निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

नल (Nala) (नल दमयन्तीको कथा)

 नल 

नल त्रेतायुगका निषध देशका सूर्यवंशी राजा वीरसेनका छोरा हुन् । यी पराक्रमी राजाले विदर्भ देशका राजाकी शलवती  राजकुमारी दमयन्तीका साथमा इन्द्रादि देवताहरू समेत उपस्थित स्वयंवर समारोहमा पराक्रम देखाई राजकुमार नलले वरमाला लगाई यिनलाई विवाहको समयमा दिक्पालहरूले (इन्द्रले यज्ञमा प्रत्यक्ष दर्शन दिने, अग्निले–जहाँ चितायो त्यहीँ आगो बाल्ने, यमराजले नलले बनाएको खानामा स्वाद प्राप्त हुने र वरुणले गलाको माला सधैँ सुगन्धित हुने) वर दिएका थिए । त्यसैले हालसम्म पनि खाना बनाउने समयमा नलको नाम लिने चलन छ । नल र दमयन्तीका छोराको नाम इन्द्रसेन र छोरी इन्द्रसेना हुन् । नल कट्टर वर्णाश्रम व्यवस्थाका अनुयायी भएको हुँदा कलियुग उनका राज्यमा गतिहीन हुन गई उनीसँग रूष्ट भएका थिए र नललाई परास्त गर्ने दाउ हेरेर पर्खिरहेका थिए । 

अश्वविद्यामा निपुण राजा नलको द्यूतक्रीडामा दखल छैन भन्ने बुझेका कलिले उनका भाइ पुष्करमा प्रवेश गरी द्यूतक्रीडामा उक्साएर हौस्याई सर्वस्व सिध्याई कङ्गाल बनाएर राज्यभ्रष्ट गरी दमयन्तीलाई साथमा लिएर वन जाने बनाए । लगाएको वस्त्र पनि जङ्गलमा भौतारिँदा चराले हावाका साथमा तानेर लगेपछि निर्वस्त्र बनेका नलले दमयन्तीको वस्त्र च्यातेर आधाआधा गरी आ–आफ्ना लाज ढाकी दुःखका दिनहरू गुजारेका थिए । निरूपाय तथा किंकर्तव्यविमूढ बनेका नलले थाकेकी दमयन्तीलाई आधारातमा जङ्गलमा एक्लै छाडेर बेपत्ता भए । निरूपाय बनेकी दमयन्ती पति वियोगको पीडा लिएर भौतारिँदै माइत पुगेर नललाई खोज्न प्रयास गर्दै रहिन् । यता नल पनि अनेकौँ सङ्कष्ट झेल्दै अयोध्यामा बेरूपको हरिकङ्गाल जस्तो बनी बाहुक नाम राखेर राजा ऋतुपर्णका आश्रयमा पुगे । ऋतुपर्ण द्यूतक्रीडामा पोख्त थिए भने राजा नल अश्वविद्यामा पारङ्गत थिए । आश्रयीसँग परिचित हुँदै गएपछि छद्मभेषमा नै रथीसँग सारथीले द्यूतविद्या सिकी ऋतुपर्णलाई अश्वकला सिकाएर गुरु दक्षिणासमेत चुकाएको अनुभव गरेका थिए । जङ्गलमा अघि कर्कोटक नागले टोकेर विषका प्रभावले बेरूप बनेका नललाई कसैले चिन्न सकेनन् । आखिर विदर्भ राजघरानाले दमयन्तीको स्वयम्वरको झुट्टा हल्ला चलाएपछि दमयन्तीको सुइँको पाएका नल विछोड भएको तीन वर्षपछि विदर्भ पुगी नागविष उतारी पूर्ण स्वस्थ भई १२ वर्षे श्राप भुक्तान गरी पुनः द्यूतक्रीडामा हारेको राज्य फिर्ता गरी सुखपूर्वक रहेको नलोपाख्यान महाभारत वनपर्व ५७।१।३८; ४२–४६; ५९ पुरा; मत्स्य महापुराण १२।५६ आदि ग्रन्थहरूमा विस्तार वर्णन गरिएको छ । 



स्ोत  विभिन्न पौराणिक ग्रन्थहरु

Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)