कर्कोटक Karkotak Nag
- Get link
- X
- Other Apps
कर्कोटक
प्रजापति कश्यपकी पत्नी नागमाता कद्रुका शक्तिशाली छोराहरूमध्येका एक हुन् नागराज कर्कोटक । महाभारतका अनुसार सूर्यवंशी राजा नललाई द्युत विद्या सिक्न सहजता पुगोस् र अरूले चिन्न नसकून् भन्ने सदासयले आफ्नो कडा विषप्रहार गरी उनको स्वरूपलाई विरूप पारिदिएका हुँदा नल कलिले दुख दिएका अवस्थामा राजा ऋतुपर्णको सारथी बनेर कर्कोटकले द्युत विद्या सिकेका थिए ।
मातृभक्त नागराज कर्कोटकको भूमण्डलको शिवाराधना गर्ने तपस्थली काठमाडौँ दक्षिणमा बाग्मती, पश्चिम तटमा अवस्थित कटुवाल दह मानिएको छ । यिनै नागराज कर्कोटकको मणिजडित भोटो हराएको थियो पछि किसानले फेला पारी नेपालका राजा नरेन्द्रदेव ( लिच्छवी काल) लाई जाहेर गरेका थिए । राजाले प्रमाण पु¥याई लिन आह्वान गर्दा पनि चित्त बुझ्दो प्रमाण कर्कोटकले पेश गर्न नसक्दा राजाले उक्त भोटो सार्वजनिक सम्पत्तिका रूपमा किसानले नै राख्ने र बर्सेनी मत्स्येन्द्रनाथका समक्षमा सार्वजनिक गर्नुपर्ने घोषणा गरेका थिए । सोहीबमोजिम हालसम्म सो परम्परा कायम रही आएको छ । सोको खर्च नेपाल सरकारले गुठी संस्थानका माध्यमबाट र निजी गुठीसमेतले व्यहोर्दै आएको देखिन्छ । रातो मत्स्येन्द्रको भोटो यात्रा नेपालमा मात्रसर्वाधिक लोकप्रिय रहेको पाइन्छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment