Posts

निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

पं.नारायणप्रसाद पोखरेल Narayan Prasad Pokhrel

विधा÷क्षेत्र ः धार्मिक÷सामाजिक सेवा÷सर्वोत्कृष्ट पुराणवाचन जन्म ः २०११ जेठ ३२;  ज.स्थान ः बगुवा, गोरखा;  बा ः कृष्णप्रसाद;  आमा ः लक्ष्मीकुमारी;  शिक्षा ः शास्त्री (२०३५);  विवाह: ३ विवाह, जेठी— उमा खनाल, माइला— जयलक्ष्मी न्यौपाने, कान्छी— मालती;  सन्तान ः ४ छोरा (छोराहरूमध्ये वाचनप्रवीण, दीनबन्धु पोखरेल), २ छोरी । व्यक्तित्व ः जनस्तरबाट ‘वाचन शिरोमणि’ को सम्मान पाएका नारायणप्रसाद पोखरेल संस्कृत साहित्यका धुरन्धर विद्वान् मानिन्छन् । उनका छोरा दीनबन्धु पनि पुराण वाचनमा बाबुकै प्रतिलिपि मानिन्छन् । विगतको माओवादी द्वन्द्वमा विद्रोहीद्वारा हत्या गरिए भनिएका पोखरेल पूर्वप्रम डा. बाबुराम भट्टराई तथा पूर्वमन्त्री डा.उपेन्द्र देवकोटाका सहपाठी हुन् । नेपालमा हिन्दू धर्मका शीषर्थ पुराणवाचक पोखरेललाई ‘प्रथम धार्मिक शहीद’ का रूपमा पनि चिनिन्छ । सामाजिक समानताका पक्षपाती पोखरेल जातीय विभेद विरुद्ध धार्मिक क्रान्ति गर्ने महान् व्यक्तिका रूपमा सुपरिचित छन् । धार्मिक प्रवचन यज्ञ, महायज्ञबाट सङ्कलित रकमलाई यिनले समाजसेवाका निम्ति खर्च गरेका थिए । एक हजार एक सय बत्तीस स्थ...

डा.अञ्जनीकुमार शर्मा ढकाल Anjani Kumar Sharma Dhakal

 विधा÷क्षेत्र : चिकित्सा जन्म : १९८९ जेठ २५;  ज.स्थान ः हनूमानगर, सिरहा;  बा ः भवविनोद उपाध्याय;  आमा ः चित्रकुमारी;  बाल्यकाल ः चार वर्षकै उमेरमा मातृस्नेहबाट वञ्चित भएर काकीको संरक्षणमा हुर्केएका;  शिक्षा ः एसएलसी— (सन् १९४८, दरभङ्गा, भारत), एमबिबिएस— कलकत्ता विवि (सन् १९५५), एमएस— विहार वि.वि. (सन् १९५), एफआरसिएस (सन् १९६१, बेलायत), एफआइसिएस (१९७५), एफएसीएस (सन् १९९४, अमेरिका);  विवाह: अन्नपूर्णा आचार्य (विमि २०१३ तिर);  सन्तान ः २ छोरा, १ छोरी । व्यक्तित्व ः शर्मा क्यान्सर रोग विशेषज्ञ हुन् । आफ्ना पिता र काकाको सहयोगमा चिकित्सक बनेका यिनी यस क्षेत्रका चम्किला तारा हुन् । नेपालमा रेडियो थेरापी प्रविधिको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका शर्माले नेपालीले रोगको उपचार गर्न विदेश जानु नपरोस् भन्ने विचार राख्दथे । सन् १९६१ मा वीर अस्पतालबाट सेवा शुरु त्यहाँ सर्जरी डिपार्टमेन्ट स्थापना गरेको गरेका शर्माले त्रिवि शिक्षण अस्पतालमा लामो समयसम्म सेवा गरेका थिए । नेपाल मेडिकल एसोसियसन, अर्बुदरोग निवारण समाज आदि सङ्घसंस्थामा आबद्ध भई दिगो स्वास्थ्य ...

कर्कोटक Karkotak Nag

 कर्कोटक प्रजापति कश्यपकी पत्नी नागमाता कद्रुका शक्तिशाली छोराहरूमध्येका एक हुन् नागराज कर्कोटक । महाभारतका अनुसार सूर्यवंशी राजा नललाई द्युत विद्या सिक्न सहजता पुगोस् र अरूले चिन्न नसकून् भन्ने सदासयले आफ्नो कडा विषप्रहार गरी उनको स्वरूपलाई विरूप पारिदिएका हुँदा नल कलिले दुख दिएका अवस्थामा राजा ऋतुपर्णको सारथी बनेर कर्कोटकले द्युत विद्या सिकेका थिए ।  मातृभक्त नागराज कर्कोटकको भूमण्डलको शिवाराधना गर्ने तपस्थली काठमाडौँ दक्षिणमा बाग्मती, पश्चिम तटमा अवस्थित कटुवाल दह मानिएको छ । यिनै नागराज कर्कोटकको मणिजडित भोटो हराएको थियो पछि किसानले फेला पारी नेपालका राजा नरेन्द्रदेव ( लिच्छवी काल) लाई जाहेर गरेका थिए । राजाले प्रमाण पु¥याई लिन आह्वान गर्दा पनि चित्त बुझ्दो प्रमाण कर्कोटकले पेश गर्न नसक्दा राजाले उक्त भोटो सार्वजनिक सम्पत्तिका रूपमा किसानले नै राख्ने र बर्सेनी मत्स्येन्द्रनाथका समक्षमा सार्वजनिक गर्नुपर्ने घोषणा गरेका थिए । सोहीबमोजिम हालसम्म सो परम्परा कायम रही आएको छ । सोको खर्च नेपाल सरकारले गुठी संस्थानका माध्यमबाट  र निजी गुठीसमेतले व्यहोर्दै आएको देखिन्छ । र...

दमयन्ती Damayanti

 दमयन्ती दमयन्ती विदर्भ नरेश भीमकी छोरी हुन् । यिनको विवाह निषध देशका राजा नलसँग भएको थियो । आफ्नो अद्वितीय सौन्दर्यद्वारा यिनले सबै सुन्दर स्त्रीहरूको गर्वहरण गरिदिएकी हुनाले यिनी दमयन्ती भनेर चिनिइन् । इन्द्र, वरुण, अग्नि, नल आदि उपस्थित स्वयम्वरको समयमा यिनले नललाई आफ्नो वरका रूपमा छनोट गरेकी थिइन् । कलिको छलमा परी राजा नलले आफ्नो सर्वस्व जुवामा हारेपछि वन प्रस्थान गर्दा दमयन्ती पनि सँगै गएकी थिइन् । तर वनको कष्टपूर्ण जीवनबाट त्रसित नलले यिनलाई जङ्गलमा एक्लै छोडिदिए । दमयन्ती फर्किएर आफ्नो माइतमै बसेकी थिइन् । उता नल भने अयोध्या नरेश ऋतुपर्णको सारथी बनेका थिए । यो कुरा थाहा पाएपछि दमयन्तीले आफ्ना बुबालाई सम्झाई–बुझाई गरेर पुनः नललाई स्वयम्बर गरी पति–पत्नीबीच पुनर्मिलन भएको थियो ।  स्रोत ः भारतीय संस्कृत कोश, पृ.४०८ ।

नल (Nala) (नल दमयन्तीको कथा)

 नल  नल त्रेतायुगका निषध देशका सूर्यवंशी राजा वीरसेनका छोरा हुन् । यी पराक्रमी राजाले विदर्भ देशका राजाकी शलवती  राजकुमारी दमयन्तीका साथमा इन्द्रादि देवताहरू समेत उपस्थित स्वयंवर समारोहमा पराक्रम देखाई राजकुमार नलले वरमाला लगाई यिनलाई विवाहको समयमा दिक्पालहरूले (इन्द्रले यज्ञमा प्रत्यक्ष दर्शन दिने, अग्निले–जहाँ चितायो त्यहीँ आगो बाल्ने, यमराजले नलले बनाएको खानामा स्वाद प्राप्त हुने र वरुणले गलाको माला सधैँ सुगन्धित हुने) वर दिएका थिए । त्यसैले हालसम्म पनि खाना बनाउने समयमा नलको नाम लिने चलन छ । नल र दमयन्तीका छोराको नाम इन्द्रसेन र छोरी इन्द्रसेना हुन् । नल कट्टर वर्णाश्रम व्यवस्थाका अनुयायी भएको हुँदा कलियुग उनका राज्यमा गतिहीन हुन गई उनीसँग रूष्ट भएका थिए र नललाई परास्त गर्ने दाउ हेरेर पर्खिरहेका थिए ।  अश्वविद्यामा निपुण राजा नलको द्यूतक्रीडामा दखल छैन भन्ने बुझेका कलिले उनका भाइ पुष्करमा प्रवेश गरी द्यूतक्रीडामा उक्साएर हौस्याई सर्वस्व सिध्याई कङ्गाल बनाएर राज्यभ्रष्ट गरी दमयन्तीलाई साथमा लिएर वन जाने बनाए । लगाएको वस्त्र पनि जङ्गलमा भौतारिँदा चराले हावाका स...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 11)

  श्री ३ जङ्गका छोराहरू पद्मजङ्ग राणा श्री ३ जङ्गबहादुर र रानी विष्णुकुमारी (चौतरिया रणशेर शाहकी छोरी) तर्फका छोरा पद्मजङ्गको जन्म १९१४ कार्तिक २८ गते बुधबारका दिन भएको थियो । जङ्गबहादुरले १९२४ मा बनाएको रोलक्रममा यिनी जनरलको दर्जा सहित प्रमको सातौँ स्थानमा थिए । १९३३ मा पिताको निधन हुँदा यिनैले दागबत्ती दिएका थिए । बुबाको निधनपछि यिनी क्रमशः उकजा दकज बनेका थिए । १९३८ को पर्वमा संलग्न भएको आरोपमा रोलक्रमबाट झिकी यिनलाई नेपालमै नजरबन्द गरएको थियो । यसपछि नजरबन्दबाट छुटकारा पाई रणोद्दीपसिंहका दाहिने हात बनेका धीरशमशेरको रोलक्रममा पनि यी परेका थिए । त्यसबेला यिनी पूकज भए । यसपछि जङ्गीलाठ भएका यिनी दाजु जितजङ्गले कमान्डर इनचीफबाट राजिनामा दिएपछि का.मु. कमाण्डर इन चिफ बनेका थिए । १९४०–४१ मा नेपाल–भोटबीच युद्ध हुने स्थिति सिर्जना भइसकेको थियो । त्यससमयमा यिनै पद्मजङ्गको नेतृत्वमा गणेशदल, भैरवदल र शमसेरदल गरी नेपाली सेनाका तीनवटा डफफा नेपाल–भोट सिमानामा पठाइएको थियो । १९४२ पर्वमा भारतीय दूतावास प्रवेश गरी आफ्नो ज्यान बचाएका थिए । यिनकी दिदी अर्थात् श्री ५ पृथ्वीवीरविक्रमकी आमा ललितराज्य...