निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 5)

भण्डारखाल पर्व 

जङ्गबहादुर राणा कोतपर्वपछि प्रधानमन्त्री बने । यसपछि महारानी राज्यलक्ष्मी सुरेन्द्र र उपेन्द्रलाई हटाई आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउन सक्ने कुरामा ढुक्क थिइन् । तर राजनैतिक स्थिति आफ्नो हातमा लिइसकेका जङ्गबहादुर रानीको योजनामा सहमत भएनन् । जङ्गबहादुरले त्यही व्यवहोराको जानकारी रानी सामु पठाइदिए । जङ्गबहादुरको सन्देश प्राप्त गरेपछि महारानीको मुटुमा आगो दन्केको थियो । महारानीले प्र.म. जङ्गबहादुरको हत्या गर्ने योजना बनाई काजी वीरध्वज बस्नेतलाई विश्वासमा लिएकी थिइन् । वीरध्वज बस्नेतलाई राजदरबारको भण्डारखालमा ताँबो, तुलसी र हरिवंश छुन लगाएर किरिया खुवाइन् र वीरध्वजले पनि ज्यूज्यान दिएर जङ्गबहादुरको हत्या गरी जसरी भए पनि रणेन्द्रलाई राजा बनाउने प्रण गरेका थिए । वीरध्वज पनि प्र.म. पद प्राप्त हुने कुरामा विश्वस्त थिए भने राजवंश बाहेक अरू भारदार रैती दुनियाँका सात खुनसम्म माफी पाउने भए । त्यसपछि महारानी र वीरध्वजबीच छलफल भई गगनसिंहका छोरा बद्रीसिंह र उजिरसिंहलाई भड्काएर आफ्ना पक्षमा मिलाए । यस योजनामा पण्डित विजयराज पनि सामेल थिए । जङ्गबहादुरलाई भण्डारखालमा आयोजित भोजमा बोलाई त्यहीँ सिद्ध्याउने योजना बन्यो । सोही बमोजिम १९०३ कार्तिक १७ गते हत्या गर्ने योजनासहित प. विजयराज पाण्डे जङ्गबहादुरलाई निमन्त्रणा दिन गएका थिए तर विजयराजले जङ्गबहादुरको बोली सुन्नासाथ डराएर सबै गोप्य कुरा भनिदिएका थिए । जङ्गबहादुर कत्ति पनि हडबड नगरी विजयराजलाई दरबारमै थुनेर आइ भारदार बोलाएर महारानीका षड्यन्त्रबारे जानकारी गराई तयारी अवस्थामा आफूसँगै भण्डारखाल जाने आदेश दिएका थिए ।

उता भण्डारखालमा महारानी र वीरध्वज जङ्गबहादुरको प्रतीक्षामा थिए । जङ्गबहादुर आउन ढिला भयो भनी वीरध्वज स्वयम् जङ्गलाई बोलाउन अगाडि बढ्नासाथ जङ्गबहादुर र वीरध्वजको भेट भएको थियो । वीरध्वजले महारानी प्र.म.लाई भेट्न आतुर हुनुहुन्छ भन्नासाथ जङ्गबहादुर कड्केर बोल्दासाथ वीरध्वज कालोनीलो भएका थिए । जङ्गबहादुरले कप्तान रणमेहर अधिकारीलाई सङ्केत गर्नासाथ रणमेहरले वीरध्वजलाई दुई टुक्रा पारेका थिए । जङ्गबहादुरसहित उनको टोली भण्डारखालभित्र प्रवेश गरी चारैतर्फ छापा मारेर आत्मसमर्पण गर्नेलाई कैद गरे भने नगर्ने जीतलाई मारेका थिए । १९०३ कात्तिक १७ मा भएको उक्त पर्वमा १२ जनाको अकालमा ज्यान गएको थियो भने १७ जना भागे मर्नेहरूमा धेरैजसो बस्नेत थिए । त्यसैले भण्डारखाल पर्वलाई बस्नेतपर्व पनि भनिन्छ । उक्त पर्वमा षड्यन्त्रकारीलाई परास्त गरेपछि जङ्गबहादुरले महारानीमा निहित सम्पूर्ण अधिकार खोसी निर्वासित समेत गरेका थिए । तर महारानीलाई निर्वासनका लागि सरकारी ढुकुटीबाट १८ लाख रुपैँयासहित सम्पूर्र्ण बन्दोबस्त पनि मिलाइदिएका थिए । उक्त षड्यन्त्रको पोल खोलेर आफ्नो ज्यान बचाएका पं.विजयराज पाण्डेलाई राज गुरुको पद पनि दिएका थिए ।

वि.सं. १९०३ कार्तिक शु.द्वा. मा भण्डारखालपर्वमा जङ्गबहादुरबाट मारिने र भाग्ने मानिसहरूको नाम

मारिने व्यक्ति         भाग्ने व्यक्ति

सुबेदार वीरध्वज बस्नेत सरदार रणभद्र बस्नेत

कपतान मानसिंह बस्नेत सरदार समरजित बस्नेत

सरदार दलमर्दन थापा कुम्भेदान सकनसिंह खत्री

सरदार वीरकेशर बस्नेत कुम्भेदान कालु थापा

कुम्भेदान पुरन्दर थापा कर्णेल गोठू बस्नेत

जमदार सिंहवीर थापा सुब्बा नरकेशर खत्री

द्वारे केशरसिंह     जर्नेल बजिरसिंह थापा

कुम्भेदान शक्ति हमाल सुबेदार सम्मान थापा

सुबेदार बागसिंह महत सरदार बखतसिंह बस्नेत

कपतान उदेयसिंह बस्नेत काजी रणवीर रानामगर

हवल्दार नरजित राना

कप्तान कोकले

भण्डारखाल पर्व (१९०३ कात्तिक १७) पछि निर्वासित भएकी महारानी राज्यलक्ष्मी बनारस जाने भएपछि श्री ५ राजेन्द्र पनि सँगै जाने भए । जङ्गबहादुरले राजालाई नजान आग्रह गर्दा पनि नमानेपछि एउटा कडा शर्त राखेका थिए । जुन सर्त राजा राजेन्द्र तीन महिनाभित्र नेपाल फर्कनुपर्ने यदि नफिर्किएमा उनलाई पदच्यूत गरी युवराज सुरेन्द्रलाई राजा घोषित गर्ने भन्ने व्यहोराको थियो । १९०३ मङ्सिर १० मा राजारानीको काशी यात्रा प्रस्थान भयो । युवराज सुरेन्द्र नायवी पदबाट सुशोभित भई काम गर्न थाले । राजारानीका साथमा प्र.म. जङ्गबहादुरले आफ्ना विश्वासिला भारदारहरू (कप्तान खड्गबहादुर कुँवर, काजी हेमदल थापा, लप्टन करवीर खत्री र सुब्बा सिद्धिमान राजभण्डारी) लाई राजाको अङ्गरक्षक बनाई पठाएका थिए । ती भारदारहरूले राजाको गतिविधि मूल्याङ्कनगरी प्र.म. लाई जाहेर गर्थे । तिनै भारदारबाट राजारानीको गतिविधि नियाल्दै आएका जङ्गबहादुरले देशको नेतृत्व पनि गर्दै रहे ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)