निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 9)


रोलक्रम

 श्री ३ महाराज नयाँ प्रधानमन्त्री जङ्गबहादुर राणाले श्री ५ सुरेन्द्रलाई खुसी बनाई देशको प्रधानमन्त्री पद आफ्ना सन्तान दर सन्तानमा क्रमशः जाने गरी १९१३ मा लालमोहर गराएका थिए । सोही लालमोहरका आधारमा यिनले आफ्ना सन्तानका प्रधानमन्त्रीको रोलक्रम १९२४ मा निम्नानुसार निर्धारण गरदिएका थिए ।

रोलक्रम वि.संं १९२४ माघ सुदी शुक्ल दशमी सोमबारका दिन बाँधेको रोलक्रम

 

१. श्री ३ महाराज जङ्गबहादुर राणा प्राइममिनिष्टर याण्ड   कम्याण्डरइन्चीफ

२. कम्याण्डरइन्चीफ रणोद्दीपसिंह राणा

३. पश्चिमतर्फका कम्याण्डिङ् जनरल जगतशमशेर जङ्ग राणा

४. पूर्वतर्फका कम्याण्डिङ् जनरल धीरशमशेर जङ्ग राणा

५. दक्षिणतर्फका कम्याण्डिङ् जनरल जगतजङ्गबहादुर राणा

६. उत्तरतर्फका कम्याण्डिङ् जनरल जीतजङ्गबहादुर राणा

७. जनरल पद्मजङ्गबहादुर राणा

८. श्री ३ महाराजका (अर्थात् जङ्गबहादुरका) विवाहिता  पट्टिका छोरा छंज्याल उनैको

९. लेफ्टिनेन्ट जनरल बबरजङ्गबहादुर राणा

१०. लेफ्टिनेन्ट जनरल रणवीरजङ्गबहादुर राणा

११. मेजर जनरल जुद्धप्रतापजङ्गबहादुर राणा

१२. जनरल जीतजङ्गबहादुर राणाका श्री ५ महाराजाधिराजका  मैञापट्टिका छोरा भयो भन्ने उनको 

१३. मेजर जनरल केदारनरसिंह राणा

१४. मेजर जनरल वंविक्रमबहादुर राणा

१५. मेजर जनरल बुद्धिविक्रमबहादुर राणा

१५. मेजर जनरल कर्णेल वीरशमशेरजङ्ग राणा

१७. लेफ्टिनेन्ट कर्णेल अम्बरजङ्ग राणा

१८. लेफ्टिनेन्ट कर्णेल धोजनरसिंह राणा

१९. मेजर जनरल रामकृष्णबहादुर राणा

२०ं लेफ्टिनेन्ट कर्णेल खड्गशमशेरजङ्ग राणा

२१. लेफ्टिनेन्ट कर्णेल भुपेन्द्रजङ्ग राणा

२२. लेफ्टिनेन्ट कर्णेल रणशमशेरजङ्ग राणा

२३. लेफ्टिनेन्ट कर्णेल देवशमशेरजङ्ग राणा

२४. लेफ्टिनेन्ट कर्णेल चन्द्रशमशेरजङ्ग राणा

२५. लेफ्टिनेन्ट कर्णेल वीरविक्रमजङ्ग राणा

२६. लेफ्टिनेन्ट कर्णेल भीमशमशेरजङ्ग राणा

२७. लेफ्टिनेन्ट कर्णेल फत्यशमशेर जङ्ग राणा

२८. ललितशमशेर जङ्ग राणा

 

त्यसपछि ४ भाइका विवाहिता भात खान हुने रानीपट्टिका जन्मिने छोराहरू

त्यसपछिको रोल लेफ्टिनेन्ट कर्णेल भैरवनरसिंह कुँवर राणा

त्यसपछिको रोल कर्णेल यक्षविक्रम कुँवर राणा

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)