्या सफल बनाएपछि जनरल पदमा पुगेका यिनी राजदरबारका विश्वासिला भारदार पनि थिए । १९०३ भदौ ३१ मा गगनसिंहको हत्या र कोतपर्व मच्चाएपछि १९०३ असोज १ मा प्रधानमन्त्री नियुक्त भएका यिनी प्रधान सेनापतिको दर्जामा पनि सोही दिन सुशोभित भएका थिए । १९०३ कात्तिक १७ मा भण्डारखालपर्व र १९०४ साउनमा अलौपर्व मच्चाएपछि यिनी सर्वशक्तिमान श्री ३ महाराज भएर ३० वर्षसम्म राष्ट्रको नायक ठानेर बसेका थिए ।


(क्रमश: चौथो भागमा .......................)

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)