Posts

Showing posts from August, 2021

निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

कवि शिरोमणि लेखनाथ पौड्याल Lekhnath Paudel Kabi Siromani Lekhnath Paudel

 विधा क्षेत्र : साहित्य (छन्दकवि) दरबारी सेवा जन्म : १९४१ पुस २६ (कतै १५ गते भनिएको ?) ;  ज.स्थान : अर्घों अर्चले, कास्की;  बुबा : पं.दुर्गादत्त;  आमा : वसुन्धरादेवी;  शिक्षा : संस्कृत मध्यमा (बनारस);  विवाह : २ विवाह (जेठी श्रीमतीको निधनपछि १९७३ मा सत्यवतीसँग);  सन्तान : २ छोरी, १ छोरा । व्यक्तित्व  : आधुनिक नेपाली कविताका प्रवर्तकले लेखनाथ पौड्याल नेपाली सहित्यका विशिष्ट प्रतिमा, आध्यात्मिक मानवतावादी कविका रूपमा चिनिएका पौडेल नेपाली साहित्यमा शुरुमा केही शृङ्गारिक कविता रचना गरे पनि पछि परिष्कारवादी धारा आरम्भ गर्ने स्रष्टा पनि हुन् । हलन्त वहिष्कार अभियानमा लागेका मध्येका एक यिनी बनारसको पढाइ सकेर काठमाडौँ भित्रिएपछि भीमशमेरका नातिनातिनालाई पढाउने गुरु बनेका थिए । यिनै कृति पढ्दा आएको ओज र तेजकै कारण भीमशमशेरले हजुरियासमेत बनाएका थिए । १९६१ मा धर्मपत्नी स्वर्गवास भएपछि विरह र वेदनाले छटपटिएर जोगी बन्न स्वर्गद्वारी पुगेका पौडेलले स्वर्गद्वारी महाप्रभुबाट आधात्मिक ज्ञान प्राप्त गरेपछि पुनः साहित्य सिर्जना मै तल्लीन गृहस्थी जीवन मै फर्किएका थिए ...

भीमनिधि तिवारी Bhim Nidhi Tiwari

  विधा÷क्षेत्र : साहित्य÷सरकारी सेवा जन्म : १९६८ फागुन ३०;  ज.स्थान : डिल्लीबजार, काठमाडौँ; बुबा : लालनिधि;  आमा : नन्दकुमारी;  बाल्यकाल : सात वर्षको कलिलो उमेरमै मातृस्नेहबाट वञ्चित भीमनिधि असाध्य रोगी भएकाले औपचारिक अध्ययनबाट वञ्चित;  शिक्षा : आईए;  विवाह : २ पत्नीमध्ये कान्छी, भुवनेश्वरी;  सन्तान : ३ छोरीमध्ये बेन्जु र मन्जु साहित्यकार, २ छोरा । व्यक्तित्व  : वि.सं. १९९१ देखि लेखन क्षेत्रमा लागि जीवनभरी नेपाली साहित्यमा समर्पित तिवारी आफ्नो हरेक रचनामा जीवन्त देखिन्छन् । सरकारी सेवा र साहित्य दुवै फाँटमा यिनले उत्तिकै ख्याति कमाएका छन् । सरकारी सेवातर्फ उपसचिवसम्म भई सेवा निवृत्त भएका यिनी भाषानुवाद् परिषद्, घरेलु इलम प्रचारक अड्डाका टेक्सटाइल विशेषज्ञ आदि भई राष्ट्रसेवामा समर्पित थिए । व्यस्त जागिरे जीवनका क्रममा पनि बचेको समयलाई साहित्य साधनामा लगाएका यिनले १९९५ मै ‘नेपाली साहित्य प्रेस’ नामक छापाखान स्थापना गराई संस्थागत रूपमा पनि भाषा र साहित्यको सेवा गर्न शुरु गरेका थिए । पौराणिक, ऐतिहासिक र सामाजिक तीनै विषयवस्तुमा उत्तिकै सशक्त रूपले कलम...

पारिजात (विष्णुकुमारी वाइवा, सत्यभामा, काँडा, प्रियंवदा, छेकुडोल्मा) Parijat

 विधा क्षेत्र  साहित्य जन्म  :१९९० फागुन ३०;  ज.स्थान : लिङ्गिया, चियाकमान, दार्जिलिङ;  बुबा : डा.केएस (कालुसिंह) वाइवा;  आमा : अमृता मोक्तान;  शिक्षा : एसएलसी— पद्मकन्या विधाश्रम, डिल्लीबजार (२०१२), आइए— पद्मकन्या विद्याश्रम (२०१४), बीए— पद्मकन्या विद्याश्रम (२०१६), एमए— त्रिविवि, कीर्तिपुर (अध्ययन);  व्यक्तित्व  : किशोरवय टेक्तानटेक्तै च्जभगmबतयष्म ब्चतजचष्तचक को शिकार भएको पारिजातको शरीर निष्क्रिय भए पनि उनले आजीवन सक्रिय जीवन बिताइन् । दुःख र कष्टका साथ पारिवारिक झमेलाबाट अघि बढ्दै गरेकी पारिजात कक्षा चारमा अध्ययन गर्दागर्दै साहित्यमा आकर्षित भएकी थिइन् । त्यसताका उनको गाउँबाट निस्कने पत्रिकामा पहिलो कविता छपाउन दिँदा छन्द बिहिन भएकाले नछापिएपछि पारिजात उदास बन्दै छन्द विद्या सिक्न क्रियाशिल रहिन् । बहुमुखी प्रतिभाकी धनी पारिजात अन्तर्मुखी स्वभावकी थिइन् । यिनको परिवार दाजुको निधनपछि भारतबाट नेपाल छिरेकी थिइन् । नेपालमा आएपछि गोपालप्रसाद रिमालसँग भेट भई उनैको प्रेरणाले पारिजातलाई हौसला मिल्यो । फलस्वरूप उनलाई नेपाली साहित्यमा अघि बढने आधा...

भवानी भिक्षु (भवानीप्रसाद गुप्ता) Bhawani Vikshu

विधा क्षेत्र : साहित्य÷पत्रकारिता जन्म : १९६६ (१९७१ ?) जेठ २१;  ज.स्थान : तौलिहवा, कपिलवस्तु जिल्ला;  बुबा : इन्द्रप्रसाद गुप्ता;  आमा : यशोदादेवी;  शिक्षा : साहित्यकुल भूषण (हिन्दी), नेपाली, हिन्दी, उर्दू र अङ्ग्रेजी भाषाको अध्ययन;  विवाह: पहिलो विवाह निरर्थक भएपछि २००५ मा दोश्रो विवाह चन्डा देवीसित सम्पन्न भयो तर २००९ मै उनको पनि निधन भयो;  व्यक्तित्व : नेपाली साहित्य, प्रशासनिक सेवा र पत्रकारिताका सङ्गम भिक्षु वरिष्ठ आख्यानकार हुन् । १९९३ मा शारदा पत्रिकामा ‘आलोचक र आलोचना’ शीर्षकको लेख प्रकाशन गरेपछि नेपाली साहित्यमा उदाएका भिक्षु कविता, उपन्यास, कथा, एकाङ्की विधाका कुशल स्रष्टा साथै कुशल सम्पादकका रूपमा परिचित छन् । यिनको लेखन कलाकै प्रभावबाट शारदापत्रिकामा सम्पादकका रूपमा जागिरे जीवनमा प्रवेश गरेका यिनी पछि प्रचारविभागका निर्देशक, धरतीपत्रिकाको सम्पादक हुँदै अन्य पत्रिकाहरूको सम्पादन गर्ने कार्यमा संलग्न हुन् पुगे ।  प्रारम्भिक समयमा हिन्दी भाषाबाट साहित्य लेखनमा प्रवेश गरेका तथा मातृभाषा अवधी भए पनि नेपाली साहित्यमा अजर–अमर साधकका रूपमा परिचित...

जीवनीको नमुना

  नाम : जन्म मिति र स्थान: बुबा र आमाको नाम: शिक्षा : बसोबास : विवाह : (को सँग र कहिले) सन्तान : पेशा वा जागिर : जीवन सङ्घर्ष : ·        योगदान : (सङ्गीत¸ सामाजिक¸ राजनीतिक¸ शैक्षिक¸ स्वास्थ्य¸ सिर्जना¸ निर्माण¸ आदि) कृति : (लेखरचना¸ कला आदि) पुरस्कार¸ प्रश +++++++ सा तथा सम्मान : सङ्घसंस्थामा संलग्नता प्रेरणा : निधन (मृत्यु भएको भए मिति र स्थान) :

श्री ३ चन्द्रशमशेर राणा

 स्वस्तिश्री मद्दती प्रचण्ड भुजदण्डेत्यादि प्रोज्ज्वल ताराधीस श्री श्री श्रीमहाराज चन्द्र सम्सेर जङ्गबहादुर राणा जि.सि.वि.; जि.सि.यस.आइ.; जि.सि.एम.जि.; जी.सी.भी.ओ.; डि.सि.यल.; आनरेरी जनरल वृटिश आर्मी, आनरेरी कर्णेल फोर्थ गोर्खाज, थोङ्–लीङ–पिम्मा–को–काङ्–वाङ–स्याङ, ग्राँहद अफिसीयद लालेजीयोङ, अनेयर प्राइमिनिस्टर मार्शेल सुप्रिम कम्याण्डर–इन–चिफ । श्री ३ जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका सत्र जना छोराहरूमध्ये श्री ३ चन्द्रशमशेर पाचौँ छोरा हुन् । चन्द्रशमशेरकी आमा नन्दकुमारी हुन् । १९२० असार २६ गते बुधबारका दिनमा जन्मेका चन्द्रशमशेर ४ वर्षको उमेर अर्थात् १९२४ माघमा नै श्री ३ जङ्गबहादुरको रोलक्रमअनुसार लेफ्टिनेन्ट कर्णेल दर्जा पाई प्रधानमन्त्रीको रोलमा २४ औँ स्थानमा पर्न सफल भएका थिए । श्री ३ रणोद्दीपसिंहले १९४२ मा निर्धारण गरेको रोलअनुसार यिनी कर्णेल भई प्रधानमन्त्रीको रोलमा चौधौँ स्थानमा परेका थिए । रणोद्दीपको हत्यापछि चन्द्रकै दाजु श्री ३ वीरले निर्धारण गरेको रोलमा यिनी द.क.ज.मा बढुवा भई रोलको पाँचौ स्थानमा आएका थिए । १९४३ मा श्री ३ वीर शमशेरले उक्त रोल परिमार्जन गर्दा चन्द्रशम...

Aatmaram Sharma Pudasaini साहित्यकार आत्माराम शर्मा (पुडासैनी)

  विधा÷क्षेत्र  साहित्य जन्म  २०२० असार २२;  जन्मस्थान : भद्रबास, काठमाडौँ;  बुबा : विनायक पुडासैनी;  आमा : मन्दोदरा;  बसोबास (हालको ठेगाना) : मैजुबहाल, काठमाडौँ;  मोबाइल : ९८५१०७४०५१;  शिक्षा : स्नातकोत्तर तह (नेपाली);  विवाह : विमला पुडासैनी;  सन्तान : आजाद शर्मा, आस्था शर्मा । व्यक्तित्व : युवापुस्तामा ख्याति कमाएका तथा प्रगतिवादी लेखनप्रति झुकाव राख्ने शर्माले २०३८ देखि लेखनआरम्भ गरेका थिए । नेपाल सरकार मातहतको स‌ंस्थान सेवामा कार्यरत रहेर पनि नेपाली भाषाको सेवामा जुटेका यिनी कथा र  कविता विधामा कलम चलाउन सफल भए भने सम्पादन कलामा पनि यिनको कलम राम्ररी चलेको पाइन्छ । सेवा : संस्थान (दूर सञ्चार सेवा);  पहिलो रचना  : कविता (लहर पत्रिका, २०४०);  कृति÷सृजना  : माफ गर बहिनी चिन्न सकिँन (कविता सङ्ग्रह., २०५७), धुवाँ (कथा सङ्ग्रह, २०६०), डाक्टर अङ्कल (किशोर कथा सङ्ग्रह २०६८),  सम्पादन  : हातेमालो (द्वैमासिक, २०४२), उत्साह (साहित्यिक, २०५४), प्राची (द्वैमासिक, २०४२), सञ्चार (पत्रिका), शब्द संयोजन (...

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

  विधा तथा क्षेत्र : साहित्य÷प्राध्यापन जन्म : १९८६ असार ३०;  जन्म स्थान : फसिकेब, नयाँ सडक, काठमाडौँ;  बुबा : मणिदत्त;  आमा : ललिताकुमारी;  बाल्यकाल : डेढ वर्षको उमेरमा नै मातृ वियोग सहनु परेको;  शिक्षा : सम्पूर्णामध्यमा, बनारस (२००९), आचार्य (संंस्कृत, २०१९), स्नातकोत्तर (नेपाली)— त्रिवि (२०३४);  विवाह : चित्रकुमारी (भावना) पाण्डे (विमि २००० फागुन);  सन्तान : २ छोरा, २ छोरी । व्यक्तित्व  : माध्यमिककालीन विशिष्ट प्रतिभा लक्ष्मीदत्त पन्त ‘इन्दु’ का नाति भरतराज पन्त महाकवि हुन् । आशुकविŒवको उच्च क्षमता भएका पन्त वार्णिक छन्दमा पारङ्गत थिए । संस्कृत साहित्यको उच्च अध्ययनले उनलाई समश्लोकी–समछन्दी अनुवादमा पनि विशिष्ट बनायो । आफ्ना मात्र होइन, अन्य कविका लामालामा कविता कण्ठाग्र गर्ने महाकवि पन्तका कविता÷काव्यमा सरलता, सुबोधता र वैचारिक मौलिकता प्रतिपादित छ ।  अध्यापन र प्राध्यापन संलग्न हुँदै नेपाली साहित्यको श्रीवृद्धि गर्नलागि परेका यिनी जयतु संस्कृतम् र छात्र आन्दोलन जस्ता साहित्यिक आन्दोलनमा पनि क्रियाशील थिए । सेवा : अध्यापन (२०१५–२०३०...

Bhagawan Shree Krishna भगवान् श्रीकृष्ण

विभिन्न पुराणहरूले वर्णन गरेका कृष्ण चन्द्रवंशी राजा शूरसेनका नाति तथा वसुदेव र देवकीका आठौँ सन्तान हुन् । लगभग ५२०० वर्ष अगाडि द्वापर युगमा भारत वर्षमा जन्मिएका यिनी आफ्नै मामाको आँखी भएर पनि सुरक्षित रहन सकेका अलौकिक र प्रतिभासम्पन्न व्यक्ति हुन् । यिनको जन्म उग्रसेनका तथाकथित छोरा अर्थात् यिनकै मामा कंसराजको कठोर कारागारभित्र भएको थियो । दुष्ट मामा कंसको हातबाट बँच्न, जन्मिनासाथै आफ्ना पितालाई इशारा गरी पिताका परम्मित्र नन्दको घरमा पु¥याउन आग्रह गर्न सक्षम दैवीशक्ति प्रदत्त विष्णुकै एक अवतारका रूपमा यिनको स्थान रहेको कुरा पुराणहरूले उल्लेख गरेका छन् ।  कंसका आँखा छल्न नन्दका घरमा कृष्णलाई पु¥याई नन्द–यशोदा पुत्रीलाई लिएर पिता वसुदेव फर्किँदासमेत कसैले थाहा नपाउने र कारागारका झ्यालढोका आफैँ खुल्ने र बन्द हुने मायावी शक्ति आफैँले प्रदान गरेका कृष्णलाई योगमायाको शक्ति मिलेको थियो । नवजात शिशुहरू एकआपसमा साटिएपछि मात्र कंसले देवकीका गर्भबाट बच्चा पैदा भएको खबर पाएका थिए , खबर पाउनासाथ देवकीबाट अघि साटेर ल्याइएकी कन्या नै देवकीपुत्री हुन् भन्ने ठानी मार्न लगेका थिए तर देवकीका आठौ...

Basudev Tripathi समालोचक प्रा.डा. वासुदेव त्रिपाठी

विधा तथा क्षेत्र : साहित्य जन्म : १९९९ चैत १३;  ज.स्थान  : भानुनगर, भन्सार, तनहूँ;  बुबा  : प्रेमदत्त;  आमा : गोमादेवी;  बसोबास (हालको ठेगाना) : जनसहयोगमार्ग, नयाँबानेश्वर, काठमाडौँ;  फोन :  ४४७०७५३;  शिक्षा :  स्नातकोत्तर (नेपाली, २०२१), विद्यावारिधि (नेपाली)–त्रिवि (२०३१), आचार्य (संस्कृत ः नव्य व्याकरण)–त्रिवि (२०२१);  विवाह: गीता त्रिपाठी;  सन्तान  : २ छोरी, १ छोरा । व्यक्तित्व :  त्रिपाठी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो विद्धान् हुन् । लामो समयसम्म प्राध्यापन पेशामा संलग्न उनी वरिष्ठ साहित्यकार हुन् । विभिन्न साहित्यिक विधामा कलम चलाएका त्रिपाठीको कलम समा. र भाषा विज्ञानको क्षेत्रमा मजबुत रहेको छ ।  सेवा : प्राध्यापन– (डिन, मासासं,त्रिवि, कीर्तिपुर काठमाडौँ, प्रमुख, नेपाली केन्द्रीय विभाग), नेराप्रप्र (उपकुलपति, २०६१), ;  पहिलो रचना   यो दुनियाँ तिम्रै हो (कविता, हिमाल, २०१७);  कृति÷सृजना : नेपाली कविताको सिंहावलोकन (२०२७), विचरण (नेपाली पद्य–ना. समा., २०२८÷२०२४), पाश्चात्य समा.क...

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

जन्म मिति : २०२२          असार , काठमाडौं । माता :रामकुमारी पिता ; स्व.राजबहादुर हाल:क्यानडा कार्यक्षेत्र:लेखन/निर्देशन विधा: नाटक /गीत/कविता /चलचित्र (कथा/पटकथा/संवाद ) कृति तथा रचनाहरु पूर्णाङ्की : एउटा पापी रात ,  रहरै भाे ,  सत्य साइबाबा , रमाइलो पक्ष: (याे नाटक   एकै रातमा लेखिएको नाटक हाे।  ) एकाङ्की : मानव/यन्त्र मानव ,  सडक नाटक ,  हाे , म मेहत्तर बन्छु ,  लाै आयाे ताजा खबर आदि।(सबै मञ्चित/पुरस्कृत) प्रकाशनकाे तयारीमा : न्वारन , बिद्राेही मेरा पात्रहरू चलचित्र : दुश्मन ,  प्रेम ,  सिउँदाेकाे सिन्दुर , आ दि। टेलिचलचित्र :  हाेसबहादुर बेहाेशी , श्रीमान् /श्रीमती , रहरै भाे , लछुमनीया ,  लगायत करिब २५/३० वटा जति। डकुमेन्ट्री फिल्म : सय भन्दा बढी ।        स्रोत : लेखकबाट प्राप्त विवरण

साहित्यकार मनिक्रमराज शर्मा (ढकाल) Manikram Raj Sharma

विधा÷क्षेत्र : साहित्य कला जन्म : २०२७ जेठ १५;  ज.स्थान : भद्रपुर, झापा;  बुबा :  प्रा.मोहनराजशर्मा;  आमा : उमा शर्मा;  शिक्षा : आई.ए । व्यक्तित्व : किशोर अवस्थामै नेपाली साहित्यको चिन्तनमा डुबेका शर्माको अल्पायुमै देहावसान भयो । जेमन्त, यमा जस्ता नाटकमा सशक्त अभिनय क्षमता प्रदर्शन गरेका शर्मा नेपाली साहित्यको आख्यानविधा चयनमा थियो । कविता, एकाङ्की, कथा, बालकथा र अन्य विविध लेखमा रूचि राख्ने यिनका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । पेशा तथा सेवा : संस्थान सेवा (साझा प्रकाशन) कलाकर्म; कृति÷सृजना : रिसाहा थर्कमान (बालकथा, सं, २०५३), अँध्यारासँग जुध्नेहरू (एकाङ्की सं., २०५७);हामी सबै एक हौँ ।  निधन : हृदयघात रोगका कारण २०५४ साउन ३१ ।

Manu Brajaki मनु ब्राजाकी (चेतमानसिंह भण्डारी, सागर नासत्य, हेमन्त हरि, विलियम त्रिपुगी)

 विधा÷क्षेत्र : साहित्य जन्म : १९९९ साउन १९;  ज.स्थान : औरही, महोत्तरी;  बुबा : लिप्तमानसिंह; आमा : शान्तिदेवीसिंह भण्डारी;  शिक्षा : २४ वर्षको उमेरमा जनकपुरबाट आइएसम्म अध्ययन; पत्नी । व्यक्तित्व : सगर, नासत्य, हेमन्त र हरिको उपनामबाट समय समयमा लेख रचना छपाई नेपाली साहित्यका क्षेत्रमा परिचित चेतमानसिंह भण्डारी नेपाली साहित्यमा मनु ब्राजाकीका नामले प्रसिद्ध भएका साहित्यानुरागी हुन् । आख्यानकार, गजलकार, जिज्ञासु र तर्कशील व्यक्तित्व ब्राजकीले मानवधर्मलाई नै ठूलो धर्म मान्दथे । कथा र गजल विधामा समान रूपले कलम चलाउने ब्राजाकीका लेखन र यसलाई परिभाषित गर्नमा पनि ब्राजाकीको महत्वपूर्ण योगदान रहेको छ । पेशा तथा सेवा : चित्रकारिता, साहित्य; पहिलो रचना   भ र्‍यf ङ (कथा अञ्चल सन्देश, २०१९ जनकपुर); कृति÷सृजना ः अवमूल्यन (कथासं., २०३८), आकाशको फल (कथासङ्ग्रह, २०४२), तिम्री स्वास्नी र म (कथासङ्ग्रह, २०४६), गजलगङ्गा (गजलसङ्ग्रह., २०५१), भविष्य यात्रा (कथासङ्ग्रह., २०५२), पारदर्शी मान्छे (कथासङ्ग्रह, २०६०ं), आमालाई बेच्नु हुँदैन लाटा, काँडाका फूलहरू (गजलसङ्ग्रह.), के हो र जिन्द...

Guru Prasad Mainali गुरूप्रसाद मैनाली

  विधा÷क्षेत्र : साहित्य र वकालत जन्ममिति : १९५७ भदौ ४ गते भाद्र शु.चतुर्दशी   ज.स्थान  : धनकुटा;  बुबा : काशीनाथ मैनाली;  आमा : काशीरूपादेवी;  बाल्यकाल  : पुख्यौली घर काभ्रे कानपुर भए पनि बुबा सरकारी सेवाअन्र्तगत धनकुटा पुगेका बेला उनको जन्म धनकुटामै भएको र उनको बाल्यकालको प्रारम्भिक चरण त्यहीँ बितेको थियो । शिक्षा  : स्वाध्यायन (लघुकौमुदी, अमरकोश, रुद्री, दुर्गासप्तशती) स्रेस्ता पाठाशाला, निजामती मध्यमा (११ पास) मा प्रथम, हिन्दी र बङ्गाली भाषाको पनि अध्ययन;  विवाह : २ विवाह (जगतकुमारी, यशोदादेवी पाठक);  सन्तान   : ६ छोरी, ४ छोरा । व्यक्तित्व  : निजामती मध्यमा गरी सरकारी सेवामा प्रवेश गरेका मैनाली नौसिन्दा, विचार, डिठ्ठा, तहबिलदार आदि हुँदै न्याय क्षेत्रमा न्यायाधीशसम्म भएका थिए । मैनाली आधुनिक नेपाली कथा साहित्यका प्रणोता हुन् । कुनै एउटा पात्रको जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रीतिले लेख्नुलाई नै कथा रचना मान्ने मैनाली आदर्शवादलाई समाज सुधारको माध्यम बनाउँछन् । १९९२ मा शारदामा प्रकाशित मैनालीको चर्चित कथा ‘नासो’ ले आधुनि...

Gopal Prasad Rimal गोपालप्रसाद रिमाल

विधा तथा क्षेत्र : भाषा साहित्य शिक्षासेवा जन्ममिति  : १९७५ जेठ १९ गते (कृष्ण सप्तमी);  ज.स्थान  : लगनटोल, काठमाडौँ;  बुबा : उमाकान्त;  आमा : आदित्यकुमारी;  शिक्षा : एसएलसी (दरबार हाइस्कूल, बोर्ड फस्र्ट, १९९२), आईए (त्रिचन्द्र कलेज, १९९४);  विवाह : २ श्रीमती — मोहनकुमारी भण्डारी (विवाह मिति १९९०, मृत्यु २०००), निर्मलकुमारी (विवाह, २००१) दिदीबहिनी;  सन्तान  : ४ छोरा । व्यक्तित्व : अङ्ग्रेजी नाटककार इब्सेनको नाट्यशैलीबाट प्रभावित प्रसिद्ध कवि एवम् नाटककार रिमाललाई नेपाली साहित्यमा गद्यकविता भित्र्याउने  श्रेय जान्छ । नेपाली नाटकमा सामाजिक यथार्थवादी प्रवृत्ति भित्र्याउने  अग्रज नाटककार रिमाल रोमान्टिक प्रगतिवादी कविका रूपमा चिनिन्छन् । ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता गीत सृजना गर्ने यिनका कविता र गीतमा जनक्रान्ति र वर्गाीय समानताको स्वर उर्लिएको पाइन्छ ।  पहिले सरकारी सेवामा संलग्न भए पनि १९९७ को शहीद काण्डबाट ज्यादै विचलित रिमाल २००३ मा समाज सुधारका कविता लेखेपछि जेल परेका थिए भने २००७ को क्रान्तिमा पुन...

Kshetra Pratap Adhikari क्षेत्रप्रताप अधिकारी

विधा तथा क्षेत्र : कविता÷गीत÷समालोचना जन्ममिति  : १९९९ चैत १२ गते;  जन्मस्थान  : मिर्लुङ, तनहूँ;  बुबा : गजकेशर;  आमा : जनककुमारी ;  शिक्षा : एमए (अर्थशास्त्र);  विवाह :   शान्ता (विमि २०२३);  सन्तान : २ छोरा । व्यक्तित्व  : गीतकार क्षेत्रप्रताप बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व थिए । प्रकृतिवादी, राष्ट्रवादी कवि यिनका गीत तथा साहित्य लेखनमा मुख्यतः व्यङ्ग्यत्मकता र विद्रोहीताको भाव रहेको पाइन्छ । मौलिक गीत, कथा, उपन्यास, अनुसन्धानात्मक कृतिहरू, समालोचना साथै केही अनूदित कृतिहरूका साथमा नेपाली साहित्यमा देखापरेका यिनी कालजयी गीतकारका रूपमा स्थापित छन् । यिनका गीतहरूमा नारायणगोपाल, गोपाल योञ्जन, कुन्ती मोक्तान र रामकृष्ण ढकालजस्ता ख्यातिप्राप्त गायकहरूले स्वर भरेका छन् । गीतमात्र नभएर यिनका कविताहरू पनि उत्तिकै सान्दर्भिक छन् । यिनका कविताहरूलाई विद्यालय र क्याम्पसस्तरका पाठ्यक्रममा पनि समावेश गरिएको पाइन्छ । जीवनभर शिक्षा विकासँगै साहित्य विस्तारमा लागेका अधिकारी हुलाकको पियन, साझा बसको कन्डक्टर हुँदै साझा प्रकाशनको अध्यक्ष र पछि शि...