श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 6)
- Get link
- X
- Other Apps
अलौपर्व
भण्डारखाल पर्व (१९०३ कात्तिक १७) पछि निर्वासित भएकी महारानी राज्यलक्ष्मी बनारस जाने भएपछि श्री ५ राजेन्द्र पनि सँगै जाने भए । जङ्गबहादुरले राजालाई नजान आग्रह गर्दा पनि नमानेपछि एउटा कडा शर्त राखेका थिए । जुन सर्त राजा राजेन्द्र तीन महिनाभित्र नेपाल फर्कनुपर्ने यदि नफिर्किएमा उनलाई पदच्यूत गरी युवराज सुरेन्द्रलाई राजा घोषित गर्ने भन्ने व्यहोराको थियो । १९०३ मङ्सिर १० मा राजारानीको काशी यात्रा प्रस्थान भयो । युवराज सुरेन्द्र नायवी पदबाट सुशोभित भई काम गर्न थाले । राजारानीका साथमा प्र.म. जङ्गबहादुरले आफ्ना विश्वासिला भारदारहरू (कप्तान खड्गबहादुर कुँवर, काजी हेमदल थापा, लप्टन करवीर खत्री र सुब्बा सिद्धिमान राजभण्डारी) लाई राजाको अङ्गरक्षक बनाई पठाएका थिए । ती भारदारहरूले राजाको गतिविधि मूल्याङ्कनगरी प्र.म. लाई जाहेर गर्थे । तिनै भारदारबाट राजारानीको गतिविधि नियाल्दै आएका जङ्गबहादुरले देशको नेतृत्व पनि गर्दै रहे ।
भारतमा राजारानी पुगेपछि कोत र भण्डारखालपर्वबाट निर्वासित भएका भारदारहरू जुर्मुराएर जङ्गबहादुर विरुद्ध लड्न प्रेरित गरिरहेका थिए । रानीका निम्ति त त्यो सुझाव अमूल्य हुन पुग्यो जसले राजालाई उकास्न थालेकी थिइन् । राजा पनि उक्साहटमा लागेर जङ्गबहादुर विरुद्ध लाग्ने निर्णयमा पुगेका थिए । राजाले शर्त राखेको तीन महिना पुग्न लाग्दा जङ्गबहादुर र राजाबीचमा नेपाल फर्कने सम्बन्धमा हानाथाप र अधिकारका विषयमा पत्राचार भएपछि राजा नेपाल नफर्कने निर्णमा पुगे । बरु उनले जङ्गबहादुरका विरुद्ध गोटी चाल्न शुरु गरिसकेका थिए । सुगौलीमा राजेन्द्रले शिविर खडागरी फौजी सङ्गठन शुरु गरेका थिए । भारदारहरूलाई जङ्गको कारबाही सम्बन्धमा धम्की पत्र पनि पठाएपछि त्यो थाहा पाएका जङ्गले तुरुन्तै भारदार, जङ्गी, निजामती, रैती दुनियाँ भेला गराएर १९०४ वैशाख ३१ का दिन राजा राजेन्द्रलाई पदच्यूत गरी युवराज सुरेन्द्रलाई गद्दीमा राखेको घोषणा गरी कर्मचारीहरूलाई पन्ध्रदिन बिदा पनि दिएका थिए ।
सुरेन्द्रको राज्यारोहणपछि जङ्गबहादुरले पत्रमार्फत स्पष्टीकरणसहित उक्त कुराको जानकारी राजेन्द्रलाई दिएका थिए । राजेन्द्रविक्रम शाह सुगौलीमा सैनिक सङ्गठन विस्तार गर्नतर्फ लागे । फौजी तालिम र हतियार खरिद गर्ने कार्य पनि गर्दै थिए । ब्रिटिस सरकारले आफ्नो भूमिमा बसेर सैनिक गतिविधि नगर्न राजेन्द्रलाई आदेश दिएपछि सम्पूर्ण दैनिक दल हातहतियारसहित पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा आई बसेको थियो । जङ्गबहादुरले आफ्ना गुप्तचरहरूबाट उक्त कुरालाई बुझिरहेका थिए । जङ्गबहादुरले सनकसिंह टन्डन र बलभद्र माझीको नेतृत्वमा चारसय तालिमप्राप्त जवानलाई अलौतर्फ पठाई १९०४ साउन १३ मा रातको समयमा आक्रमण गराएका थिए । राजेन्द्रका थुप्रै सेनाहरू हताहत भए, कोही भागे । अन्त्यमा राजेन्द्रलाई पक्रेर काठमाडौँ पुयाई भक्तपुरमा नजरबन्द गरी राखिएको थियो । उक्त घटना अलौ भन्ने स्थानमा भएकाले त्यसलाई नेपालको इतिहासमा ‘अलौ पर्व’ नामले चिन्ने गरिएको छ ।
अलौ पर्वमा मारिएका व्यक्तिहरूको सूची निम्नानुसार छः
प्रा.मि. जङ्गबहादुर कँुवरका पालामा वि.संं १९०४ आषाढ शु.पू. मङ्गलबारको रातमा अलौमा भएको संघर्षमा कपतान सनकिसंह खत्री, कपतान बलभद्र माझी पुराना गोरखपल्टनले हत्या गरेका मानिसको विवरण
श्री ५ का मामा रामबकससिं १
कपतान कीर्तिवीर थापा १
लेफटेन अमर शाह १
लेफटेन श्रीभक्त खवास १
सुब्बा कालिदास १
सुबेदार बोधमान कार्की १
सुबेदार जहरसिं भडारी १
चोपदार रामनाथ पाध्या १
कस्मेरी राजदाहको छोरो काशीनाथ १
चौ गुरुप्रसाद पट्टिका जमदारहरू ८
अघि से रजपूतहरू २०
तुरुका सवार २
जमादार बद्री वा खत्री १
राजदलका बोलाहट जाँदा नआई
अडिएका हुद्दा सिपाही ११
गया शङ्कर कटुवाल १
श्री नानी शाहदेवका मानिस ३
शाही र पाँडेका मानिस नाउ थाहा नभएका जम्मा ३५
घाइते २३
हाम्रारैती ३
मुगलानमा गई मरेका र घाइते थाहा छैन ०
पाता फर्काइ बाँधी ल्याएका ३
बनवजीर र रातो टोपी लाउने बहिदार १
चन्द्रकान्त पण्डित अज्र्यालल १
बलभद्र धमला १
हाम्रापट्टिका लड्न जाने कोही मरेनन घाइते १
घाइते सिपाही ४
मर्ने छैनन ०
- Get link
- X
- Other Apps
Comments
Post a Comment