Posts

Showing posts from September, 2021

निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

कर्कोटक Karkotak Nag

 कर्कोटक प्रजापति कश्यपकी पत्नी नागमाता कद्रुका शक्तिशाली छोराहरूमध्येका एक हुन् नागराज कर्कोटक । महाभारतका अनुसार सूर्यवंशी राजा नललाई द्युत विद्या सिक्न सहजता पुगोस् र अरूले चिन्न नसकून् भन्ने सदासयले आफ्नो कडा विषप्रहार गरी उनको स्वरूपलाई विरूप पारिदिएका हुँदा नल कलिले दुख दिएका अवस्थामा राजा ऋतुपर्णको सारथी बनेर कर्कोटकले द्युत विद्या सिकेका थिए ।  मातृभक्त नागराज कर्कोटकको भूमण्डलको शिवाराधना गर्ने तपस्थली काठमाडौँ दक्षिणमा बाग्मती, पश्चिम तटमा अवस्थित कटुवाल दह मानिएको छ । यिनै नागराज कर्कोटकको मणिजडित भोटो हराएको थियो पछि किसानले फेला पारी नेपालका राजा नरेन्द्रदेव ( लिच्छवी काल) लाई जाहेर गरेका थिए । राजाले प्रमाण पु¥याई लिन आह्वान गर्दा पनि चित्त बुझ्दो प्रमाण कर्कोटकले पेश गर्न नसक्दा राजाले उक्त भोटो सार्वजनिक सम्पत्तिका रूपमा किसानले नै राख्ने र बर्सेनी मत्स्येन्द्रनाथका समक्षमा सार्वजनिक गर्नुपर्ने घोषणा गरेका थिए । सोहीबमोजिम हालसम्म सो परम्परा कायम रही आएको छ । सोको खर्च नेपाल सरकारले गुठी संस्थानका माध्यमबाट  र निजी गुठीसमेतले व्यहोर्दै आएको देखिन्छ । र...

दमयन्ती Damayanti

 दमयन्ती दमयन्ती विदर्भ नरेश भीमकी छोरी हुन् । यिनको विवाह निषध देशका राजा नलसँग भएको थियो । आफ्नो अद्वितीय सौन्दर्यद्वारा यिनले सबै सुन्दर स्त्रीहरूको गर्वहरण गरिदिएकी हुनाले यिनी दमयन्ती भनेर चिनिइन् । इन्द्र, वरुण, अग्नि, नल आदि उपस्थित स्वयम्वरको समयमा यिनले नललाई आफ्नो वरका रूपमा छनोट गरेकी थिइन् । कलिको छलमा परी राजा नलले आफ्नो सर्वस्व जुवामा हारेपछि वन प्रस्थान गर्दा दमयन्ती पनि सँगै गएकी थिइन् । तर वनको कष्टपूर्ण जीवनबाट त्रसित नलले यिनलाई जङ्गलमा एक्लै छोडिदिए । दमयन्ती फर्किएर आफ्नो माइतमै बसेकी थिइन् । उता नल भने अयोध्या नरेश ऋतुपर्णको सारथी बनेका थिए । यो कुरा थाहा पाएपछि दमयन्तीले आफ्ना बुबालाई सम्झाई–बुझाई गरेर पुनः नललाई स्वयम्बर गरी पति–पत्नीबीच पुनर्मिलन भएको थियो ।  स्रोत ः भारतीय संस्कृत कोश, पृ.४०८ ।

नल (Nala) (नल दमयन्तीको कथा)

 नल  नल त्रेतायुगका निषध देशका सूर्यवंशी राजा वीरसेनका छोरा हुन् । यी पराक्रमी राजाले विदर्भ देशका राजाकी शलवती  राजकुमारी दमयन्तीका साथमा इन्द्रादि देवताहरू समेत उपस्थित स्वयंवर समारोहमा पराक्रम देखाई राजकुमार नलले वरमाला लगाई यिनलाई विवाहको समयमा दिक्पालहरूले (इन्द्रले यज्ञमा प्रत्यक्ष दर्शन दिने, अग्निले–जहाँ चितायो त्यहीँ आगो बाल्ने, यमराजले नलले बनाएको खानामा स्वाद प्राप्त हुने र वरुणले गलाको माला सधैँ सुगन्धित हुने) वर दिएका थिए । त्यसैले हालसम्म पनि खाना बनाउने समयमा नलको नाम लिने चलन छ । नल र दमयन्तीका छोराको नाम इन्द्रसेन र छोरी इन्द्रसेना हुन् । नल कट्टर वर्णाश्रम व्यवस्थाका अनुयायी भएको हुँदा कलियुग उनका राज्यमा गतिहीन हुन गई उनीसँग रूष्ट भएका थिए र नललाई परास्त गर्ने दाउ हेरेर पर्खिरहेका थिए ।  अश्वविद्यामा निपुण राजा नलको द्यूतक्रीडामा दखल छैन भन्ने बुझेका कलिले उनका भाइ पुष्करमा प्रवेश गरी द्यूतक्रीडामा उक्साएर हौस्याई सर्वस्व सिध्याई कङ्गाल बनाएर राज्यभ्रष्ट गरी दमयन्तीलाई साथमा लिएर वन जाने बनाए । लगाएको वस्त्र पनि जङ्गलमा भौतारिँदा चराले हावाका स...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 11)

  श्री ३ जङ्गका छोराहरू पद्मजङ्ग राणा श्री ३ जङ्गबहादुर र रानी विष्णुकुमारी (चौतरिया रणशेर शाहकी छोरी) तर्फका छोरा पद्मजङ्गको जन्म १९१४ कार्तिक २८ गते बुधबारका दिन भएको थियो । जङ्गबहादुरले १९२४ मा बनाएको रोलक्रममा यिनी जनरलको दर्जा सहित प्रमको सातौँ स्थानमा थिए । १९३३ मा पिताको निधन हुँदा यिनैले दागबत्ती दिएका थिए । बुबाको निधनपछि यिनी क्रमशः उकजा दकज बनेका थिए । १९३८ को पर्वमा संलग्न भएको आरोपमा रोलक्रमबाट झिकी यिनलाई नेपालमै नजरबन्द गरएको थियो । यसपछि नजरबन्दबाट छुटकारा पाई रणोद्दीपसिंहका दाहिने हात बनेका धीरशमशेरको रोलक्रममा पनि यी परेका थिए । त्यसबेला यिनी पूकज भए । यसपछि जङ्गीलाठ भएका यिनी दाजु जितजङ्गले कमान्डर इनचीफबाट राजिनामा दिएपछि का.मु. कमाण्डर इन चिफ बनेका थिए । १९४०–४१ मा नेपाल–भोटबीच युद्ध हुने स्थिति सिर्जना भइसकेको थियो । त्यससमयमा यिनै पद्मजङ्गको नेतृत्वमा गणेशदल, भैरवदल र शमसेरदल गरी नेपाली सेनाका तीनवटा डफफा नेपाल–भोट सिमानामा पठाइएको थियो । १९४२ पर्वमा भारतीय दूतावास प्रवेश गरी आफ्नो ज्यान बचाएका थिए । यिनकी दिदी अर्थात् श्री ५ पृथ्वीवीरविक्रमकी आमा ललितराज्य...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 10)

  जङ्गबहादुर विरुद्ध षड्यन्त्र तथा उनलाई मार्ने प्रयासहरूः सार्वजनिक घोषणा गरेर सर्वसाधारण जनताको तर्फबाट श्री ३ महाराजजङ्गबहादुरको विरोध गर्ने व्यक्ति गोरखा बुङ्कोट निवासी लखन थापा थिए । लखन थापा ‘पुरानाृ गोरख’ पल्टनमा भर्ना भएका सिपाही थिए । १९३३ मा कम्पनी सरकार विरुद्धको विद्रोह दमन गर्न नेपाली टोली जाँदा लखन थापा पनि गएका थिए । त्यही समयमा लखनउमा सुपति गुरुङ र जयसिंह रानासँग भेट गरेका लखनले काठमाडौँ आई जङ्गबहादुरको शासन हटाउन विद्रोह गर्ने योजना बनाएका थिए । आफूलाई मनकामना माताले जङ्गबहादुरलाई मार्नु भनी बरदान दिएको कुरा सार्वजनिक गर्दै लखन थापाले १५०० अनुयायी बनाई जङ्गबहादुर विरुद्ध विद्रोह गर्न थालेका थिए । त्यसबेला जङ्गबहादुर बेलायतका युवराजसँग कञ्चनपुरमा शिकार खेल्न व्यस्त थिए । कञ्चनपुरबाट काठमाडौँ आउँदा बाटामा जङ्गबहादुरलाई आक्रमण गर्ने योजना बन्यो तर जङ्गबहादुरले उक्त योजना थाहा पाई अर्कै बाटो काठमाडौँ आइ पुगेका थिए । जङ्गबहादुरले पनि गोरखामा हुँदै गरेका उक्त विद्रोह दमन गर्न देवीदत्त पल्टनलाई गोरखा दरबारमा विद्रोहीहरूको मुद्दा हेरी उनीहरूको अपराध अनुसारको सजाय दिने ...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 9)

रोलक्रम   श्री ३ महाराज नयाँ प्रधानमन्त्री जङ्गबहादुर राणाले श्री ५ सुरेन्द्रलाई खुसी बनाई देशको प्रधानमन्त्री पद आफ्ना सन्तान दर सन्तानमा क्रमशः जाने गरी १९१३ मा लालमोहर गराएका थिए । सोही लालमोहरका आधारमा यिनले आफ्ना सन्तानका प्रधानमन्त्रीको रोलक्रम १९२४ मा निम्नानुसार निर्धारण गरदिएका थिए । रोलक्रम वि.संं १९२४ माघ सुदी शुक्ल दशमी सोमबारका दिन बाँधेको रोलक्रम   १. श्री ३ महाराज जङ्गबहादुर राणा प्राइममिनिष्टर याण्ड   कम्याण्डरइन्चीफ २. कम्याण्डरइन्चीफ रणोद्दीपसिंह राणा ३. पश्चिमतर्फका कम्याण्डिङ् जनरल जगतशमशेर जङ्ग राणा ४. पूर्वतर्फका कम्याण्डिङ् जनरल धीरशमशेर जङ्ग राणा ५. दक्षिणतर्फका कम्याण्डिङ् जनरल जगतजङ्गबहादुर राणा ६. उत्तरतर्फका कम्याण्डिङ् जनरल जीतजङ्गबहादुर राणा ७. जनरल पद्मजङ्गबहादुर राणा ८. श्री ३ महाराजका (अर्थात् जङ्गबहादुरका) विवाहिता  पट्टिका छोरा छंज्याल उनैको ९. लेफ्टिनेन्ट जनरल बबरजङ्गबहादुर राणा १०. लेफ्टिनेन्ट जनरल रणवीरजङ्गबहादुर राणा ११. मेजर जनरल जुद्धप्रतापजङ्गबहादुर राणा १२. जनरल जीतजङ्गबहादुर राणाका श्री ५ ...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 8)

श्री ३ जङ्गबहादुर राणाको सान तथा इज्जत   जङ्गबहादुरलाई अङ्ग्रेज सरकारको शान, इज्जत र फुर्तिफार्ती देखेर उनीहरूको वास्तविक बसोबास स्थल बेलायत जाने शोख सानैदेखि थियो । १८९३ मा माथवरसिंह थापासँग बेलायत जानभनी नेपालबाट हिँडे पनि उक्त भ्रमणदलले स्वीकृति नपाईँ कलकत्ताबाट फर्कँदा जङ्गबहादुर अत्यन्तै निरास भएको थिए । आफू प्र.म. बनेपछि १९०६ मा यिनले बेलायत जाने इच्छा राखी ब्रिटिस रेजिडेन्सीमा प्रस्ताव पठाए । उक्त प्रस्ताव पारित भई यिनी बेलायत भ्रमणमा जान पाउने स्वीकृति आयो । अङ्ग्रेज सरकारले यिनको यात्राका निम्ति सम्पूर्ण बन्दोबस्त गर्ने भयो । ४–५ महिनामा सम्पूर्ण प्रक्रिया पूरा गरी जङ्गबहादुर तत्कालीन श्री ५ सुरेन्द्रका दूत तथा नेपाली राजदूतका रूपमा भ्रमण गर्न गएका थिए । सो समयमा यिनले भाइ बमबहादुरलाई का.मु. प्रधानमन्त्री बनाएका थिए । वि.संं १९०६ माघ ४ का दिन बडा कप्तान रणमेहर अधिकारी, डिल्लीसिंह बस्न्यात, काजी हेमदल थापा, लप्टन करवीर गड्तौला, काजी करवीर खत्री, लप्टन लालसिंह सिजापति, सुब्बा सिद्धिमानराज भण्डारी, सुब्बा शिवनरसिंह प्रधानसहित ४१ जनाको टोली काठमाडौँबाट कलकत्तातर्फ प्रवेश गरे...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 7)

  राणा उपाधि (१९०५)    श्री ३ जङ्गबहादुर भन्दा पछाडि ‘राणा’ भनेर चिनिएका व्यक्तिहरू क्षत्री कुँवरका सन्ततिहरू हुन् । कुँवरहरूले लेख्ने गरेको ‘राणा’ कुनै थर नभई राजाबाट प्राप्त उपाधि हो । यसको ऐतिहासिक पाटोलाई नियाल्दा जङ्गबहादुर अघि राणा भन्ने पदवी कसैले पनि पाएका थिएनन् । श्री ३ जङ्गबहादुरको वीरता, शूरताबाट प्रभावित राजा सुरेन्द्र जङ्गबहादुरप्रति अत्यन्तै कृतज्ञ थिए । जङ्गबहादुरले भनेको जे कुरा पनि श्री ५ सुरेन्द्रले मान्थे रे । यसो गर्नुमा आफ्नो गाथ बचाएको तर्क दिने श्री ५ सुरेन्द्रले जङ्गलाई एउटा लालमोहर नै लेखेर दिएका थिए । उक्त लालमोहरमा भनिएको व्यहोराअनुसार श्री ३ जङ्गले राजा सुरेन्द्रका बुबाज्यू र माहिला भाइको गाथ बचाएका थिए । रानीहरूको दर्जा र इज्जत थामिदिएका थिए । राज्यथामी कामकाज गरेका थिए तर त्यसबापत राजाले जङ्गलाई केही रिझ दिन सकेका थिएनन् । एकपटक राजाले जङ्गबहादुरलाई बिर्ता दिने कुरा गर्दा चलाख जङ्गबहादुरले बिर्ता लिनै पर्दैन; सरकारमा रहेको हामीहरूकै हा् भनी कुटनीतिक बोली बोलेका थिए । जङ्गको उक्त उदार हृदय देखेर राजाले “तिमी चितौरगढका कुँवर महाराणाप्रतापका ...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 6)

अलौपर्व  भण्डारखाल पर्व (१९०३ कात्तिक १७) पछि निर्वासित भएकी महारानी राज्यलक्ष्मी बनारस जाने भएपछि श्री ५ राजेन्द्र पनि सँगै जाने भए । जङ्गबहादुरले राजालाई नजान आग्रह गर्दा पनि नमानेपछि एउटा कडा शर्त राखेका थिए । जुन सर्त राजा राजेन्द्र तीन महिनाभित्र नेपाल फर्कनुपर्ने यदि नफिर्किएमा उनलाई पदच्यूत गरी युवराज सुरेन्द्रलाई राजा घोषित गर्ने भन्ने व्यहोराको थियो । १९०३ मङ्सिर १० मा राजारानीको काशी यात्रा प्रस्थान भयो । युवराज सुरेन्द्र नायवी पदबाट सुशोभित भई काम गर्न थाले । राजारानीका साथमा प्र.म. जङ्गबहादुरले आफ्ना विश्वासिला भारदारहरू (कप्तान खड्गबहादुर कुँवर, काजी हेमदल थापा, लप्टन करवीर खत्री र सुब्बा सिद्धिमान राजभण्डारी) लाई राजाको अङ्गरक्षक बनाई पठाएका थिए । ती भारदारहरूले राजाको गतिविधि मूल्याङ्कनगरी प्र.म. लाई जाहेर गर्थे । तिनै भारदारबाट राजारानीको गतिविधि नियाल्दै आएका जङ्गबहादुरले देशको नेतृत्व पनि गर्दै रहे । भारतमा राजारानी पुगेपछि कोत र भण्डारखालपर्वबाट निर्वासित भएका भारदारहरू जुर्मुराएर जङ्गबहादुर विरुद्ध लड्न प्रेरित गरिरहेका थिए । रानीका निम्ति त त्यो सुझाव अमूल्य ...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 5)

भण्डारखाल पर्व  जङ्गबहादुर राणा कोतपर्वपछि प्रधानमन्त्री बने । यसपछि महारानी राज्यलक्ष्मी सुरेन्द्र र उपेन्द्रलाई हटाई आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउन सक्ने कुरामा ढुक्क थिइन् । तर राजनैतिक स्थिति आफ्नो हातमा लिइसकेका जङ्गबहादुर रानीको योजनामा सहमत भएनन् । जङ्गबहादुरले त्यही व्यवहोराको जानकारी रानी सामु पठाइदिए । जङ्गबहादुरको सन्देश प्राप्त गरेपछि महारानीको मुटुमा आगो दन्केको थियो । महारानीले प्र.म. जङ्गबहादुरको हत्या गर्ने योजना बनाई काजी वीरध्वज बस्नेतलाई विश्वासमा लिएकी थिइन् । वीरध्वज बस्नेतलाई राजदरबारको भण्डारखालमा ताँबो, तुलसी र हरिवंश छुन लगाएर किरिया खुवाइन् र वीरध्वजले पनि ज्यूज्यान दिएर जङ्गबहादुरको हत्या गरी जसरी भए पनि रणेन्द्रलाई राजा बनाउने प्रण गरेका थिए । वीरध्वज पनि प्र.म. पद प्राप्त हुने कुरामा विश्वस्त थिए भने राजवंश बाहेक अरू भारदार रैती दुनियाँका सात खुनसम्म माफी पाउने भए । त्यसपछि महारानी र वीरध्वजबीच छलफल भई गगनसिंहका छोरा बद्रीसिंह र उजिरसिंहलाई भड्काएर आफ्ना पक्षमा मिलाए । यस योजनामा पण्डित विजयराज पनि सामेल थिए । जङ्गबहादुरलाई भण्डारखालमा आयोजित भोजमा ब...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 4)

कोतपर्व  श्री ५ राजेन्द्रका दुई महारानी साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीबीचमा सत्ता र उत्तराधिकारी बीचमा अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो । साम्राज्यलक्ष्मीले युवराज सुरेन्द्रका लागि गद्दी खाली गर्न बारम्बार राजालाई दबाब दिन्थिन ् । त्यही क्रममा दरबार छाडी घुक्र्याएर हिँडेकी उनी १८९८ असोजमा मृत्युको मुखमा परेपछि राज्यलक्ष्मी सजाबाट अधिकार सम्पन्न बनिन् । राज्यलक्ष्मीले युवराज सुरेन्द्र र माहिला साहेबज्यू उपेन्द्रलाई पन्छाएर आफ्नो छोरा रणेन्द्रलाई राजगद्दीमा राख्ने सपना बुन्न थालिन् । उक्त कार्य माथवरसिंह थापाबाट मात्र हुन् देखेर राज्यलक्ष्मीले भारतमारहेका माथवरसिंहलाई प्रधानमन्त्री बनाउने शर्तमा काठमाडौँमा झिकाइन् र माथवरसिंह प्रधानमन्त्री बने । त्यस क्रममा माथवरसिंहलाई ल्याउने काम भान्जा जङ्गबहादुरलाई दिइएको थियो । ‘१९०० पुसमा प्राइममिनिष्टर एन्ड कमान्डर इन चीफ’ पदवीबाट माथवर शोभित भएपछि राज्इलक्ष्मी दङ्ग परिन्, जङ्गबहादुर पनि मामा प्र.म. भएपछि खुशी भएका थिए । माथवरले पनि राजाबाट ‘तेरो कुनै पनि हालतमा हत्या गरिने छैन’ भन्ने अभयदान र अन्य अधिकार पनि पाएका थिए । राज्यलक्ष्मीले माथवर प...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 3)

(क्रमश : दोस्रो भागबाट ...........................) श्री ३ जङ्गबहादुरको बहादुरी   जन्मिँदा वीरनरसिंह नाम पाएका जङ्गबहादुर सानै उमेरदेखि ठूला–ठूला बहादुरी र साहसिक काम गर्दथे । यिनलाई पढाइप्रति खासै रुचि थिएन । यिनको जन्म पढाइका लागि नभएर साहसिक कार्यकै लागि भएको जस्तो गरी यिनी घोडा चढ्ने, पौडी खेल्ने, सर्प समात्ने, हाम फाल्ने, हात्ती चितुवा समात्ने, लडाइँभिडाइँ गर्ने र सिकार खेल्ने कार्यतर्फ पोख्त भएका थिए ।   सानै उमेरदेखि नै निडर तथा साहसी जङ्गबहादुर जोखिमयुक्त काम गरेर अरूलाई मनोरञ्जन गराउने गर्दथे । आठ वर्षकै उमेरमा बाबुको घोडाको लगाम खोली घोडाको पिठ्युँमा बसी घोडा दौडाएएका थिए । त्यसको केही महिनापछि एउटा सर्पको घाँटीमा अँठ्याएर घरमा लगी आफन्तलाई देखाएका थिए । दश वर्षको उमेरमा यिनले पौडी खेल्न नजान्दै बागमतीको भेलमा हाम फाल्दा भेलले बगाएर लगेको तिथो तर साथीहरूले यिनलाई बचाए । त्यसपछि मात्र सावधानीसाथ पौडी खेलेर यिनी पौडीबाज नै बनेका थिए । यिनी कुस्ती खेलप्रति पनि उत्तिकै रुचि राख्थे । हरेक वर्ष काठमाडौँमा आयोजित कुस्ती प्रतियोगितामा भाग लिई यिनी विजयी बनेरै छाड्थे ।...

श्री ३ जङ्गबहादुर राणा Janga bahadur Rana (part 2)

(पहिलो अङ्कबाट क्रमश ..............................)  जङ्गबहादुरले कति जनासँग विवाह गरे अथावा श्रीमती कति थिए भन्ने विषयमा कुनै इतिहासकारहरूले पनि यकिन बताउन सकेका छैनन् । कतिपय व्यक्तिहरूको भनाइअनुसार यिनले १२०० भन्दा बढी नारीहरूसँग अनैतिक सम्बन्ध गाँसेको पनि बताएका छन् । विवाहित, अविवाहित, सुसारे, रानी गरी ४२ जना भन्दा बढी पत्नी थिए भनिए तापनि जङ्गबहादुरका पुरोहित शिवराज पंं. को भनाइअनुसार चन्द्रशमशेरद्वारा टिपोट गरिएका पत्नीहरूको नाम निम्नानुसार रहेको छ—   १.प्रसादलक्ष्मी, प्रसादसिंह बस्नेतकी छोरी २.श्री जेठी महारानी नन्दकुमारी, जेठा माइला जनरलकी मुमा ३. श्री माहिली महारानी राधादेवी, कार्की छोरी तौथली ४. श्री सत्यमाया ठूली जेठी महारानी ५. श्री माहिली महारानी रशाकुमारी, भण्डारेकी छोरी ६. श्रीसाहिनी महारानी जगतकुमारी, विराज विष्टकी छोरी ७. श्री विष्णुकुमारी, कान्छा जनरलकी मुमा, काजी रक्षासेर शाहकी छोरी ८.श्री कान्छी महारानी शुभकुमारी, वीरबहादुर शाहकी छोरी ९. श्री जेठी कान्छी महारानी यज्ञश्वरी, सूर्यप्रताप शाहकी दिदी १०. श्री गंगादेवी, कटू बाला ११.श्री साहिली महारानी भक्तकुमार...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 1)

  प्रशस्ति— स्वस्तिश्री मद्दती प्रचण्ड भूजदण्डेत्यादि श्री श्री श्रीमहाराज जङ्गबहादुर राणा जि.सि.बि. आण्ड जि.सि. येस.आइ.थोङ–लिङ–पिम्मा–को–काङ–वाङ–स्याङ प्राइम मिनिस्टर याण्ड कम्यान्डर–इन–चिफ । राजाा रणबहादुर शाहका अङ्गरक्षक काजी बालनरसिंह कुँवरका आठ छोरा मध्ये दोस्रा छोरा जङ्गबहादुरको जन्म १८७४ असार ७ का दिन थापाथलीमा भएको थियो । बालनरसिंहकी कान्छी कजिनी गणेशकुमारीबाट जन्मिएका जङ्गबहादुर नेपालमा राणा शासनको सूत्रपात गर्ने व्यक्ति तथा प्रथमश्री ३ र राणा शासनकालका प्रथम प्र.म. पनि हुन् । जङ्गबहादुरको न्वारानको नाम वीरनरसिंह थियो र यिनको स्वभावका आधारमा यिनका मामा माथवरसिंह थापाले जङ्गबहादुर भनी बोलाउँथे त्यही नाम नै पछि प्रचलित भएको थियो । भारतको चितौरगढका शासक महाराणा प्रतापका सन्तानहरू भारतवर्षका विभिन्न स्थानमा छरिँदै जान थालेपछि तिनकै एक सन्तान अहिराम कुँवर नेपालतर्फ प्रवेश गरेका थिए । अहिरामका छोरा सरदार रामकृष्ण कुँवर श्री ५ पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा सक्रिय रहेका थिए । रामकृष्णका छोरा रणजितले पनि राजपरिवारको सहयोगार्थ कार्य गरेका हुनाले काजी पदबाट सुशोभित थिए...

नेपाली वर्णहरु (लेख्य र कथ्य वर्णहरु) नेपालीका कथ्य वर्णहरु

नेपालीका लेख्य वर्णहरु स्वरवर्ण अ     आ    इ     ई     उ     ऊ     ऋ     ए      ऐ      ओ     औ     अं     अः व्यञ्जन वर्ण   क     ख     ग     घ     ङ      च     छ     ज     झ     ञ ट      ठ      ड     ढ      ण त     थ     द      ध     न प      फ     ब     भ     म य     र      ल     व     श ष      स     ह      क्ष     त्र      ज्ञ   नेपाली भाषाका कथ्य (उच्चारण...