निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

पं.नारायणप्रसाद पोखरेल Narayan Prasad Pokhrel

विधा÷क्षेत्र ः धार्मिक÷सामाजिक सेवा÷सर्वोत्कृष्ट पुराणवाचन

जन्म ः २०११ जेठ ३२; 

ज.स्थान ः बगुवा, गोरखा; 

बा ः कृष्णप्रसाद; 

आमा ः लक्ष्मीकुमारी; 

शिक्षा ः शास्त्री (२०३५); 

विवाह: ३ विवाह, जेठी— उमा खनाल, माइला— जयलक्ष्मी न्यौपाने, कान्छी— मालती; 

सन्तान ः ४ छोरा (छोराहरूमध्ये वाचनप्रवीण, दीनबन्धु पोखरेल), २ छोरी ।

व्यक्तित्व ः जनस्तरबाट ‘वाचन शिरोमणि’ को सम्मान पाएका नारायणप्रसाद पोखरेल संस्कृत साहित्यका धुरन्धर विद्वान् मानिन्छन् । उनका छोरा दीनबन्धु पनि पुराण वाचनमा बाबुकै प्रतिलिपि मानिन्छन् । विगतको माओवादी द्वन्द्वमा विद्रोहीद्वारा हत्या गरिए भनिएका पोखरेल पूर्वप्रम डा. बाबुराम भट्टराई तथा पूर्वमन्त्री डा.उपेन्द्र देवकोटाका सहपाठी हुन् । नेपालमा हिन्दू धर्मका शीषर्थ पुराणवाचक पोखरेललाई ‘प्रथम धार्मिक शहीद’ का रूपमा पनि चिनिन्छ । सामाजिक समानताका पक्षपाती पोखरेल जातीय विभेद विरुद्ध धार्मिक क्रान्ति गर्ने महान् व्यक्तिका रूपमा सुपरिचित छन् । धार्मिक प्रवचन यज्ञ, महायज्ञबाट सङ्कलित रकमलाई यिनले समाजसेवाका निम्ति खर्च गरेका थिए । एक हजार एक सय बत्तीस स्थानमा अस्पताल, क्याम्पस, विद्यालय, खानेपानी, मन्दिर, बाटो, पुल, वृद्धाश्रम, सार्वजनिक भवन आदि निर्माण गरेर यिनले सामाजिक, धार्मिक, शैक्षिक र स्वास्थ्यसेवासँग सम्बन्धित समाज कल्याणका कार्य गरेका छन् । हिन्दूधर्मका पक्षपाती पोख्रेल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका धार्मिक सङ्घसंस्थामा आबद्ध थिए ।

कोकिलको जस्तो स्वर अनि त्यसमा पनि मृदुभाषी पोखरेल अत्यन्तै आकर्षक शारीरिक बनोट भएका थिए । व्यासनमा बसेर पुराण वाचन गर्दा अधिकांश महिलाहरू हुरुक्के हुन्थे रे । सकरात्मक सोच भएका यी पण्डितको हत्या नभएको हुँदो हो त आजसम्म थुप्रै हजारौँ सङ्घसंस्थाहरूले ठूलो सहयोग पाउने थिए । 

सेवा ः पुराण वाचन, नेरासका सदस्य (२०४४), महासङ्घको अध्यक्ष (२०५७), धार्मिक प्रवचन, यज्ञ महायज्ञबाट आएको रूपैयाँ सङ्कलन गरी समाज कल्याणमा लगाएका, १६ हजार १ सय ३२ स्थानमा अस्पताल, क्याम्पस, विद्यालय, खानेपानी, मन्दिर, बाटो, पुल, वृद्धाश्रम, सामुदायिक भवन आदि निर्माण गरेका; सम्मान÷पुरस्कार ः वाचनशिरोमणिको उपाधि (नेता गणेशमान सिंहद्वारा); संलग्नता ः अध्यक्ष– विश्व हिन्दू महासङ्घ (२०५७) नेपाल राष्ट्रिय समिति (२०५७), अध्यक्ष— सवधर्मसेवा समिति, केन्द्रीय अध्यक्ष— पं.छविलाल पोखरेल स्मृति प्रतिष्ठान; परलोक ः गोलीहानी हत्या गरिएको, २०६२÷२०६३ ? वैशाख २३, अज्ञात हत्यारा समूहले, रूपन्देही, अन्तिम संस्कार पशुपति आर्यघाटमा; परलोकपछि सम्मान ः वृत्तचित्र निर्माण, वाचनशिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठान स्थापना (२०६४÷६÷२३) ।

स्रोत ः युगान्त स्मारिका (२०६८)÷गौरी (६–८), पृ.१७÷ कान्तिपुर २०५९÷१०÷३÷कान्तिपुर २०६२ वैशाख २५, विनोद त्रिपाठी÷ॐ कार वाणी, २०६६, २ ४–९, पृ.२१÷नेपालका चर्चित हत्या, पृ.७७, मोहनी मोक्तान÷विभिन्न पत्रपत्रिकाबाट ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag