निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 7)

 राणा उपाधि (१९०५) 

 

श्री ३ जङ्गबहादुर भन्दा पछाडि ‘राणा’ भनेर चिनिएका व्यक्तिहरू क्षत्री कुँवरका सन्ततिहरू हुन् । कुँवरहरूले लेख्ने गरेको ‘राणा’ कुनै थर नभई राजाबाट प्राप्त उपाधि हो । यसको ऐतिहासिक पाटोलाई नियाल्दा जङ्गबहादुर अघि राणा भन्ने पदवी कसैले पनि पाएका थिएनन् । श्री ३ जङ्गबहादुरको वीरता, शूरताबाट प्रभावित राजा सुरेन्द्र जङ्गबहादुरप्रति अत्यन्तै कृतज्ञ थिए । जङ्गबहादुरले भनेको जे कुरा पनि श्री ५ सुरेन्द्रले मान्थे रे । यसो गर्नुमा आफ्नो गाथ बचाएको तर्क दिने श्री ५ सुरेन्द्रले जङ्गलाई एउटा लालमोहर नै लेखेर दिएका थिए । उक्त लालमोहरमा भनिएको व्यहोराअनुसार श्री ३ जङ्गले राजा सुरेन्द्रका बुबाज्यू र माहिला भाइको गाथ बचाएका थिए । रानीहरूको दर्जा र इज्जत थामिदिएका थिए । राज्यथामी कामकाज गरेका थिए तर त्यसबापत राजाले जङ्गलाई केही रिझ दिन सकेका थिएनन् । एकपटक राजाले जङ्गबहादुरलाई बिर्ता दिने कुरा गर्दा चलाख जङ्गबहादुरले बिर्ता लिनै पर्दैन; सरकारमा रहेको हामीहरूकै हा् भनी कुटनीतिक बोली बोलेका थिए । जङ्गको उक्त उदार हृदय देखेर राजाले “तिमी चितौरगढका कुँवर महाराणाप्रतापका सन्तान रहेछौ । तिम्रा चारजना पुर्खामध्ये एक जनाले चितौरगढमा राज गरेछन् । तिनका सन्तानमध्ये तिमी पनि एक हौ । तिम्रा जिजुबाजे अहिराम कुँव्र चितौरगढबार्ट गोरखामा आई नरभूपाल शाहलाई सहयोग गरेका रहेछन् । यसरी चितौरगढबाटै गोरखामा आई नभूपाल शाहलाई सहयोग गरेका रहेछन् । यसरी चितौरगढबाटै गोरखामा आई नरभूपाल शाहलाई सहयोग गरेका रहेछन् । यसरी चितौरगढका राजखलक भएर हाम्रा पुर्खादेखि आजसम्म हाम्रो साथ सहयोगमा रहेर आजसम्म कुँवर भनेर चिनिए तापनि तिम्रा पुर्खाहरू ‘कुँवर राणाजी’ भएकाले अब उप्रान्त तिमीलाई ‘राणा’ पदवीद्वारा सुशोभित गर्नुका साथे तिम्रा सन्तानपनि राणा भनेर चिनिने छन्” भनी लालमोहर गरिदिएका थिए । उक्त लालमोहर संवत् १९०५ वैशाख सुदी १३ रोज २ को रहेको पाइएको छ । तसर्थ उक्त दिन देखिनै जङ्गबहादुरले आफ्नो नाम पछाडि राणा राखे र उनका सन्ततिले समेत उक्त उपाधि लेखेको इतिहास पाइन्छ ।

कतिपय विद्वान्हरूका अनुसार जङ्गबहादुर आफैँले राजाबाट त्यस्तो लालमोहर लेखाएका थिए पनि भनिएको छ । चाहे जे जसरी उक्त उपाधि हासिल गरेको भए पनि उपाधिसँगै जङ्गबहादुर र उनका भाइभतिजाहरू कुँवरबाट कुँवर राणाजी भएका थिए । राणाजी उपाधिसँगै राणाजीहरूले जस्तै अपराध गरे तापनि काटिनु नपर्ने अर्थात् प्राणदण्डको भागिदार हुनुनपर्ने कुरा समेत उक्त लालमोहरमै लेखिएको थियो । जङ्गबहादुरले १९०५ जेठ वदी २ मा राजा र राजदूत बीचमा बिहाबारी गर्न हुने सम्बन्धको लालमोहर पनि श्री ५ सुरेन्द्रबाट गराएका थिए ।

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)