निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

पं.नारायणप्रसाद पोखरेल Narayan Prasad Pokhrel

विधा÷क्षेत्र ः धार्मिक÷सामाजिक सेवा÷सर्वोत्कृष्ट पुराणवाचन

जन्म ः २०११ जेठ ३२; 

ज.स्थान ः बगुवा, गोरखा; 

बा ः कृष्णप्रसाद; 

आमा ः लक्ष्मीकुमारी; 

शिक्षा ः शास्त्री (२०३५); 

विवाह: ३ विवाह, जेठी— उमा खनाल, माइला— जयलक्ष्मी न्यौपाने, कान्छी— मालती; 

सन्तान ः ४ छोरा (छोराहरूमध्ये वाचनप्रवीण, दीनबन्धु पोखरेल), २ छोरी ।

व्यक्तित्व ः जनस्तरबाट ‘वाचन शिरोमणि’ को सम्मान पाएका नारायणप्रसाद पोखरेल संस्कृत साहित्यका धुरन्धर विद्वान् मानिन्छन् । उनका छोरा दीनबन्धु पनि पुराण वाचनमा बाबुकै प्रतिलिपि मानिन्छन् । विगतको माओवादी द्वन्द्वमा विद्रोहीद्वारा हत्या गरिए भनिएका पोखरेल पूर्वप्रम डा. बाबुराम भट्टराई तथा पूर्वमन्त्री डा.उपेन्द्र देवकोटाका सहपाठी हुन् । नेपालमा हिन्दू धर्मका शीषर्थ पुराणवाचक पोखरेललाई ‘प्रथम धार्मिक शहीद’ का रूपमा पनि चिनिन्छ । सामाजिक समानताका पक्षपाती पोखरेल जातीय विभेद विरुद्ध धार्मिक क्रान्ति गर्ने महान् व्यक्तिका रूपमा सुपरिचित छन् । धार्मिक प्रवचन यज्ञ, महायज्ञबाट सङ्कलित रकमलाई यिनले समाजसेवाका निम्ति खर्च गरेका थिए । एक हजार एक सय बत्तीस स्थानमा अस्पताल, क्याम्पस, विद्यालय, खानेपानी, मन्दिर, बाटो, पुल, वृद्धाश्रम, सार्वजनिक भवन आदि निर्माण गरेर यिनले सामाजिक, धार्मिक, शैक्षिक र स्वास्थ्यसेवासँग सम्बन्धित समाज कल्याणका कार्य गरेका छन् । हिन्दूधर्मका पक्षपाती पोख्रेल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका धार्मिक सङ्घसंस्थामा आबद्ध थिए ।

कोकिलको जस्तो स्वर अनि त्यसमा पनि मृदुभाषी पोखरेल अत्यन्तै आकर्षक शारीरिक बनोट भएका थिए । व्यासनमा बसेर पुराण वाचन गर्दा अधिकांश महिलाहरू हुरुक्के हुन्थे रे । सकरात्मक सोच भएका यी पण्डितको हत्या नभएको हुँदो हो त आजसम्म थुप्रै हजारौँ सङ्घसंस्थाहरूले ठूलो सहयोग पाउने थिए । 

सेवा ः पुराण वाचन, नेरासका सदस्य (२०४४), महासङ्घको अध्यक्ष (२०५७), धार्मिक प्रवचन, यज्ञ महायज्ञबाट आएको रूपैयाँ सङ्कलन गरी समाज कल्याणमा लगाएका, १६ हजार १ सय ३२ स्थानमा अस्पताल, क्याम्पस, विद्यालय, खानेपानी, मन्दिर, बाटो, पुल, वृद्धाश्रम, सामुदायिक भवन आदि निर्माण गरेका; सम्मान÷पुरस्कार ः वाचनशिरोमणिको उपाधि (नेता गणेशमान सिंहद्वारा); संलग्नता ः अध्यक्ष– विश्व हिन्दू महासङ्घ (२०५७) नेपाल राष्ट्रिय समिति (२०५७), अध्यक्ष— सवधर्मसेवा समिति, केन्द्रीय अध्यक्ष— पं.छविलाल पोखरेल स्मृति प्रतिष्ठान; परलोक ः गोलीहानी हत्या गरिएको, २०६२÷२०६३ ? वैशाख २३, अज्ञात हत्यारा समूहले, रूपन्देही, अन्तिम संस्कार पशुपति आर्यघाटमा; परलोकपछि सम्मान ः वृत्तचित्र निर्माण, वाचनशिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठान स्थापना (२०६४÷६÷२३) ।

स्रोत ः युगान्त स्मारिका (२०६८)÷गौरी (६–८), पृ.१७÷ कान्तिपुर २०५९÷१०÷३÷कान्तिपुर २०६२ वैशाख २५, विनोद त्रिपाठी÷ॐ कार वाणी, २०६६, २ ४–९, पृ.२१÷नेपालका चर्चित हत्या, पृ.७७, मोहनी मोक्तान÷विभिन्न पत्रपत्रिकाबाट ।


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)